हाम्रो जनकल्याण साकोसद्वारा असहाय सन्तती छात्रवृत्ति प्रदान 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
हाम्रो जनकल्याण साकोसद्वारा असहाय सन्तती छात्रवृत्ति प्रदान 

संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्य (२०१६–२०३०) को गुणस्तरीय शिक्षामा सहयोग पुर्याउने उद्देश्यका साथ वार्षिक कार्यक्रममा व्यवस्था भए अनुसार दोलखाको हाम्रो जनकल्याण सकोसले हाम्रो जनकल्याण असहाय सन्तती छात्रवृत्ति प्रदान गरेको छ । 

हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि. को कार्य क्षेत्र अन्तरगत भिमेश्वर नगरपालिकामा रहेका आधारभूत तथा माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० कक्षासम्मका विद्यार्थी मध्ये संस्थामा शेयर सदस्य रहेका एकल महिला तथा पुरुषका छोराछोरी वा बुबाआमा दुबै गुमाएका विद्यार्थी मध्ये परिवारको एक जनालाई माध्यमिक तहसम्मको अध्ययनलाई पूरा गर्ने उद्देश्यले व्यवस्था गरिएको हाम्रो जनकल्याण असहाय सन्तती छात्रवृत्ति भिमेश्वर नगरपालिकामा रहेको श्री कुटिडाँडा माध्यमिक विद्यालय मकैबारीका दुई जना, श्री देवी माध्यमिक विद्यालय बोचको दुई जना, श्री हरिकिर्तन आधारभूत विद्यालयका दुई जना र श्री सेती देवी माध्यमिक विद्यालय काउलेका एक जनालाई प्रति विद्यार्थी पच्चिस सय रुपैयाँ वितरण गरिएको संस्थाका प्रमुख कार्यकारी दिपक बस्नेतले जानकारी दिनुभयो । संस्थाको सूचना अनुसार विद्यालयले सिफारिस गरेका विद्यार्थीलाई छात्रवृत्तिको रकम क्रमशः प्रदान गरिने पनि प्रमुख कार्यकारी अधिकृत बस्नतेले जानकारी दिनुभयो । 

छात्रवृत्ति प्रदान गर्नुको उद्देश्य प्रष्ट पार्दै संस्थाका अध्यक्ष राजन श्रेष्ठले छात्रवृत्तिको रकममा वृद्धि गर्ने तथा पारिवारिक विचलनका कारण गुणस्तरीय शिक्षाका लागि समस्या भएका विद्यार्थीका लागि पनि आगामी वर्षबाट छात्रवृत्तिको व्यवस्था गर्ने बताउनु भएको थियो । हाम्रो जनकल्याण साकोसले विगत ५ वर्षदेखि यो छात्रवृत्ति वितरण गर्दै आइरहेको छ । सोही अवसरमा विद्यालयमा हाम्रो जनकल्याणको सहकारी शिक्षा अन्तरगत एक सय पचास भन्दा बढी विद्यार्थीलाई सहकारी शिक्षाका बारेमा प्रशिक्षित गरिएको थियो ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१७ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप