असहज अवस्थामा पनि हितैषी साकोसको उल्लेख्य प्रगति
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
असहज अवस्थामा पनि हितैषी साकोसको उल्लेख्य प्रगति

पोखरा महानगरपालिका वडा नं. १६ स्थित हितैषी वचत तथा ऋण सहकारी संस्था लि. को चालु आर्थिक वर्ष. २०८०।०८१ को अर्धवार्षिक प्रतिवेदनको समीक्षा २०८० फागुन २८ गते सम्पन्न गरेको छ । नीति, विधि र प्रविधिमा आधारित भई सदस्य सेवामा केन्द्रीत साकोसले असहज परिस्थितिमा पनि उल्लेख्य प्रगति गरेको प्रतिवेदन सदस्यहरु सामु सार्वजनिक गरेको छ ।

प्रगति प्रतिवेदन संस्थाका व्यवस्थापक शान्ति अधिकारीले प्रस्तुत गर्नुभएको थियो । हालका दिनमा सहकारी क्षेत्रमा अनेकौं समस्या देखिएता पनि संस्थामा भएको सुशासनका कारण सदस्यहरुको संस्थाप्रति विश्वास बढ्दै गएकोले आषाढ मसान्त पछिका दिनमा वचत झण्डै २ करोड २० लाखले बढेको गौरवका साथ प्रस्तुत गर्नुभएको थियो । ३ करोड ३७ लाख ५६ हजार आठ सय रुपैयाँको शेयर पुँजी भएको संस्थामा वासलातको आकार ३५ करोड ५३ लाख ३२ हजार रहेको छ ।

संस्थाको १ करोड ९७ लाख ७५ हजार रुपैया जगेडा कोषमा र १ करोड ६१ लाख ३० हजार अन्य कोषमा रहेको छ । साकोस गुणस्तर सुनिश्चिततासम्बन्धी प्रोवेशन कार्यक्रममा सहभागी छ । व्यवस्थापक शान्ति अधिकारीले हितैषी साकोस कास्की जिल्लाको नमुना सहकारीको रुपमा आफुलाई स्थापित गर्न सक्ने विश्वास लिनु भएको छ ।

व्यवस्थापकको प्रतिवेदनमा संस्था केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को सदस्य भएकोले केन्द्रीय सहकारी संघले आयोजना गरेका हरेक कार्यक्रममा सक्रिय  सहभागिता जनाउँदै आएको, विभिन्न सामाजिक क्रियाकलाप गर्दै आएको, डिजिटल कारोबारको लागि क्यू आर प्रदान गर्दै आएको, एस.एम.एस बैकिङ्ग, मोबाइल बैकिङ्ग, विभिन्न रेमिट्यान्स सेवाहरु सञ्चालनमा ल्याएको, युटिलिटी सेवाहरु (जस्तै खानेपानी, विद्युत, विमा, शैक्षिक शुल्क आदि) भुक्तानीका सेवाहरु प्रदान गर्दै आएको देखिन्छ । 

हितैषी साकोसले सुशासनलाई लाई अंगिकार गरेका कारण अध्यक्ष शेर बहादुर कार्की २०८०।०९।२१ मा सम्पन्न कास्की वचत तथा ऋण सहकारी संघको २३ औं वार्षिक साधारण सभाबाट अध्यक्ष जस्तो गरिमामय पदमा सर्वसम्मत चुनिनु भएकोले संस्थाले कास्की बचततथा ऋण सहकारी संघको वर्तमान सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, राष्ट्रिय प्रतिनिधिहरुलाई बधाई, सम्मान तथा शुभकामना कार्यक्रम समेत सम्पन्न गरेको छ । 

कार्यक्रममा प्रमुख अतिथि हितैषी साकोसका अध्यक्ष तथा कास्की वचत तथा ऋण सहकारी संघका अध्यक्ष शेर बहादुर कार्की, विशेष अतिथि कास्की वचत संघका सम्पूर्ण सञ्चालक तथा लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरु, अतिथिका रुपमा संस्थाका सल्लाहकार सदस्यहरु र लेखा अनुगमन समितिका सदस्य साथै संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समितिका संयोजक तथा सदस्यहरु, विभिन्न उपसमितिका संयोजक तथा सदस्यहरु लगायत सम्पुर्ण कर्मचारीहरुको उपस्थिति थियो । 

संस्थाका सल्लाहकार विष्णु प्रसाद लामिछाने, लेखा अनुगमन समितिका सदस्य सुरेश कुमार श्रेष्ठ, संस्थाका कोषाध्यक्ष तेज कुमारी गुरुङ्गले आफ्ना मन्तव्य राख्नुभएको थियो । कास्की वचत संघका सचिव मिनराज तिमिल्सीना र सदस्य कल्पना श्रेष्ठले सम्मान कार्यक्रममा धन्यवाद मन्तव्य राख्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि संस्थाका अध्यक्ष तथा कास्की वचत संघका अध्यक्ष शेर बहादुर कार्कीले कास्की वचत संघ मार्फत संस्थाहरुलाई गर्नुपर्ने सम्पुर्ण प्रकारका कार्यहरुमा आफु र आफ्नो टिम सकृय रुपमा लाग्ने प्रतिवद्धता जनाउनु भएको थियो । कार्यक्रम संस्थाका सचिव मदन प्रसाद आचार्यले सञ्चालन गर्नुभएको थियो भने संस्थाका उपाध्यक्ष धन राज आचार्यले स्वागत मन्तव्य राख्नुभएको थियो । 
 
भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

६ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

२० घण्टा अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

२ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप