‘राज्य सबै नागरिकसँग जोडिने सहज र प्रभावी माध्यम हो सहकारी’
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘राज्य सबै नागरिकसँग जोडिने सहज र प्रभावी माध्यम हो सहकारी’

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का अध्यक्ष चन्द्र प्रसाद ढकालले राज्य सबै नागरिकहरुसँग जोडिने सहज र शक्तिशाली माध्यम सहकारी भएको बताउनुभएको छ । राज्यले लगानी नगरिकन र सहज रुपमा सहकारीमार्फत सबै नागरिकहरुको तथ्याङ्क र विवरण संकलन गर्न सक्ने अवस्था आएको उहाँले दाबी गर्नुभयो । राज्य र नागरिकहरुबीच सहकारी सेतु बनेको उहाँको भनाइ थियो । 

जय अजिमा बचत तथा ऋण सहकारी संस्था लि.को १६औं वार्षिकोत्सव तथा नव वर्ष २०८१ को शुभकामना आदानप्रदान कार्यक्रमका प्रमुख अतिथि ढकालले सहकारी आर्दशहरु सर्वोपरी हितका लागि भएको बताउँदै तीनै आर्दशहरु अगाँलेर विभिन्न मुलुकहरुले ठूलो फड्को मारेको चर्चा गर्नुभयो ।

साकोसका अध्यक्ष सुनील कर्माचार्यको अध्यक्षतामा आयोजित कार्यक्रममा कामनपा ५ नम्बर वडाका वडाध्यक्ष विरेन्द्र प्रजापति, जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष सुमन केसी, नेफ्स्कून चाबहिल सदस्य सेवा कार्यालयकी इन्चार्ज राधा पोखरेल अतिथि रहनुभएको थियो । कार्यक्रम सञ्चालन संस्थाका सचिव गणेश श्रेष्ठले गर्नुभएको थियो ।

आज काठमाडौंमा आयोजित उक्त कार्यक्रममा नेफ्स्कून अध्यक्ष ढकालले पछिल्लो समयमा सहकारी क्षेत्रप्रति नै हिलो छ्याप्ने काम भएको भन्दै सहकारीको तलाउको पानी धमिल्याउने प्रयासको भत्सर्ना गर्नुभयो । सहकारीका नाममा विकृति फैलाउने, धमिलो बनाउने वा बदनाम गराउने काम सफल नहुने दाबी उहाँले गर्नुभयो । हिजो केही नामका मात्र सहकारीहरुले विकृत्ति फैलाएको भन्दै अब सबै सदस्यहरु सचेत भैसकेकोले यस्तो परिस्थिति नआउने पनि अध्यक्ष ढकालले बताउनुभयो ।

सदस्यहरु सबैभन्दा नजिकको सरोकारवाला भएकाले सदस्यहरु नै बढी सेचत हुनुपर्ने उहाँले उल्लेख गर्नुभयो । उहाँले थप्नुभयो, ‘गलत व्यक्ति र प्रवृत्तिप्रति सदस्यहरुको खबरदारी आवश्यक छ । सहकारीप्रति सदस्यहरु सकारात्मक बन्नुपर्छ र आफू आवद्ध संस्थाप्रति विश्वास पनि गर्नुपर्छ । सहकारीमार्फत सदस्यहरुको सेवा ठूलो विषय हो, सधै पैसामात्र ठूलो कुरा होइन ।’

सबै सहकारीहरु गलत हुन् भन्ने भ्रम चिर्न स्थानीय जनप्रतिनिधिहरुको भूमिका रहने उहाँले बताउनुभयो । ‘सबै जनप्रतिनिधिहरुले आफ्नो क्षेत्रका सहकारी संस्थाहरुप्रति अपनत्व भाव दर्शाउनुपर्छ, संस्थाहरुलाई राम्रो बनाउन जनप्रतिनिधिहरुको भूमिका महत्वपूर्ण हुन्छ’ अध्यक्ष ढकालले भन्नुभयो, ‘सहकारी राम्रो हो, हाम्रो हो र सुशासित हो भन्ने विषयमा जनप्रतिनिधिहरुलाई सबै सहकारीहरुले आश्वस्त पार्ने हो भने उहाँहरुमार्फत नै यसको प्रतिष्ठा विस्तारमा सहयोग पुग्छ ।’

कार्यक्रममा अतिथिहरुले सहकारी सदस्यहरुको संगठन भएको चर्चा गर्दै सदस्यहरुले विश्वास गर्दासम्म यसमा समस्या नआउने बताउनुभयो । यस्तै, संस्थाका अध्यक्ष एवम् सचिवले साकोसलाई सदस्यहरुको विश्वासको थलो बनाउने विषयमा अझै धेरै काम गर्ने प्रतिवद्धता जाहेर गर्नुभयो ।

भर्खरै
तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न
तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

१४ घण्टा अगाडि

‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२ दिन अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

२ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

४ दिन अगाडि

ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध
ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध

४ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न
नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न

५ दिन अगाडि

लोकप्रिय
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न
तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

१४ घण्टा अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

४ दिन अगाडि

सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

६ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा
नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा

५ दिन अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

२४ दिन अगाडि

पाठकबाट थप