'सदस्य संघ संस्थाहरुको सुझाव सम्बोधन गर्न नेफ्स्कून प्रतिबद्ध रहन्छ'
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
'सदस्य संघ संस्थाहरुको सुझाव सम्बोधन गर्न नेफ्स्कून प्रतिबद्ध रहन्छ'

रुपन्देही । ६७औं राष्ट्रिय सहकारी दिवस २०८० को अवसरमा नेफ्स्कून रुपन्देही सदस्य सेवा कार्यालय बुटवलको आयोजनामा संघले प्राप्त गरेका उपलब्धिहरु सार्वजनीकरण एंव् समसामयिक विषयमा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा  ३७ जनाको सहभागिता थियो । 

नेफ्स्कून सञ्चालक सदस्य एव् रुपन्देही सदस्य सेवा कार्यालय बुटवल व्यवस्थापन उपसमिति संयोजक ज्ञानु पौड्यालको अध्यक्षता तथा राष्ट्रिय सहकारी महासंघका लेखा समिति संयोजक एव् जिल्ला सहकारी संघका अध्यक्ष भिम प्रसाद तुलाचनको प्रमुख आतिथ्यता, राष्ट्रिय सहकारी महासंघका सञ्चालक सदस्य एवम जिल्ला सहकारी संघका उपाध्यक्ष टिका न्यौपाने, लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्ण प्रसाद नेपाल, प्रदेश सहकारी संघका सञ्चालक प्रकाश भट्टराई लगायतले शुभकामना तथा सुझाव राख्नुभएको कार्यक्रममा रुपन्देही बचत तथा ऋण सहकारी संघ लि का अध्यक्ष बसन्त प्रसाद ढकालको स्वागत मन्तब्य रहेको थियो । 

प्रमुख अतिथि तुलाचनले सहकारीहरु एक्लै पूर्णता होइन सबै सस्थाहरुको साझा प्रयत्नबाट प्रभावकारी रुपमा संघ सञ्चालन हुनुपर्छ भन्दै सबैको अथक प्रयास र प्रयत्नबाट सहकारी ऐन २०७४ नियमावली २०७५ प्राप्त गर्न सफल भए पनि सरकारी तवरबाट ऐनमा रहेका धेरै प्रावधानहरुलाई कार्यान्वयन गर्न नसक्दा पछिल्लो समयमा समस्या सिर्जित भएको बताउनुभयो । यस तर्फ सरकार गम्भीर हुन जरुरी रहेको र आफ्नो तर्फबाट गर्नु पर्ने हरेक कुराहरुमा अग्रसर भइ अगाडि बढ्नु पर्ने अवगत गराउनु भएको थियो । 

कार्यक्रममा नेफ्स्कूनद्वारा तयार पारिएको वृत्तचित्र प्रस्तुत गरिएको थियो भने नेफ्स्कून सञ्चालक तथा कार्यक्रमका अध्यक्ष ज्ञानु पौड्यालले संघको १ सय दिनको उपलब्धिहरु प्रस्तुत गर्दै सहभागीहरुबाट प्राप्त जिज्ञासा सम्बोधन गर्नु भएको थियो । प्राप्त सुझावहरुलाई संघले ग्रहण गरी सामाधान तर्फ संघ अग्रसर रहने र सो कार्यक्रम मार्फत आगामी दिनहरुमा सबैको साथ र सहयोगको अपेक्षा समेत उहाँले व्यक्त गर्नु भयो ।

लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्ण प्रसाद नेपालले १०० दिनको उपलब्धी माथि थप गर्नु पर्ने विषयहरुमा सहकारीको समस्या ,सञ्चालक तथा व्यवस्थापनको खराब नियतका कारण समस्यामा उन्मुख सहकारीको पहिचान गर्ने, आयकर सम्बन्धि व्यवस्थालाई कम गर्न सरकारलाई पहल गर्ने ऐनमा निर्दिष्ट भएका कुरालाई लागू गर्न पहल गर्ने साथै उदेश्य अनुरुप सहकारीले कारोबार गर्नुपर्ने विषयलाई उठान गर्न अति जरुरी रहेको भन्दै सहकारी दिवसको शुभकामना व्यक्त गर्नु भएको थियो ।

प्रदेश सहकारी संघका सञ्चालक प्रकाश भट्टराईले नेफ्स्कूनले गर्ने कार्य र सरकारसँग बहसपैरवी अझ प्रभावकारी बनाउदै जानुपर्ने र त्यस्तो कार्यका लागि सबै संघ र प्रारम्भिक सस्थाहरुले सहयोग गर्नु पर्ने भन्दै सहकारी दिवसको शुभकामना व्यक्त गर्नु भएको थियो ।

नेफ्स्कून रुपन्देही सदस्य सेवा कार्यालयकी वरिष्ठ सहायक कल्पना भण्डारीले सञ्चालन गर्नुभएको कार्यक्रमको व्यवस्थापन संघका कर्मचारी नेत्र प्रसाद सापकोटा र प्रकाश लुहारले गर्नुभएको थियो ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

६ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२० घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२० घण्टा अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

६ घण्टा अगाडि

पाठकबाट थप