डडेल्धुरामा पर्ल्स तालिम सम्पन्न, ६ जिल्लाका २९ जना सहभागी
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
डडेल्धुरामा पर्ल्स तालिम सम्पन्न, ६ जिल्लाका २९ जना सहभागी

काठमाडौं । नेफ्स्कून सदस्य सेवा कार्यालय डडेल्धुराको आयोजनामा फागुन २६ गतेदेखि २८ गतेसम्म डडेल्धुरामा पर्ल्स अनुगमन प्रणाली तालिम सञ्चालन गरिएको छ । तालिममा सुदुर पश्चिम प्रदेशका कञ्चनपुर, डडेल्धुरा, बैतडी, दार्चुला, डोटी र अछाम गरी ६ जिल्लाका २६ सहकारीका २९ जनाको सहभागिता थियो । 

तालिम समापनमा सहभागीहरुले महत्वपूर्ण सिकाइ भएको र सिकाइलाई संस्थाको वित्तीय सूचक परीक्षण गरी संस्थागत विकासमा लागू गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । 

उद्घाटन कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका निवर्तमान सञ्चालक एवं डडेल्धुरा बचत संघका अध्यक्ष पदमा गुरुङ्गले पर्ल्स अनुगमन प्रणाली तालिमले वित्तीय सहकारीको ऐना जस्तै वित्तीय अवस्था देखाउने भएकाले तालिम पश्चात आफ्नो सहकारीको वित्तीय अवस्था चेक गरी संस्थागत सजगतामा ध्यान दिन आग्रह गर्नुभयो । 

नेफ्स्कूून सञ्चालक दिप्ती शाहीले संस्थालाई सवल र सक्षम बनाउन तालिमको महत्व हुने भएकाले सदस्यलाई सक्षम बनाउन तालिम आयोजना गरिएको बताउनु भयो । सदस्य संस्थाहरुको विकास र साकोस अभियानलाई मजबुत बनाउन नेफ्स्कून हरदम प्रयत्नशील रहेको उहाँले बताउनु भयो । सहकारीकर्मीहरुले समय अनुसार अद्यावधिक भइ रहनु पर्ने बताउदै सञ्चालक शाहीले संस्थालाई नीति, विधि र प्रविधि अनुसार सञ्चालन गर्नुपर्ने बताउनु भयो । उहाँले सदस्य संस्थाहरुको सक्षमता विकासका तालिम तथा कार्यक्रम आयोजना गरिने भन्दै संस्थालाई समस्या परेको समयमा सहयोग गर्न नेफ्स्कून तयार रहेको प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

सुदुर पश्चिम बचत संघका सञ्चालक अमर बहादुर पुनले वर्तमान कठिन समयमा सहकारीहरु सुशासनमा चल्नु अति नै आवश्यकता रहेको, सुशासनमा नचल्ने संस्था दिगो हुन नसक्ने, सहकारीको वित्तीय अवस्था ठिक हुनु पर्ने तथा सो का लागि वित्तीय सूचक बिश्लेषण गर्न सक्ने जनशक्ति आवश्यक हुने बताउनु भयो । दक्षता हासिल गर्नका लागि पल्र्स तालिमले महत्वपुर्ण सिकाइ हुने उहाँले बताउनु भयो । 
नेफ्स्कूनको सदस्य सेवा कार्यालय डडेल्धुराका इन्चार्ज धर्मराज जोशीले सदस्य संस्थाहरुको माग सम्बोधन हुने गरी तालिमका कार्यक्रमहरु राख्दै आएको भन्दै आगामी दिनमा पनि सदस्य संस्थाहरुलाई नै ध्यानमा राखेर तालिम र शिक्षा कार्यक्रमहरुमा जोडिने जानकारी गराउनुभएको थियो ।

३ दिने तालिम सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत श्यामराजा तिमल्सिनाले गर्नुभएको थियो । तालिमको समग्र व्यवस्थापन संघको डडेल्धुरा सदस्य सेवा कार्यालयका इन्चार्ज धर्मराज जोशीले गर्नुभएको थियो ।

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

२० घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

२ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

३ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप