डेढ दशकदेखि सदस्यहरुको सुख दुःखको ‘सहयात्री’ 
रञ्जनमणि पौड्याल
- रञ्जनमणि पौड्याल
डेढ दशकदेखि सदस्यहरुको सुख दुःखको ‘सहयात्री’ 

‘सहरमा पनि सबल, सक्षम र वित्तीय रुपमा स्वस्थ्य सहकारी छन् भनेर हामीले कामले प्रमाणित गर्न सफल भएका छौं । साँच्चै भन्ने हो भने यो हाम्रा लागिा चुनौती थियो’ आज अपरान्ह आफ्नो कार्यकक्षमा नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा र साकोस आवाजसँग कुरा गर्दै काठमाडौं–३१ मिनभवनस्थित मुख्य कार्यालय रहेको सहयात्री बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष खेमराज सुवेदीले सुनाउनुभयो, ‘यसबीच हामीले पनि कति कुरा सिक्दै, बुझ्दै, कमजोरी पत्ता लगाउँदै, स्वीकार्दै अनि सच्याउँदै अघि बढ्यौं । र, आज धेरैले सहयात्रीले राम्रो गरेको छ है भन्ने अवस्थामा साकोस पुर्याएका छौं ।

गौरवको अनुभूतिका साथ पुलकित मुद्रामा अध्यक्ष सुवेदीले थप्नुभयो, ‘हाम्रो नियत खराब थिएन, हामी सहकारीलाई स्थापित गराएरै छोड्ने विषयमा कृतसंकल्पित थियौं र त्यही अनुसार अविचलित अघि बढ्यौं । त्यसैले हामीलाई दिगो यात्रामा हिडायो ।’