किसान साकोसद्वारा गैंडाकोट नगरपालिका-८ 'पूर्ण किसान सदस्य वडा' घोषणा 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
किसान साकोसद्वारा गैंडाकोट नगरपालिका-८ 'पूर्ण किसान सदस्य वडा' घोषणा 

गैंडाकोट नगरपालिका वडा न. ८ केन्द्रिय कार्यालय रहेको देशकै उत्कृष्ट सहकारी किसान वचत तथा ऋण सहकारी संस्था लि. ले आज २०८० चैत्र २० गते ६७औं राष्ट्रिय सहकारी दिवसका अवसरमा गैंडाकोट-८ मा रहेको विजय आधारभुत विद्यालयमा एक भव्य कार्यक्रम आयोजना गरि गैंडाकोट वडा न. ८ लाई पूर्ण किसान सदस्य वडा घोषणा कार्यक्रम सम्पन्न गरेको छ । 

संस्थाका अध्यक्ष भोजराज पौडेलको अध्यक्षतामा गैंडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीको प्रमुख आतिथ्यता र गैंडाकोट नगरपालिका उपप्रमुख शान्ति कोइराला, नेफस्कून सञ्चालक समिति सदस्य गोपाल प्रसाद गौतमको विशिष्ट आतिथ्यता साथै विभिन्न वडाका वडाध्यक्ष, संघ संस्थाका प्रतिनिधि, वडाका जनप्रतिनिधि, टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधि, सञ्चालक समिति, विभिन्न उपसमितिका पदाधिकारी, शेयर सदस्य र कर्मचारी सहितको उपस्थितीमा विभिन्न साँस्कृतिक कार्यक्रम सहित सफल रूपमा सम्पन्न गरेको छ । 

कार्यक्रममा उपस्थित अतिथीलाई स्वागत विजयनगर सेवाकेन्द्र संयोजक एवं कार्यक्रम संयोजक डिलाराम सापकोटाले गर्नु भएको थियो । कार्यक्रमको औचित्य प्रकाश पार्दै संस्थाका निर्वतमान अध्यक्ष श्रीहरि चालिसेले संस्थामा वडा नं. ८ अन्तर्गत ९६६ घरधुरी मध्ये ९४८ घरधुरीका सदस्यलाई संस्थामा सहभागी गराई २५ जना सदस्यवाट हालको दिनमा आउदा ८८ हजार सदस्य पुग्न सफल भएको हाल संस्थाको पूजी करिव ४ अर्व पुग्न लागेको ३ वटा प्रदेश, ४ जिल्लामा २६ वटा सेवाकेन्द्र वाट सेवा दिदै आएको संस्था विभिन्न आरोह अवरोह पार गर्दै आजको कार्यक्रम सम्पन्न गर्न सफल रहेको बताउनु भएको थियो ।

हालको सहकारी प्रतीको गलत धारणा गलत सोचाइ रहेको बेला सदस्यको मझेरीमा पुगी वित्तिय गैह्र वितिय कारोवार सहज सरल रूपमा गर्नाले यहाँ सम्म आउन सफल भएको जानकारी गराउनु भएको थियो । उक्त कार्यक्रममा शुभकामना मन्तव्य टोलविकास संस्थाको तर्फवाट सञ्जालका अध्यक्ष शशिधर न्यौपाने, वडाको प्रतिनिधित्व गर्दै वडा नं। ८ का वडाध्यक्ष प्रेम सापकोटाले वडा न. ८ मा राष्ट्रिय अन्तराष्ट्रिय स्तरवाट समेत पुरस्कृत देशकै उत्कृष्ठ सहकारी किसान रहनु गौरवको रूपमा रहेको र स्थानीय निकायको सहकार्यमा कार्यक्रम गर्न समेत आग्रह गर्नु भएको थियो । 

पूर्ण वडा घोषणा कार्यक्रम अन्तर्गत सम्पूर्ण टोलविकास संस्थाका पदाधिकारीले घोषणा पत्रमा दस्तखत गरेको अभिलेखीकरण वडा न. ८ का वडाध्यक्षले स्विकृतिका लागी नगरप्रमुखसँग पेश गरी उक्त अभिलेखीकरणमा नगरप्रमुखले स्विकृत गरी उक्त अभिलेखीकरण वाचन गरी वडालाई पूर्ण किसान वडा घोषणा गर्नु भएको थियो ।

कार्यक्रममा ११ वटा टोल विकास संस्थालाई सरसफाईका लागि डस्टविन र वालक्लव हरुलाई खेलकुद सामाग्री वितरण समेत गरिएको थियो । कार्यक्रममा शुभकामना व्यक्त गर्दे विशिष्ट अतिथी नेफस्कून सञ्चालक सदस्य एवं पूर्व अध्यक्ष गोपाल प्रसाद गौतमले यस सहकारीले सदस्य मैत्री कार्यक्रमहरु सञ्चालन गर्नु, प्रविधीमैत्री रही कारोवार गरी आजको दिनसम्म आइपुग्दा संस्था देशकै गौरव गर्न लायक संस्थाको रूपमा रहेको बताउँदै संस्थाको इतिहास समेत बताउँदै शुभकामना व्यत गर्नु भएको थियो । 

विशिष्ट अतिथी गैंडाकोट नगरपालिका नगर उपप्रमुख शान्ति कोइरालाले सहकारीको इतिहास व्यक्त गर्दै समुन्त समाजको विकासका लागि सहकारीले उल्लेखनीय योगदान रहेको बताउँदै महिला दिदीवहिनी हरुलाई थप उद्यमशीलतामा जोड्दै सहकारीले आफ्ना गतिविधि अगाडी बढाउन आग्रह गर्दै शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी गैंडाकोट नगरपालिका नगरप्रमुख मदनभक्त अधिकारी ज्यूले यस नगरको गौरवको रूपमा रहेको किसान साकोसले सदस्य हरुको जीविकोपार्जन का विभिन्न कार्यक्रम सम्पन्न गर्नु ,सदस्यहरुको  साथ र सहयोगमा रही विभिन्न कृयाकलाप गर्नु र सदस्यहरु लाई संस्था प्रति आत्मसन्तुष्ट पार्न सक्नु नै यो संस्थाको सवल पक्ष रहेको बताउनु भएको थियो र सम्पूर्ण सदस्यलाई संस्था नीति, विधि र प्रविधिमा  सञ्चालित भएकाले ढुक्क भएर कारोवार गर्न समेत आग्रह गर्नु भएको थियो ।

कार्यक्रममा साँस्कृतिक कार्यक्रम राष्ट्रिय लोकदोहारी गायीका उमादेवी खनाल र दुर्गा सापकोटा मार्फत विविध साँगेतिक प्रस्तुती सहित रमाईलो गराउनु भएको थियो । आजको यस कार्यक्रम लाई सफल पार्न विजयनगर सेवाकेन्द्र अन्तर्गत का व्यवस्थापन समितीका पदाधिकारी, कर्मचारी लगायत कार्यक्रममा सहभागी हुने सम्पूर्ण अतिथी, शेयर सदस्यहरुलाई धन्यवाद दिदै संस्थाका अध्यक्ष भोजराज पौडेलले अन्त्य गर्नु भएको थियो । 

कार्यक्रमको सहजीकरण संस्थाका सचिव सरस्वती कंडेलले गर्नु भएको थियो ।
 
भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

११ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप