सदस्यहरुको ब्यालेन्स सिट वृद्धि हाम्रो लक्ष्यः चन्द्रागिरि साकोस
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सदस्यहरुको ब्यालेन्स सिट वृद्धि हाम्रो लक्ष्यः चन्द्रागिरि साकोस

काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि.ले सदस्यहरुको ब्यालेन्स सिट वृद्धि आफ्नो लक्ष्य भएको जनाएको छ । स्थापनाको २३औं वसन्त पार गरी २४ वर्ष प्रवेश गरेको साकोसले सदस्यहरुको आर्थिक सवलीकरण र सशक्तिकरणको पाटो प्राथमिकतामा रहेको स्पष्ट पारेको हो । निर्णय प्रक्रियामा सदस्यहरुको सक्रिय, व्यापक र सिर्जनात्मक सहभागिता, मागमा आधारित विविध सेवाहरुमार्फत आर्थिक सवलीकरणमा विशेष जोड दिएको चन्द्रागिरि साकोसले जनाएको हो । वित्तीय कल्याणका प्रभावकारी एवम् समय सान्दर्भिक कार्यक्रमहरुमार्फत सदस्यहरुको जीवनयापनलाई सहज बनाउने र बचतसँगै सदस्यको खुसी र समृद्धि वृद्धिको लक्ष्य उसले अघि सारेको छ ।

थानकोटस्थित चन्द्रागिरि साकोसले आफ्नो २३औं स्थापना दिवसको अवसरमा आज एक प्रतिवद्धता जारी गर्दै  सहकारी क्षेत्रको छवि धुमिल हुँदै गइरहेको अवस्थामा पनि सदस्य सेवा, गुणस्तरीय सेवा र पूर्ण व्यावसायिकताका कारण साकोसले उत्कृष्टता हासिल गरेको दाबी गरेको हो । साकोसका अध्यक्ष योगेन्द्र कुमार कुँवरद्वारा हस्ताक्षरित प्रतिवद्धता पत्रमा भनिएको छ–‘आफ्नो सवल वित्तीय अवस्था, गुणस्तरीय सेवा र सदस्य सुविधाका विभिन्न कार्यक्रमहरुद्वारा यस संस्थाले आफ्नो बेग्लै पहिचान बनाउन सफल भएको छ ।’

साकोसको सदस्या वृद्धि, बचत वृद्धि, न्यून ब्याजदरमा ऋण लगानी, निरन्तर सदस्य शिक्षा र विस्तारित मञ्चहरु सञ्चालन र सदस्यहरुको सफलताहरु निर्माण गर्दै अगाडि बढेको भन्दै यी गतिविधिहरुले संस्थागत सक्रियता र सदस्य केन्द्रीयता पुष्टि गरेको उसले जनाएको छ । सदस्यको विश्वासको बलमा बलियो जग निर्माण गरेको साकोसले सहकारी ऐन कानून, निर्देशन, मापदण्ड परिपालना गर्दै सुशासनका विषयमा कुनै सम्झौता नगर्ने पनि प्रतिवद्धता व्यक्त गरेको छ ।

२५ जना स्थानीय युवाहरुबाट २५ हजार पुँजी संकलन गरी स्थापना भएको चन्द्रागिरि साकोसले हाल २० हजार ३ सय बढी सदस्यहरुलाई सेवा प्रदान गर्दै आएको छ । साकासेले हाल साढे ३ अर्ब बढी रकम परिचालनमार्फत सदस्यहरुको वित्तीय आवश्यकता सम्बोधन गर्दै आएको छ ।

समुदायमा आधारित सदस्य केन्द्रीत चन्द्रागिरि साकोसले यो अनवरत यात्राका दौरान साथ सहयोग सुझाव र मार्गर्दशन गर्ने सदस्य एवम् सबै सरोकारवालाहरुमा कृतज्ञता समेत व्यक्त गरेको छ । 

भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२० घण्टा अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

१ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

२ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

२० घण्टा अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२० घण्टा अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

पाठकबाट थप