छुट शुल्कमा सहभागिता दर्ताको समयावधि थप
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
छुट शुल्कमा सहभागिता दर्ताको समयावधि थप

काठमाडौं । नेफ्स्कूनले यही बैशाख २५ र २६ गते काठमाडौंमा आयोजना गर्न लागेको लेखा सुपरीवेक्षण समितिको राष्ट्रिय गोष्ठीमा शुल्क छुटसहित सहभागिताको नाम दर्ता गर्ने समयावधि थप गरेको छ । संघले आज एक सूचना जारी गरी उक्त गोष्ठीका लागि अब २०८१ बैशाख १० गतेसम्म छुट रकममा नाम दर्ता गर्न सकिने जनाएको छ । यसअघि, शुल्क छुटसहित सहभागी हुने समयावधि २०८० चैत मसान्तसम्म कायम गरिएको थियो ।

नेफ्स्कूनले गोष्ठीमा सहभागी भई देशैभरिका सहकारीहरु लाभान्वित हुन सकून भन्ने उद्देश्यका साथ महिला तथा दुर्गम क्षेत्रका सहभागी संघ संस्थाहरुका लागि १४,५०० (मूल्य अभिवृद्धि करसमेत) कायम गरेको छ । उक्त मिति पछि बैशाख १५ गतेसम्म नाम दर्ता गर्ने महिला र दुर्गम क्षेत्रका सदस्य संघ संस्थाहरुको लागि १५,५०० (मूल्य अभिवृद्धि करसमेत) कायम गरिएको छ ।

यस्तै, बैशाख १० गतेसम्म नाम दर्ता गराउने सदस्य संघ संस्थाहरुका लागि १५,५०० (मूल्य अभिवृद्धि करसमेत) तय गरेको छ । उक्त समयपछि नाम दर्ता गराउने सदस्य संघ संस्थाहरुको हकमा भने १६,५०० (मूल्य अभिवृद्धि करसमेत) कायम गरिएको छ । संघको सदस्य नभएका संघ संस्थाहरुका लागि भने १७,५०० (मूल्य अभिवृद्धि करसमेत)  कायम गरिएको छ । गोष्ठीमा सहभागिताको लागि नाम दर्ता गर्ने अन्तिम मिति २०८१ बैशाख १५ गतेसम्म राखिएको संघका प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाद्वारा आज जारी सूचनामा उल्लेख छ ।

संघले सदस्य संघ संस्थाहरुको लेखा सुपरीवेक्षण समितिको क्षमता विकास एवम् सशक्तिकरणको लागि संस्थागत सुशासन र सुरक्षणको प्रत्याभूतिः प्रभावकारी लेखा सुपरीवेक्षण समिति भन्ने मूल मर्मका साथ लेखा सुपरीवेक्षण समितिको राष्ट्रिय गोष्ठी आयोजना गर्न लागेको हो । गोष्ठीमा राष्ट्रिय अन्तर्राष्ट्रिय विषय विज्ञहरुद्वारा कार्यपत्रहरु प्रस्तुत हुने कार्यक्रम छ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप