सिन्धुलीमा 'सहकारीको असल अभ्यास सिकाइ कार्यशाला' ; ७ बुँदे साझा संकल्प प्रस्ताव पारित
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सिन्धुलीमा 'सहकारीको असल अभ्यास सिकाइ कार्यशाला' ; ७ बुँदे साझा संकल्प प्रस्ताव पारित

काठमाडौं । जिल्ला सहकारी संघ लि. सिन्धुलीको आयोजनामा संचालित सहकारीको असल अभ्यास सिकाइ कार्यशाला ७ बुँदे साझा संकल्पसहित समापन भएको छ । “सहकारीमा सुशासन प्रविधि र एकीकरण” भन्ने मुल नाराका साथ ६७औं राष्ट्रिय सहकारी दिवसको अवसरमा सहकारी अभियानको सुदृढीकरणको लागि २०८० चैत्र १९ र २० गते कार्यशाला संचालन गरिएको थियो । 

जिल्ला सहकारी संघका अध्यक्ष नवराज कोइरालाको अध्यक्षता तथा जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कारसाङलामाले उद्घाटन गर्नु भएको कार्यशालामा विभिन्न पालिकाहरुको सह आयोजना तथा सहकारी संस्थाहरुको प्रायोजन तथा सहकार्यमा विभिन्न ७ विषयमा नेपालका उत्कृष्ट सहकारीका प्रमुख कार्यकारी अधिकृत तथा संचालक एवम् उत्प्रेरक व्यक्तिहरुको प्रस्तुतिकरण समेटिएको थियो । सिन्धुलीको कमलामाईमा सम्पन्न कार्यक्रममा सिन्धुलीका ९ वटै स्थानिय तहका ३ सय १२ सहकारीकर्मीहरुको सहभागिता रहेको थियो । 

पहिलो दिन पहिलो सत्रमा “सहकारीको छविमा विस्तारः अभियान र सरकार एकाकार” विषयमा अभियानको तर्फवाट प्रोस्कूनकी उपाध्यक्ष कल्पना श्रेष्ठको सहजीकरण र स्थानीय सरकारको तर्फवाट गोलन्जोर गाउँपालिकाका अध्यक्ष शंकर राज वराल र फिक्कल गाउँपालिकोतर्फवाट पालिका अध्यक्ष पार्वती सुनुवारको प्रतिनिधिमूलक सहभागिता थियो । 

दोश्रो सत्रमा “अबको सहकारीको अवाश्यकताः एक सहकारी एक उत्पादनको व्यवस्था” भन्ने विषयमा एनएमसी झापाका संस्थापक अध्यक्ष राम चन्द्र उप्रेतीको सहजीकरणमा थियो भन्ने तेश्रोे सत्र मेची सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत खोम प्रसाद वगालेको सहजीकारणमा “सहकारीको संस्कारित अभ्यास: स्वनियमन र शुसासनको विकास” विषयमा छलफल तथा अन्तरकृयाका साथ सम्पन्न भएको थियो ।

दोश्रो दिनको पहिलो सत्रमा उत्प्रेरक रमण भट्टराईको सहजीकरणमा “सहकारीको सफलताका लागि स्वः उत्प्रेरणा र सकारात्मक उर्जा” विषयमा प्रस्तुति रहेको थियो । “सहकारीको शुद्धिकरण: एकीकरण र वर्गीकरण” विषयमा जनसचेतन साकोसका प्रमुख कार्यकारी अधिकृत नवराज दाहालको सहजीकरण र “संहकारीमा विमा जोखिम न्यनिकरणको सिमा” विषयमा सन नेपाल लाइफ इन्सुरेन्सका रणनितिक प्रमुख दिव्येश झाको सहजीकरण र अन्तिम सत्रमा “सहकारीको रुपान्तरणःअभियान र अभियन्तामा पुनजागरण” विषयमा राष्ट्रिय सहकारी महासंघका संचार अधिकृत राम सुधन तिमल्सिनाको सहजीकारणमा सम्पन्न भएको थियो । 

६७ औ. सहकारी दिवसमा दुई दिन सम्म संचालन भएको कार्यशालाको सहकारीको अन्तिम निचोडमा सिन्धुलीको सहकारी अभियान सुधार्न सहकारीको ७ सिद्धान्त पालनासँगै ७ प्रतिवद्धताको संकल्प पारित गरेको छ ।

सिन्धुलीको सहकारी अभियानको ७ साझा संकल्प

१. सहकारीको छविमा विस्तार गर्नका लागि सम्बन्धित पालिका सरकार संग सहकार्य गरि समस्याको पहिचान, वर्गीकरण र निरुपणका विधिहरु निर्माण गर्ने कार्यका लागि साझा संजालको अभियानमा जोडिन प्रतिवद्ध छौं ।
२. सहकारी संस्थाको सुदृढीकरणका लागि उदेश्य अनुरुप कार्य गर्ने, एक व्यक्ति एक सहकारीको संचालकमा मात्र रहने र सवै प्रकृतिका सहकारीले एक सहकारी एक व्यवसायकि उत्पादन मुलक कार्य गर्न प्रतिवद्ध छौं ।
३. न्युनतम दुई करोड भन्दा वढी वित्तीय तथा व्यावसायिक कारोवार गर्ने सहकारी संस्थाहरु प्रविधिको प्रयोग गरि संस्था संचालन गर्न प्रतिवद्ध छौ । 
४. सहकारी तथा सदस्यको  जोखिमको न्यूनीकरणका लागि जोखिम स्थानान्तरणका गर्न उपयुक्त विधी र प्रकृयाको छनौट र उपयोगमा गर्न प्रतिवद्धछौ ।
 ५.सहकारी अभियानको एकै किसिमको सहकारी संस्कृतिको विकास गराउन लागि सहकारीमा सुशासन एवम् सहकारीमा स्वःनियमन कायम गर्न प्रतिवद्धता व्यक्त गर्दछौं ।
६.सहकारीको संख्यात्मक वृद्धि ५१७ लाई न्यूनीकरण गरि गुणात्मक सहकारीका लागि २५८ कायम गर्न कम्तिमा २ वटा सहकारी एक आपसमा एकिकृत भई १ गुणात्मक सहकारी वन्न प्रतिवद्ध छौ ।
७ सहकारी अभियानको संस्कारित अभ्यासलाई आत्मसाथ गर्दै जिल्ला सहकारी संघले जारी गरेको सहकारी संंस्कार मार्गदर्शन २०८० लाई पालन गर्न पर्न प्रतिवद्ध छौ ।

भर्खरै
तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न
तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

१४ घण्टा अगाडि

‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२ दिन अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

२ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

४ दिन अगाडि

ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध
ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध

४ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न
नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न

५ दिन अगाडि

लोकप्रिय
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न
तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

१४ घण्टा अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

४ दिन अगाडि

सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

६ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा
नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा

५ दिन अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

२४ दिन अगाडि

पाठकबाट थप