असहज अवस्थामा पनि हितैषी साकोसको उल्लेख्य प्रगति
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
असहज अवस्थामा पनि हितैषी साकोसको उल्लेख्य प्रगति

पोखरा महानगरपालिका वडा नं. १६ स्थित हितैषी वचत तथा ऋण सहकारी संस्था लि. को चालु आर्थिक वर्ष. २०८०।०८१ को अर्धवार्षिक प्रतिवेदनको समीक्षा २०८० फागुन २८ गते सम्पन्न गरेको छ । नीति, विधि र प्रविधिमा आधारित भई सदस्य सेवामा केन्द्रीत साकोसले असहज परिस्थितिमा पनि उल्लेख्य प्रगति गरेको प्रतिवेदन सदस्यहरु सामु सार्वजनिक गरेको छ ।

प्रगति प्रतिवेदन संस्थाका व्यवस्थापक शान्ति अधिकारीले प्रस्तुत गर्नुभएको थियो । हालका दिनमा सहकारी क्षेत्रमा अनेकौं समस्या देखिएता पनि संस्थामा भएको सुशासनका कारण सदस्यहरुको संस्थाप्रति विश्वास बढ्दै गएकोले आषाढ मसान्त पछिका दिनमा वचत झण्डै २ करोड २० लाखले बढेको गौरवका साथ प्रस्तुत गर्नुभएको थियो । ३ करोड ३७ लाख ५६ हजार आठ सय रुपैयाँको शेयर पुँजी भएको संस्थामा वासलातको आकार ३५ करोड ५३ लाख ३२ हजार रहेको छ ।

संस्थाको १ करोड ९७ लाख ७५ हजार रुपैया जगेडा कोषमा र १ करोड ६१ लाख ३० हजार अन्य कोषमा रहेको छ । साकोस गुणस्तर सुनिश्चिततासम्बन्धी प्रोवेशन कार्यक्रममा सहभागी छ । व्यवस्थापक शान्ति अधिकारीले हितैषी साकोस कास्की जिल्लाको नमुना सहकारीको रुपमा आफुलाई स्थापित गर्न सक्ने विश्वास लिनु भएको छ ।

व्यवस्थापकको प्रतिवेदनमा संस्था केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को सदस्य भएकोले केन्द्रीय सहकारी संघले आयोजना गरेका हरेक कार्यक्रममा सक्रिय  सहभागिता जनाउँदै आएको, विभिन्न सामाजिक क्रियाकलाप गर्दै आएको, डिजिटल कारोबारको लागि क्यू आर प्रदान गर्दै आएको, एस.एम.एस बैकिङ्ग, मोबाइल बैकिङ्ग, विभिन्न रेमिट्यान्स सेवाहरु सञ्चालनमा ल्याएको, युटिलिटी सेवाहरु (जस्तै खानेपानी, विद्युत, विमा, शैक्षिक शुल्क आदि) भुक्तानीका सेवाहरु प्रदान गर्दै आएको देखिन्छ । 

हितैषी साकोसले सुशासनलाई लाई अंगिकार गरेका कारण अध्यक्ष शेर बहादुर कार्की २०८०।०९।२१ मा सम्पन्न कास्की वचत तथा ऋण सहकारी संघको २३ औं वार्षिक साधारण सभाबाट अध्यक्ष जस्तो गरिमामय पदमा सर्वसम्मत चुनिनु भएकोले संस्थाले कास्की बचततथा ऋण सहकारी संघको वर्तमान सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, राष्ट्रिय प्रतिनिधिहरुलाई बधाई, सम्मान तथा शुभकामना कार्यक्रम समेत सम्पन्न गरेको छ । 

कार्यक्रममा प्रमुख अतिथि हितैषी साकोसका अध्यक्ष तथा कास्की वचत तथा ऋण सहकारी संघका अध्यक्ष शेर बहादुर कार्की, विशेष अतिथि कास्की वचत संघका सम्पूर्ण सञ्चालक तथा लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरु, अतिथिका रुपमा संस्थाका सल्लाहकार सदस्यहरु र लेखा अनुगमन समितिका सदस्य साथै संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समितिका संयोजक तथा सदस्यहरु, विभिन्न उपसमितिका संयोजक तथा सदस्यहरु लगायत सम्पुर्ण कर्मचारीहरुको उपस्थिति थियो । 

संस्थाका सल्लाहकार विष्णु प्रसाद लामिछाने, लेखा अनुगमन समितिका सदस्य सुरेश कुमार श्रेष्ठ, संस्थाका कोषाध्यक्ष तेज कुमारी गुरुङ्गले आफ्ना मन्तव्य राख्नुभएको थियो । कास्की वचत संघका सचिव मिनराज तिमिल्सीना र सदस्य कल्पना श्रेष्ठले सम्मान कार्यक्रममा धन्यवाद मन्तव्य राख्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि संस्थाका अध्यक्ष तथा कास्की वचत संघका अध्यक्ष शेर बहादुर कार्कीले कास्की वचत संघ मार्फत संस्थाहरुलाई गर्नुपर्ने सम्पुर्ण प्रकारका कार्यहरुमा आफु र आफ्नो टिम सकृय रुपमा लाग्ने प्रतिवद्धता जनाउनु भएको थियो । कार्यक्रम संस्थाका सचिव मदन प्रसाद आचार्यले सञ्चालन गर्नुभएको थियो भने संस्थाका उपाध्यक्ष धन राज आचार्यले स्वागत मन्तव्य राख्नुभएको थियो । 
 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

८ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

९ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

९ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

१० दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

११ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

११ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१७ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१८ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३५ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२७ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३४ दिन अगाडि

पाठकबाट थप