राष्ट्रिय सहकारी दिवसमा नेफ्स्कून चाबहिल कार्यालयको विविध कार्यक्रम
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
राष्ट्रिय सहकारी दिवसमा नेफ्स्कून चाबहिल कार्यालयको विविध कार्यक्रम

काठमाडौं । नेफ्स्कून चाबहिल सदस्य सेवा कार्यालयले पनि ६७औं राष्ट्रिय सहकारी दिवस २०८० आज विविध कार्यक्रम गरी मनाएको छ । आज आयोजित कार्यक्रमको अध्यक्षता संघकी सञ्चालक एवम् चाबहिल सदस्य सेवा कार्यालय संयोजक सिता ढकाल पौडेलेले गर्नुभएको थियो भने प्रमुख व्यक्तित्व संघका बरिष्ठ उपाध्यक्ष एवम् प्रवक्ता दामोदर अधिकारी रहनुभएको थियो ।

कार्यक्रममा बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका सञ्चालक ठाकुर बास्कोटा अतिथिको रुपमा उपस्थित हुनुभएको थियो । “सहकारीमा सुशासनः प्रविधि र एकीकरण” भन्ने मुल भावका साथ नेफ्स्कूनका देशैभरका कार्यालयहरुले झैं चाबहिल सदस्य सेवा कार्यालयले पनि शुभकामना आदानप्रदान, अन्तरक्रिया, संघको वृत्तचित्र प्रस्तुति आदि कार्यक्रम आयोजना गरेको हो । 

कार्यक्रममा नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष अधिकारी तथ सञ्चालक सदस्य पौडेलले संघको वर्तमान सञ्चालक समितिले गरेका कामकारवाहीसँगै प्राप्त उपलब्धिहरुबारे सहभागी संघ संस्थाका प्रतिनिधिहरुलाई जानकारी गराउनुभएको थियो । खासगरी वर्तमान सञ्चालक समितिले कार्यकाल सुरु गरेको १ सय दिन पूरा हुनु एक दिनअघि हिजो जारी गरेको प्रेस विज्ञप्तिलाई आधार बनाई बहसपैरवी, अन्तर्राष्ट्रिय सम्बन्ध, भौतिक संरचना एवम् प्रविधि, आन्तरिक सुशासन लगायतका विषयमा प्रकाश पार्नुभएको थियो ।

बरिष्ठ उपाध्यक्ष अधिकारी र सञ्चालक पौडेलेले सदस्य संघ संस्थाहरुको आवश्यकता र अपेक्षा बमोजिम नेफ्स्कूनले काम गर्ने भन्दै समसामयिक विषयबारे पनि जानकारी गराउनुभएको थियो । उहाँहरुले कार्यक्रममा सहभागी भई शुभकामना आदानप्रदान साथै सकारात्मक र रचनात्मक सुझाव प्रदान गर्ने सबैलाई धन्यवाद पनि व्यक्त गर्नुभएको थियो । कार्यक्रम सञ्चालन संघको सदस्य सेवा कार्यालय इन्चार्ज राधा कुमारी पोखरेलले गर्नुभएको थियो । 

देशव्यापी रुपमा विविध कार्यक्रम सहित राष्ट्रिय सहकारी दिवस मनाइएको छ । २०१३ सालमा आजकै दिन चितवनको शारदानगरमा नेपालको पहिलो सहकारीका रुपमा बखान ऋण सहकारी समिति स्थापना भएको दिनको सम्झनामा प्रत्येक वर्ष चैत २० गतेलाई राष्ट्रिय सहकारी दिवसका रुपमा मनाउने प्रचलन छ । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप