काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारीको कर्जा सूचना केन्द्र आउँछ भन्नेमा विश्वस्त भएको बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘भलै त्यसको लागि समय सिमा होला, तर त्यो नआउँदासम्म भएकै संरचनामा सहभागी हुने बाताबरण मिलाइदिनु पर्यो, आवद्ध हुने बाताबरण मिल्यो भने सहकारी क्षेत्रले पनि आफू सुरक्षित भएको महसुस गर्ने थियो ।’ नेफ्स्कूनले हालै मात्र सदस्य संस्थाहरुको अफसाइट मनिटरिङको काम पनि सुरु गरिसकेको छ, उहाँले भन्नुभयो, 'अहिले नेफ्स्कूनले ३९५ वटा संस्थालाई अनलाइन सिष्टमबाट अफसाइट मनिटरिङ गर्छ । त्यसैले अहिले भएको संरचनामा जान सहकारीलाई के कस्तो मापदण्ड राखेर जान सकिन्छ, जान मिल्ने बाताबरण मिलाउनु पर्यो ।'
बुधबार भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरोकारवालासँग भएको छलफलमा सहभागीहरुले भएकै संरचनामा जानुपर्ने बताएका छन् । अध्यक्ष ढकालले सहकारीले पनि स्वीकार्ने हिसाबको कानूनी सहजताको ब्यवस्था मिलाएर अहिले नै सहभागीता हुने अवस्थाको खाँचो रहेको बताउनुभयो । उहाँले भन्नुभयो, 'सूचना केन्द्रमा जाने बाताबरण भयो भने, ४५ प्रतिशत ठूला र धेरै कारोबार गरेका संस्था जाने पर्खाइमा रहेका छन् । रिक्वायरमेण्ट के हो भन्नुपर्यो ।'
छलफलमा नेफ्स्कूनका निमित्त प्रमुख कार्यकारी अधिकृत सञ्जयराज तिमिल्सेनाले संघमा आवद्ध सदस्य संस्थालाई सूचना केन्द्रमा आवद्ध गराउने भनिएपनि नेपाल राष्ट बैंकको नीतिका कारण अड्किएको बताउनुभयो ।
१५ घण्टा अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
४ दिन अगाडि
४ दिन अगाडि
५ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
४ दिन अगाडि
१५ घण्टा अगाडि
६ दिन अगाडि
५ दिन अगाडि
२४ दिन अगाडि