६७औँ राष्ट्रिय सहकारी दिवस विविध कार्यक्रम गरी मनाइँदै
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
६७औँ राष्ट्रिय सहकारी दिवस विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं । आज ६७औं राष्ट्रिय सहकारी दिवस मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइदैछ । सहकारी अभियानको सम्भवतः सबैभन्दा ठूलो पर्वका अवसरमा देशभर नै प्रारम्भिकदेखि केन्द्रीय निकायका साथै सहकारी विभागले आज विभिन्न कार्यक्रम आयोजना गरेका छन् भने केहीले साताव्यापी रुपमा मनाउने घोषणासहित गतिविधिहरु सुरु गरिसकेका छन् । राष्ट्रिय सहकारी महासंघले केही दिनअघि यस वर्षको सहकारी दिवसको थिम ‘सहकारीमा सुशासनः प्रविधि र एकीकरण’ घोषणा गरेसँगै त्यसैलाई समग्र अभियानले आत्मसात् गर्दै कार्यक्रमहरु परिलक्षित गरेका छन् । बचत तथा ऋण सहकारीहरुको केन्द्रीय संघ नेफ्स्कूनले पनि देशभर रहेका आफ्ना कार्यालयहरुमा कार्यक्रम आयोजना गरेको छ ।

यस वर्षको सहकारी दिवसको पूर्वसन्ध्यामा सहकारी संघ संस्थाहरुले खेलकुद, मनोरञ्जनका साथै सामाजिक उत्तरदायित्वका विविध सृजनात्मक कार्यक्रमहरु आयोजना गरेका छन् भने केहीले सम्पन्न गरेका छन् । केहीले आगामी केही दिनसम्म कार्यक्रमहरु जारी राख्ने जनाएका छन् । ६७ औं राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा रक्तदान, विचार गोष्ठी, अन्तरक्रिया, छलफल, हाजिरी जवाफ, निबन्ध, कविता, चित्रकला प्रतियोगिता, गोष्ठी, सरसफाई, प्रविधिमैत्री सेवाहरुको सुभारम्भ, वृक्षारोपण लगायत विविध प्रकृतिका कार्यक्रमहरु राखिएका छन् । पछिल्लो तथ्याङक अनुसार हाल मुलुकभर करिब ३१ हजार ३ सय बढी सहकारी छन् ।

२०१३ सालमा आजकै दिन चितवनको शारदानगरमा नेपालको पहिलो सहकारीका रुपमा बखान ऋण सहकारी समिति स्थापना भएको दिनको सम्झनामा प्रत्येक वर्ष यही दिन राष्ट्रिय सहकारी दिवस मनाउने प्रचलन छ । विकासप्रेमी अगुवा स्वर्गीय बखानसिंह गुरुङको संरक्षकत्वमा बखान ऋण सहकारी समिति गठन भएको थियो । सोही कारण गुरुङलाई नेपालको सहकारी अभियानको जन्मदाता, अगुवा, संस्थापक जस्ता उपमाहरुद्वारा सम्मानभाव प्रकट गरिन्छ ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप