डडेल्धुरामा पर्ल्स तालिम सम्पन्न, ६ जिल्लाका २९ जना सहभागी
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
डडेल्धुरामा पर्ल्स तालिम सम्पन्न, ६ जिल्लाका २९ जना सहभागी

काठमाडौं । नेफ्स्कून सदस्य सेवा कार्यालय डडेल्धुराको आयोजनामा फागुन २६ गतेदेखि २८ गतेसम्म डडेल्धुरामा पर्ल्स अनुगमन प्रणाली तालिम सञ्चालन गरिएको छ । तालिममा सुदुर पश्चिम प्रदेशका कञ्चनपुर, डडेल्धुरा, बैतडी, दार्चुला, डोटी र अछाम गरी ६ जिल्लाका २६ सहकारीका २९ जनाको सहभागिता थियो । 

तालिम समापनमा सहभागीहरुले महत्वपूर्ण सिकाइ भएको र सिकाइलाई संस्थाको वित्तीय सूचक परीक्षण गरी संस्थागत विकासमा लागू गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । 

उद्घाटन कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका निवर्तमान सञ्चालक एवं डडेल्धुरा बचत संघका अध्यक्ष पदमा गुरुङ्गले पर्ल्स अनुगमन प्रणाली तालिमले वित्तीय सहकारीको ऐना जस्तै वित्तीय अवस्था देखाउने भएकाले तालिम पश्चात आफ्नो सहकारीको वित्तीय अवस्था चेक गरी संस्थागत सजगतामा ध्यान दिन आग्रह गर्नुभयो । 

नेफ्स्कूून सञ्चालक दिप्ती शाहीले संस्थालाई सवल र सक्षम बनाउन तालिमको महत्व हुने भएकाले सदस्यलाई सक्षम बनाउन तालिम आयोजना गरिएको बताउनु भयो । सदस्य संस्थाहरुको विकास र साकोस अभियानलाई मजबुत बनाउन नेफ्स्कून हरदम प्रयत्नशील रहेको उहाँले बताउनु भयो । सहकारीकर्मीहरुले समय अनुसार अद्यावधिक भइ रहनु पर्ने बताउदै सञ्चालक शाहीले संस्थालाई नीति, विधि र प्रविधि अनुसार सञ्चालन गर्नुपर्ने बताउनु भयो । उहाँले सदस्य संस्थाहरुको सक्षमता विकासका तालिम तथा कार्यक्रम आयोजना गरिने भन्दै संस्थालाई समस्या परेको समयमा सहयोग गर्न नेफ्स्कून तयार रहेको प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

सुदुर पश्चिम बचत संघका सञ्चालक अमर बहादुर पुनले वर्तमान कठिन समयमा सहकारीहरु सुशासनमा चल्नु अति नै आवश्यकता रहेको, सुशासनमा नचल्ने संस्था दिगो हुन नसक्ने, सहकारीको वित्तीय अवस्था ठिक हुनु पर्ने तथा सो का लागि वित्तीय सूचक बिश्लेषण गर्न सक्ने जनशक्ति आवश्यक हुने बताउनु भयो । दक्षता हासिल गर्नका लागि पल्र्स तालिमले महत्वपुर्ण सिकाइ हुने उहाँले बताउनु भयो । 
नेफ्स्कूनको सदस्य सेवा कार्यालय डडेल्धुराका इन्चार्ज धर्मराज जोशीले सदस्य संस्थाहरुको माग सम्बोधन हुने गरी तालिमका कार्यक्रमहरु राख्दै आएको भन्दै आगामी दिनमा पनि सदस्य संस्थाहरुलाई नै ध्यानमा राखेर तालिम र शिक्षा कार्यक्रमहरुमा जोडिने जानकारी गराउनुभएको थियो ।

३ दिने तालिम सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत श्यामराजा तिमल्सिनाले गर्नुभएको थियो । तालिमको समग्र व्यवस्थापन संघको डडेल्धुरा सदस्य सेवा कार्यालयका इन्चार्ज धर्मराज जोशीले गर्नुभएको थियो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

९ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१० दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

११ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१६ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१८ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३५ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२७ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२५ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

४० दिन अगाडि

पाठकबाट थप