नेफ्स्कून सुर्खेत कार्यालयको आयोजनामा सहकारी दिवस मनाइयो
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून सुर्खेत कार्यालयको आयोजनामा सहकारी दिवस मनाइयो

सुर्खेत । नेफ्स्कून सदस्य सेवा कार्यालय सुर्खेतको आयोजनामा ६७औं राष्ट्रिय सहकारी दिवस २०८० शुभकामना आदानप्रदान, संघको वृत्तचित्र प्रस्तुतीसँगै समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रम गरी मनाइएको छ । कार्यक्रमको अध्यक्षता नेफ्स्कूनका सञ्चालन सदस्य तथा कर्णाली प्रदेश संयोजक विर बहादुर रावत भोटेले गर्नुभएको थियो । सहकारीमा सुशासन: प्रविधि र एकीकरण भन्ने यस बर्षको सहकारी दिवसको मूल थिममा आधारित रही आयोजना गरिएको कार्यक्रममा विभिन्न संघसंस्थाबाट ३२ जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा उपस्थित विभिन्न साकोसका पदाधिकारीहरुले हाल विभिन्न संस्थाहरुमा तरलता बढी रहेकोले तरलता व्यवस्थापनका लागि भूमिका निर्वाहको अपेक्षा व्यक्त गर्नुभएको थियो भने संघको अगुवाइमा भएका नीतिगत बहसपैरवीसँगै संघले सञ्चालन गरेका तालिम शिक्षा लगायत विभिन्न विषयमा छलफल गरिएको थियो । सहभागीहरुले संस्थाका अध्यक्ष र व्यवस्थापकहरुलाई सँगै राखेर नेफ्स्कूनले प्रदेश स्तरीय कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव राख्नुभएको थियो ।  

नेफ्स्कूनका सञ्चालन तथा कर्णाली प्रदेशका संयोजक विर वहादुर रावत भोटेले संघको १०० दिन पूरा भएको अवसरमा जारी गरिएको प्रेस विज्ञप्तिका विषयमा पनि जानकारी गराइ प्रष्ट पार्नुभएको थियो । उहाँले संघको सञ्चालक समितिले निर्वाचित भई सकेपछि प्राप्त गरेका उपलब्धि, बहसपैरवी र संघले अघि बढाएका कामहरु, विभिन्न अन्तराष्ट्रिय निकायहरुसँग भएको सम्झौताका बारेमा जानकारी गराउनु भयो । नेफ्स्कून आफ्ना सदस्य संस्थाहरुको हकहित, बृद्धि विकास र प्रवर्धनका दिशामा काम गर्न सधै तयार रहेको बताउनुभयो ।

कार्यक्रम सञ्चालन नेफ्स्कून सदस्य सेवा कार्यालय सुर्खेतका इन्चार्ज चन्द्रदेव जोशीले गर्नु भएको थियो भने कार्यक्रममा व्यवस्थापन सहयोग कार्यालय सहायक मदन कुमार चन्दले गर्नु भएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप