क्यूमेल्सको सातौं एपिसोडमा बरुण विद्यार्थी
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
क्यूमेल्सको सातौं एपिसोडमा बरुण विद्यार्थी

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को अग्रसरतामा नेपालका वित्तीय सहकारीका व्यवस्थापन प्रमुखहरु लक्षित अभौतिक सिकाइ श्रृङ्खला (ई लर्निङ सिरिज–क्यूमेल्स) अन्तर्गत सातौं एपिसोडमा Consciuos Living Towards Holistic Management & Leadership  विषयमा सिकाइ हुने भएको छ ।

मे १, २०२४ अर्थात् बैशाख १९ गते बिहान ११ बजे जुम प्लेटफर्ममार्फत हुने कार्यक्रममा यो पटक भारतको मानवोदय ईन्स्टिच्युट अफ पार्टिसिपेटोरी डेभलपमेन्टका संस्थापक निर्देशक बरुण विद्यार्थीले खस्रो र खरो व्यावसायिकता भन्दा पृथक लाग्ने तर वास्तविक रुपमा अन्योन्याश्रित सम्बन्ध गाँसिएको जीवन, चराचर जगत, अध्यात्म, लोककल्याण, सहकार्य, नेतृत्व शैली र शिल्प आदि 'सफ्ट स्किल' हरुका विषयमा प्रस्तुतीकरण गर्नुहुनेछ । नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत सञ्जयराज तिमिल्सेनाले त्यसमा 'भ्यालु एड' गर्ने कार्यक्रम छ । 

नेपाली साकोस अभियानको लागि विद्यार्थी नौलो नाम होइन । उहाँले साकोस शिखर गोष्ठी–२०७९ मा नेतृत्व रुपान्तरण विषयमा चाखलाग्दो प्रस्तुतिकरण गर्नुभएको थियो । त्यसबेला उहाँले समाजमा भौतिकवादको विकासका कारण वर्ग विभेदका खाडलहरु बढिरहेको, सामाजिक र लैङ्गिक विभेद बढेको, वातावरण विनास भएको विषयमा चासोसहित सहकारीकर्मीहरुको ध्यान यी जल्दाबल्दा विषयमा केन्द्रीत गराउनुभएको थियो ।

मानिसको असमिति आकांक्षाका कारण पृथ्वीमाथि अन्याय बढेको भन्दै मासिहरुमा सहकारिताको अभाव रहेको धारणा राख्नुभएको थियो । उहाँले सहकारी संस्थाहरु बचत र ऋणमा मात्र केन्द्रीकृत भएको भन्दै सहकारीको नेतृत्वले मानव जीवनको आवश्यकताहरु सुक्ष्म रुपले बुझेन भने परिवर्तन कसरी आउँछ भनी प्रश्न गर्नुभएको थियो । वातावरण संरक्षणमा युवा सहभागिता बढाउनुपर्ने पनि उहाँको प्रस्तुतिमा अटाएको थियो । सहकारीको नेतृत्व गर्नेहरु सहकारी स्थापना गर्नुको उद्देश्य र औचित्यबाट विमुख भएकोमा चिन्ता व्यक्त गर्दै मानिसमा सकारात्मक परिवर्तनका लागि नियम र प्रेम महत्व हुने उल्लेख गर्नुभएको थियो ।

नेफ्स्कूनले यो निःशुल्क कार्यक्रममा सहभागी भई बढीभन्दा बढी लाभ लिन सबै साकोसकर्मीहरुमा अनुरोध समेत गरेको छ ।

भर्खरै
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

१७ घण्टा अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

१८ घण्टा अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध
ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न
नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न
नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न

४ दिन अगाडि

लोकप्रिय
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

१७ घण्टा अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा
नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा

४ दिन अगाडि

किसान साकोसमा तीन दिने कृषक व्यवसाय खेल तालिम सञ्चालन
किसान साकोसमा तीन दिने कृषक व्यवसाय खेल तालिम सञ्चालन

७ दिन अगाडि

नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१४ दिन अगाडि

पाठकबाट थप