नेफ्स्कून न्युरोड सदस्य सेवा कार्यालयको आयोजनामा राष्ट्रिय सहकारी दिवस मनाइयो
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून न्युरोड सदस्य सेवा कार्यालयको आयोजनामा राष्ट्रिय सहकारी दिवस मनाइयो

काठमाडौं । नेफ्स्कून न्युरोड सदस्य सेवा कार्यालयको आयोजनामा ६७ औं राष्ट्रिय सहकारी दिवस २०८० शुभकामना आदानप्रदानसँगै अन्तरक्रिया कार्यक्रम गरी मनाइएको छ । सहकारीमा सुशासन : प्रविधि र एकीकरण भन्ने यस वर्षको सहकारी दिवसको थिममा आधारित रही आयोजित कार्यक्रममा विभिन्न संघ संस्थाबाट ४७ जनाको सक्रिय सहभागिता रहेको थियो ।

कार्यक्रममा नेफ्स्कून संचालक एवम् न्युरोड सदस्य सेवा कार्यालय संयोजक खेमराज सुवेदीले संघको सञ्चालक समितिको १ सय दिन पुरा भएको अवसरमा जारी गरिएको प्रेस विज्ञप्ति वाचन गरी त्यस विषयमा थप प्रस्ट पार्नुभएको थियो । उहाँले संघको सञ्चालक समितिले निर्वाचित भइसकेपछि प्राप्त गरेका उपलब्धि, भएका बहसपैरवी र अघि बढाइएका कामहरु आदिबारे जानकारी गराउँदै सदस्य संघ संस्थाहरुको राय लिई आगामी दिनमा थप उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सदस्यहरुको भावना प्रतिविम्बित हुने गरी नेफ्स्कूनले काम गर्नेमा सबैलाई आश्वस्त तुल्याउनुभयो ।

कार्यक्रममा लगानीको सुरक्षा, तरलता व्यवस्थापनमा संघको भूमिका, नीतिगत सवालहरु, सदस्य संघ संस्थाहरुको अनुगमन तथा सुपरीवेक्षण, संघका सेवाहरु, तालिम तथा शिक्षा लगायत समग्र विषयमा सघन अन्तरक्रिया भएको थियो । 

सहभागीहरुले यस किसिमका अन्तरक्रियात्मक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने सुझाव राख्नुभएको थियो । कार्यक्रममा जिल्ला सहकारी संघ काठमाडौंका सञ्चालक एवम् जेष्ठ आइडियोलोजी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हेम बहादुर काकी हेम बहादुर कार्कीले नीतिगत पहल कदमीमा नेफ्स्कूनले बढी जोड दिनुपर्ने बताउनुभयो ।  कार्यक्रम सञ्चालन नेफ्स्कून न्युरोड सदस्य सेवा कार्यालय प्रमुख खिलनाथ लुइटेलले गर्नुभएको थियो ।


 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

९ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१० दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१० दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

११ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१२ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१२ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१८ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

२० दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३७ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२७ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२९ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१० दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

५९ दिन अगाडि

पाठकबाट थप