दोलखामा सहकारी दिवसको अवसरमा अन्तरक्रिया एवम् प्रभातफेरी
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
दोलखामा सहकारी दिवसको अवसरमा अन्तरक्रिया एवम् प्रभातफेरी

काठमाडौं । दोलखामा ६७ औ राष्ट्रिय सहकारी दिवस आज समसामयिक विषयमा अन्तरक्रिया, प्रभातफेरीसँगै शुभकामना आदानप्रदान गरी मनाइएको छ । जिल्ला सहकारी संघ दोलखाको आयोजनामा भिमेश्वर नगरपालिका भित्रका सहकारी संघ संस्थाहरुलाई समेटी प्रभातफेरी कार्यक्रम तथा नेफ्स्कून अध्यक्ष चन्द्र प्रसाद ढकाल र दोलखाली सहकारीकर्मीहरुबीच अन्तक्रिया कार्यक्रम समेत सम्पन्न भएको थियो । सातदोवाटो बाट सुरु भएको प्रभातफेरी कार्यक्रम पशुपतिडाँडा हुदै सातदोवाटोमा आइ कोणसभामा परिणत भएको थियो । 

कोणसभा कार्यक्रममा विशेष अतिथि नेफ्स्कून अध्यक्ष ढकालले दोलखा सहकारी अभियानको लागि पवित्र थलो रहेको र नेपालमा सहकारी अभियानको सिकाइको केन्द्रविन्दुको रहेको धारणा व्यक्त गर्नुभयो । साकोस एकरुपता प्रणाली, सञ्जाल ऐक्यवद्धता, सहकारी एकीकरण आदि विषयमा प्रभावकारी र सफल रहेको दोलखाली सहकारी अभियानलाई नेफ्स्कूनले विशेषरुपमा हेरिरहेको बताउनुभयो । कार्यक्रममा बागमती प्रोस्कूनका महासचिव जिवसराज खड्का, दोलखा जिल्ला बचत संघका वरिष्ठ उपाध्यक्ष जगत प्रसाद सुवेदी लगायतको आतिथ्यता रहेको थियो ।

कोणसभा पश्चात नेफ्स्कून सदस्य सेवा कार्यालय चरिकोटमा ६७ औ राष्ट्रिय सहकारी दिवसकै अवसरमा दोलखाली साकोसकर्मीबीच अन्तरक्रिया कार्यक्रम राखिएको थियो । उक्त कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष अध्यक्ष चन्द्र प्रसाद ढकाल, बागमती प्रोस्कूनका महासचिव जिवसराज खड्का, दोलखा जिल्ला सहकारी संघका अध्यक्ष देवी प्रसाद शर्मा, वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद दाहाल र महासचिव दिल बहादुर के.सी, दोलखा जिल्ला बचत संघका वरिष्ठ उपाध्यक्ष जगत प्रसाद सुवेदी, नेफ्स्कूनका पूर्व संचालक एवम् मिलिजुली कालिञ्चोक साकोसका पूर्व अध्यक्ष रामदास श्रेष्ठ, भिमेश्वर नगरपालिका सहकारी संजालका संयोजक कृष्ण प्रसाद गौतम लगायत २८ जनाको उपस्थिति थियो । 

कार्यक्रममा संघको वृत्तचित्र प्रदर्शनी गरिएको थियो । त्यस्तै संघका कार्यक्रम अधिकृत सुमनराज घिमिरेले नेफ्स्कून नवनिर्वाचित संचालक समितिको १०० दिनको उपलब्धि  विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो भने संघका अध्यक्ष ढकालले थप प्रस्ट पार्नु भएको थियो । 

कार्यक्रममा बागमती प्रोस्कूनका महासचिव खड्काले सहकारी विभागको परिपत्रको परिपालना, संघको संचालक समितिको प्रतिनिधित्व रहने संस्थाबाट गुणस्तर सुनिश्चितता कार्यक्रम र स्थिरीकरण कोषमा सहभागिता, वार्षिक प्रतिवेदनमा आएका लेखापरिक्षक औल्याएका विषयवस्तु सुधारमा नेफ्स्कून संचालक समितिको धारणा, ऋण असुली लगायतका विषयमा जिज्ञासा एवम् सुझाव राख्नुभएको थियो । जिल्ला सहकारी संघका अध्यक्ष शर्माले कर्जा सूचना केन्द्रको स्थापना तथा असुली न्यायधिकरणको विषयमा जिज्ञासा राख्नुभएको थियो । उक्त कार्यक्रममा जिल्ला सहकारी संघका वरिष्ठ उपाध्यक्ष दाहाल, महासचिव के.सी., हाम्रो जनकल्याण साकोसका प्रमुख कार्यकारी अधिकृत दीपक बस्नेत आदिले जिज्ञासा एवम् सुझाव राख्नुभएको थियो । 

उक्त कार्यक्रमबाट प्राप्त जिज्ञासा एवम् सुझाव ग्रहण गर्दै संघका अध्यक्षले ढकालले वार्षिक प्रतिवेदनमा आएका सुझावका विषयमा यो संचालक समिति सिरियस रहको तथा विभागको परिपत्रको परिपालनाको लागि संचालक समिति, लेखा सुपरिवेक्षण समिति स्वघोषणा लिइसकिएको र गुणस्तर सुनिश्चितता कार्यक्रम तथा स्थिरीकरण कोषमा शतप्रतिसत सहभागिता रहने गरी निर्णय गरिसकिएको बताउनुभयो । आगामी असार मसान्तसम्म कर्जा सुचना केन्द्रको स्थापना, बचत सुरक्षण कोषको स्थापना, ५० प्रतिशत ऋण असुली, पूर्ण स्वाचालित अफसाइट मोनिटरीङ प्रणालीको सुनिश्चितता भइसक्ने कुरामा उहाँले सहकारीकर्मीहरुलाई विश्वस्त तुल्याउनुभयो । 

नेफ्स्कूनले संजाल व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेको हुनाले संजाल सहकार्यमा आफू प्रतिवद्ध रहेको जानकारी गराउनु भयो । अभियानको 'करेक्सन'को लागि निरन्तर सुझाव, सल्लाह, सहयोग, सद्भावको अपेक्षा सहित सम्पूर्ण दोलखाली सहकारीकर्मिप्रति हार्दिक आभार एवम् धन्यवाद व्यक्त गर्नुभयो । उक्त कार्यक्रम संचालन दोलखा सदस्य सेवा कार्यालयका प्रमुख समिट खड्काले गर्नुभएको थियो भने जिल्ला बचत संघका व्यवस्थापक राजकुमार शिवभक्ति, संघका कर्मचारी सुदिप बस्नेत र निरुता सुवेदीले व्यवस्थापन गर्नुभएको थियो ।


 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप