नेफ्स्कून भक्तपुर कार्यालयमा मनाइयो राष्ट्रिय सहकारी दिवस
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून भक्तपुर कार्यालयमा मनाइयो राष्ट्रिय सहकारी दिवस

भक्तपुर । नेफ्स्कून भक्तपुर सदस्य सेवा कार्यालयले ६७औं राष्ट्रिय सहकारी दिवस एक कार्यक्रम आयोजना गरी मनाएको छ । सहकारीमा सुशासन स् प्रविधि र एकीकरण भन्ने यस वर्षको सहकारी दिवसको थिममा आधारित रही आयोजित कार्यक्रममा सदस्य सेवा कार्यालय अन्तर्गतका सदस्य संस्थाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा जिल्ला बचत संघ भक्तपुर सहित १७ वटा संस्थाहरु सहभागी भएका थिए भने संघको भक्तपुर सदस्य सेवा कार्यालय र सूर्यविनायक सदस्य सेवा कार्यालयका कर्मचारीको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेफ्स्कून सञ्चालक एवम् भक्तपुर सदस्य सेवा कार्यालय संयोजक मन्दरा मिश्रले संघको सञ्चालक समितिको १ सय दिन पुरा भएको अवसरमा जारी गरिएको प्रेस विज्ञप्ति वाचन गरी त्यस विषयमा थप प्रस्ट पार्नुभएको थियो । उहाँले संघको सञ्चालक समितिले निर्वाचित भइसकेपछि प्राप्त गरेका उपलब्धि, भएका बहसपैरवी र अघि बढाइएका कामहरु आदिबारे जानकारी गराउँदै सदस्य संघ संस्थाहरुको राय लिई आगामी दिनमा थप उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सदस्यहरुको भावना प्रतिविम्बित हुने गरी नेफ्स्कूनले काम गर्नेमा सबैलाई आश्वस्त तुल्याउनुभयो ।

प्रेस विज्ञप्ति प्रस्तुत गरेर त्यसैमा अन्तरक्रिया कार्यक्रम गरिएको र सहभागीहरुको जिज्ञासा एवं गुनासको मन्दरा मिश्रद्वारा सम्बोधन गरिएको । संघका कार्यक्रम अधिकृत पेशल कुमार खड्काले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन नेफ्स्कून भक्तपुर सदस्य सेवा कार्यालय प्रमुख कल्पना पराजुलीले सञ्चालन गर्नुभएको थियो ।

भर्खरै
बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

११ घण्टा अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

१ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

२ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१३ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप