कानून कार्यान्वयनमा ध्यान दिन मन्त्री बलराम अधिकारीको आग्रह  
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कानून कार्यान्वयनमा ध्यान दिन मन्त्री बलराम अधिकारीको आग्रह  

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारीमा समस्या आउनुमा कानुन कार्यान्वयन नहुनु कारक भएको बताउनुभएको छ । कानुन राम्रो भए पनि कार्यान्वयन फितलो हुँदा अहिलेको समस्या आएको उहाँले जिकिर गर्नुभयो । सहकारीमा सुशासनको समस्या उठेको भन्दै उहाँले भन्नुभयो,  ‘सुशासन कहाँबाट कसले ल्याउने ? आफैबाट सुरु गर्ने होला नि ! सुशासन कायम हुनसके सदस्यका बीचमा जान अप्ठ्यारो पर्दैन ।’ 

६७औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा हिजो सहकारी विभागले आयोजना गरेको कार्यक्रममा उहाँले मुलुक संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको र संविधान पूर्ण रुपमा कार्यान्वयन नहुँदा पनि समस्या भइरहेको उल्लेख गर्नुभयो । सहकारीको समस्या समाधानमा सरकारले अग्रसरता देखाएको दाबी उहाँले गर्नुभयो । सहकारी नियमनको लागि दरिलो संयन्त्र नहुँदा समस्या आएको मन्त्री अधिकारीले बताउनुभयो । सहकारीको नियमनको लागि प्रभावकारी संयन्त्र बनाउन प्रक्रिया अघि बढाइएको समेत उहाँले जानकारी गराउनुभयो । 

 देशभर कार्यक्षेत्र लिएर कारोबार गर्दा पनि समस्या भएको मन्त्री अधिकारीको भनाइ थियो । अब सहकारीमा समस्या आउन नदिन सरकार प्रतिवद्ध रहेको र दोस्रो तहको नियामकीय निकाय गठन गर्न सैद्धान्तिक स्वीकृतिका लागि अर्थ र कानुन मन्त्रालयमा मस्यौदा पठाइसकेको उहाँले जानकारी गराउनुभयो ।

कतिपय व्यक्तिले सहकारीबाट लिएको ऋण तिर्नु पदैन भनेर हल्ला चलाउँदा तिर्न चाहनेहरुले पनि समयमा नतिर्दा त्यसको प्रभाव सहकारी परेको उहाँको भनाइ थियो । त्यस्तै, उहाँले केही सहकारी संस्था एकीकरण भएको चारपाँच महिनामा नै बिघटनको कुरा उठ्नु गलत भएको र जे गर्दा पनि हुन्छ भन्ने मान्यताको अन्त्य हुनुपर्नेमा धारणा राख्नुभयो ।

यस्तै उहाँले सहकारीले कुल गार्हस्थ उत्पादन (जिडिपी) मा योगदान बढाउन आवश्यक रहेको पनि बताउनुभयो ।  उहाँले संविधानले अर्थतन्त्रको ३ मध्ये एक खम्बाको रुपमा सहकारीलाई लिइएको भए पनि जिडिपीमा योगदान न्यून रहेको तर्फ सबैको ध्यानाकर्षण गराउनुभयो । 
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप