असार मसान्तसम्ममा अभियानमा आशाको सञ्चार भइसक्नेछ: अध्यक्ष ढकाल 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
असार मसान्तसम्ममा अभियानमा आशाको सञ्चार भइसक्नेछ: अध्यक्ष ढकाल 

मोरङ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का अध्यक्ष चन्द्र प्रसाद ढकालले आगामी असार मसान्तसम्ममा साकोस अभियानमा आशाको सञ्चार भइसक्ने दाबी गर्नुभएको छ । नेफ्स्कूनले सदस्य संघ संस्थाहरुको बचत सुरक्षाको पूर्ण ग्यारेन्टी गर्ने प्रतिबद्धता दोहोर्याउँदै उहाँले विगतका केही समस्याहरु अब समाधान उन्मुख भएको स्पष्ट पार्नुभएको हो ।

मोरङ पुग्नुभएका नेफ्स्कूनका अध्यक्ष ढकालले आज एक्सेस ब्राण्डिङ कार्यक्रममा आवद्ध लेटाङ–४ स्थित मोरङ बचत तथा ऋण सहकारी संस्था लि.का बाल सदस्यहरुको भेला तथा नृत्य प्रतियोगितालाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै भन्नुभयो, ‘केही निराशाहरु थिए, ती पनि असार मसान्तसम्म आशामा परिणत भैसक्नेछन् । मलाई पूर्ण विश्वास छ, वार्षिक सालतमामीसम्म सदस्यहरुमा आशाको सञ्चार भइसक्नेछ ।’

संस्थाका अध्यक्ष निल कुमार श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला बचत संघ मोरङका अध्यक्ष प्रेम प्रकाश कोइराला लगायतको उपस्थिति थियो । कार्यक्रममा नेफ्स्कूनका सम्बन्धमा सञ्चारमाध्यममा प्रकाशित पछिल्लो समाचारप्रति इंगित गर्दै अध्यक्ष ढकालले मोरङको साकोस अभियानलाई बचत सुरक्षाको प्रत्याभूतिसँगै अन्य विषयमा पनि विश्वस्त पार्नुभएको हो । नेफ्स्कून साकोस म्यानेजर्स क्लबले बैशाख ३ गते लतिलपुरमा आयोजना गरेको कार्यक्रममा पनि उहाँले बचत सुरक्षाको विषयलाई नेफ्स्कूनले प्राथमिकतामा राखेको भन्दै आशंका नगर्न आग्रह गर्नुभएको थियो ।

‘हाम्रो मनसायमा आशंका नगर्न यहाँहरु समक्ष हार्दिक आग्रह गर्छु,’ अध्यक्ष ढकालले आज आयोजित कार्यक्रममा भन्नुभयो, ‘हिजोका इररहरु समाधान उन्मुख छन् । नयाँ सञ्चालक समिति निर्वाचित भैसकेकपछिको मुख्य ध्यान तीनै इररहरु करेक्शन गर्ने काममा केन्द्रीत भएका छन् । हामी अहोरात्र त्यसैमा लागेका छौं ।’

उहाँले अगाडि भन्नुभयो, ‘समाचारहरु सनसनीपूर्ण हुन्छन्, वस्तुगत यथार्थभन्दा पर हुन्छन् । हामीले पछिल्लो अवस्थाबारे विज्ञप्तिमार्फत पनि जानकारी गराइसकेका छौं । सदस्य संघ संस्थाप्रति हामी विश्वस्त छौं र मलाई विश्वास छ हामीप्रति पनि तपाईहरु पूर्ण विश्वस्त हुनुहुन्छ ।’ 

उहाँले सुशासन, ऐन कानूनको परिपालना, बहसपैरवी, वित्तीय अवस्था सबलीकरण, कर्जा असूली, अन्तर्राष्ट्रिय साझेदारी, व्यवस्थापकीय चुस्तता आदि विविध विषयमा नयाँ सञ्चालक समिति निर्वाचित भैसकेपछिको साढे ३ महिनामा दुरगामी महत्वका धेरै काम भएको उल्लेख गर्नुभएको हो । 

सहकारी ऐन कार्यान्वयनको विषयमा जारी बहसपैरवीले चाँडै नै सकारात्मक नतिजा ल्याउने भन्दै अध्यक्ष ढकालले मोरङको साकोस अभियानलाई थप विश्वस्त पार्नुभएको हो । अध्यक्ष ढकालले भन्नुभयो, ‘कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायाधिकरण र बचत तथा कर्जा सुरक्षण कोषका विषयहरुमा सरकारसँगको लबिङले परिणाम चाँडै ल्याउँदैछ ।’

यस्तै, वित्तीय साकोस ऐन जारी गराउन नेफ्स्कूनको वर्तमान नेतृत्व सक्षम हुने दाबी पनि उहाँले गर्नुभयो । उहाँले भन्नुभयो, ‘पछिल्लो समय नियामक निकायलाई पनि अन्य सहकारी र बचत ऋण सहकारीहरुबीचको पृथकता स्थापित गर्न साकोस ऐन आवश्यक भएको रियलाइजेशन भएको छ । त्यसको समाधान भनेको नेफ्स्कूनले विगत लामो समयदेखि उठाउँदै आएको छुट्टै वित्तीय सहकारी ऐन निर्माण नै भएको उहाँहरुले स्वीकार्नुभएको छ । त्यसैले हामीले यो पटक धेरै विश्वस्त भएर त्यसै दिशामा कामहरु परिलक्षित गरेका छौं ।’

अर्को एक विषयमा अध्यक्ष ढकालले नेफ्स्कून सञ्जाल सम्बन्धलाई उच्च प्राथमिकता दिएर अघि बढ्न उद्यत रहेको पनि बताउनुभयो । नेफ्स्कूनले जिल्ला संघ र प्रदेश संघहरुसँग हार्दिकता पूर्ण सम्बन्ध कायम राख्न चाहेको जानकारी स्पष्ट पार्नुभयो । अध्यक्ष ढकालले भन्नुभयो, ‘सञ्जाल साझेदारी मोडलको विषयमा केही समयअघि मात्रै जिल्ला र प्रदेश गरी ४० भन्दा बढी संघका प्रतिनिधिहरुसँग दुई दिने बसाइले एउटा ठोस निकास दिएको छ । हामी उत्साहित छौं ।’ 
 
भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

११ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

२ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप