सिन्धुलीमा 'सहकारीको असल अभ्यास सिकाइ कार्यशाला' ; ७ बुँदे साझा संकल्प प्रस्ताव पारित
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सिन्धुलीमा 'सहकारीको असल अभ्यास सिकाइ कार्यशाला' ; ७ बुँदे साझा संकल्प प्रस्ताव पारित

काठमाडौं । जिल्ला सहकारी संघ लि. सिन्धुलीको आयोजनामा संचालित सहकारीको असल अभ्यास सिकाइ कार्यशाला ७ बुँदे साझा संकल्पसहित समापन भएको छ । “सहकारीमा सुशासन प्रविधि र एकीकरण” भन्ने मुल नाराका साथ ६७औं राष्ट्रिय सहकारी दिवसको अवसरमा सहकारी अभियानको सुदृढीकरणको लागि २०८० चैत्र १९ र २० गते कार्यशाला संचालन गरिएको थियो । 

जिल्ला सहकारी संघका अध्यक्ष नवराज कोइरालाको अध्यक्षता तथा जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कारसाङलामाले उद्घाटन गर्नु भएको कार्यशालामा विभिन्न पालिकाहरुको सह आयोजना तथा सहकारी संस्थाहरुको प्रायोजन तथा सहकार्यमा विभिन्न ७ विषयमा नेपालका उत्कृष्ट सहकारीका प्रमुख कार्यकारी अधिकृत तथा संचालक एवम् उत्प्रेरक व्यक्तिहरुको प्रस्तुतिकरण समेटिएको थियो । सिन्धुलीको कमलामाईमा सम्पन्न कार्यक्रममा सिन्धुलीका ९ वटै स्थानिय तहका ३ सय १२ सहकारीकर्मीहरुको सहभागिता रहेको थियो । 

पहिलो दिन पहिलो सत्रमा “सहकारीको छविमा विस्तारः अभियान र सरकार एकाकार” विषयमा अभियानको तर्फवाट प्रोस्कूनकी उपाध्यक्ष कल्पना श्रेष्ठको सहजीकरण र स्थानीय सरकारको तर्फवाट गोलन्जोर गाउँपालिकाका अध्यक्ष शंकर राज वराल र फिक्कल गाउँपालिकोतर्फवाट पालिका अध्यक्ष पार्वती सुनुवारको प्रतिनिधिमूलक सहभागिता थियो । 

दोश्रो सत्रमा “अबको सहकारीको अवाश्यकताः एक सहकारी एक उत्पादनको व्यवस्था” भन्ने विषयमा एनएमसी झापाका संस्थापक अध्यक्ष राम चन्द्र उप्रेतीको सहजीकरणमा थियो भन्ने तेश्रोे सत्र मेची सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत खोम प्रसाद वगालेको सहजीकारणमा “सहकारीको संस्कारित अभ्यास: स्वनियमन र शुसासनको विकास” विषयमा छलफल तथा अन्तरकृयाका साथ सम्पन्न भएको थियो ।

दोश्रो दिनको पहिलो सत्रमा उत्प्रेरक रमण भट्टराईको सहजीकरणमा “सहकारीको सफलताका लागि स्वः उत्प्रेरणा र सकारात्मक उर्जा” विषयमा प्रस्तुति रहेको थियो । “सहकारीको शुद्धिकरण: एकीकरण र वर्गीकरण” विषयमा जनसचेतन साकोसका प्रमुख कार्यकारी अधिकृत नवराज दाहालको सहजीकरण र “संहकारीमा विमा जोखिम न्यनिकरणको सिमा” विषयमा सन नेपाल लाइफ इन्सुरेन्सका रणनितिक प्रमुख दिव्येश झाको सहजीकरण र अन्तिम सत्रमा “सहकारीको रुपान्तरणःअभियान र अभियन्तामा पुनजागरण” विषयमा राष्ट्रिय सहकारी महासंघका संचार अधिकृत राम सुधन तिमल्सिनाको सहजीकारणमा सम्पन्न भएको थियो । 

६७ औ. सहकारी दिवसमा दुई दिन सम्म संचालन भएको कार्यशालाको सहकारीको अन्तिम निचोडमा सिन्धुलीको सहकारी अभियान सुधार्न सहकारीको ७ सिद्धान्त पालनासँगै ७ प्रतिवद्धताको संकल्प पारित गरेको छ ।

सिन्धुलीको सहकारी अभियानको ७ साझा संकल्प

१. सहकारीको छविमा विस्तार गर्नका लागि सम्बन्धित पालिका सरकार संग सहकार्य गरि समस्याको पहिचान, वर्गीकरण र निरुपणका विधिहरु निर्माण गर्ने कार्यका लागि साझा संजालको अभियानमा जोडिन प्रतिवद्ध छौं ।
२. सहकारी संस्थाको सुदृढीकरणका लागि उदेश्य अनुरुप कार्य गर्ने, एक व्यक्ति एक सहकारीको संचालकमा मात्र रहने र सवै प्रकृतिका सहकारीले एक सहकारी एक व्यवसायकि उत्पादन मुलक कार्य गर्न प्रतिवद्ध छौं ।
३. न्युनतम दुई करोड भन्दा वढी वित्तीय तथा व्यावसायिक कारोवार गर्ने सहकारी संस्थाहरु प्रविधिको प्रयोग गरि संस्था संचालन गर्न प्रतिवद्ध छौ । 
४. सहकारी तथा सदस्यको  जोखिमको न्यूनीकरणका लागि जोखिम स्थानान्तरणका गर्न उपयुक्त विधी र प्रकृयाको छनौट र उपयोगमा गर्न प्रतिवद्धछौ ।
 ५.सहकारी अभियानको एकै किसिमको सहकारी संस्कृतिको विकास गराउन लागि सहकारीमा सुशासन एवम् सहकारीमा स्वःनियमन कायम गर्न प्रतिवद्धता व्यक्त गर्दछौं ।
६.सहकारीको संख्यात्मक वृद्धि ५१७ लाई न्यूनीकरण गरि गुणात्मक सहकारीका लागि २५८ कायम गर्न कम्तिमा २ वटा सहकारी एक आपसमा एकिकृत भई १ गुणात्मक सहकारी वन्न प्रतिवद्ध छौ ।
७ सहकारी अभियानको संस्कारित अभ्यासलाई आत्मसाथ गर्दै जिल्ला सहकारी संघले जारी गरेको सहकारी संंस्कार मार्गदर्शन २०८० लाई पालन गर्न पर्न प्रतिवद्ध छौ ।

 


 

  
 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

८ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१० दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१० दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१६ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१८ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३५ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२७ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२५ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

४० दिन अगाडि

पाठकबाट थप