सहकारीमा कर्जा सूचना केन्द्र स्थापना गरिनुपर्छ: राष्ट्रिय योजना आयोग
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीमा कर्जा सूचना केन्द्र स्थापना गरिनुपर्छ: राष्ट्रिय योजना आयोग

काठमाडौँ ।  राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले सहकारीको कर्जा लगानी र असुलीलाई व्यवस्थित गर्न प्रभावकारी कर्जा सूचना केन्द्रको स्थापना गर्नुपर्ने बताउनुभएको छ । सहकारी क्षेत्रका समस्या समाधानका लागि कर्जा सूचना केन्द्र स्थापनाको प्रस्ताव उहाँले अघि सार्नुभएको हो । 

हिजो बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको ५२औं बैठकमा आफ्नो बिचार राख्दै उपाध्यक्ष श्रेष्ठले बैंक तथा वित्तीय संस्थाहरूमा जस्तै सहकारीमा पनि कर्जा सूचना केन्द्रको स्थापना गरिनुपर्ने र त्यसको प्रभावकारिता र व्यवस्थापनको जिम्मेवारी अर्थ मन्त्रालयले लिनुपर्ने बताउनुभयो । खासगरी पछिल्लो समय बचत तथा ऋणको कारोबार गर्ने सहकारीहरूमा कर्जा लगानी र असुलीमा समस्या आएको भन्दै उपाध्यक्ष श्रेष्ठले यसको व्यवस्थापन तथा नियमनको पाटो दरिलो बनाउनुपर्ने धारणा राख्नुभएको थियो ।

बैठकमा आयोगका उपाध्यक्ष श्रेष्ठले सहकारी ऐन २०७४ को दफा ८१ मा व्यवस्था भएको कर्जा सूचना केन्द्र स्थापना र व्यवस्थापनका लागि अर्थ मन्त्रालयले सहजीकरण गर्नुपर्ने बताउनुभएको हो ।

सहकारी संस्थाबाट लगानी भएका ऋण असुली सम्बन्धी मुद्दाको कारबाही र किनारा गर्न, संस्थाले परिचालन गर्ने बचत र प्रदान गर्ने कर्जाको सुरक्षण गर्न साथै कर्जा सुरक्षण कोष तथा कर्जा प्रवाहमा शुद्धता कायम गरी कर्जा प्रवाहमा सूचना प्राप्त गर्न यस्तो केन्द्र स्थापना र व्यवस्थापनको प्रस्ताव आयोगले गरेको हो ।

सहकारी ऐन २०७४ र नियमावली २०७५ मा सहकारी कर्जा सूचना केन्द्र स्थापना र व्यवस्थापनको व्यवस्था गरिएको छ । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप