१६औं पञ्चवर्षीय योजना: १४ क्षेत्रमा संरचनात्मक रुपान्तरण गरिदैं
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
१६औं पञ्चवर्षीय योजना: १४ क्षेत्रमा संरचनात्मक रुपान्तरण गरिदैं

काठमाडौं । १६ औँ पञ्चवर्षीय योजनालाई अन्तिम रूप दिने गरी राष्ट्रिय योजना आयोगले राष्ट्रिय विकास परिषद्को बैठकमा बृहत् छलफल गराएको छ । प्रधानमन्त्रीको अध्यक्षतामा सम्पन्न बैठकमा पूर्वप्रधानमन्त्री, राजनीतिक दलका प्रमुख, निजी क्षेत्रका प्रतिनिधि, प्रदेश सरकारका मुख्यमन्त्री स्थानीय निकायका प्रतिनिधिलगायत समेटर १६ औँ योजनाका प्रस्तावहरूमाथि मिहिन छलफल गराएको हो ।

गत वर्ष साउनमै १६ औँ पञ्चवर्षीय योजनाको अवधारणापत्र स्वीकृत भइसकेको हो । आयोगले १६ औँ योजनालाई योजना निर्माणको परम्परागत शैली परिवर्तन गरेर यथार्थपरक र कार्यान्वयनमुखी बनाउने बताउँदै अएको छ । 

आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठका अनुसार यो योजनामा चौध मुख्य क्षेत्रमा संरचनात्मक रूपान्तरण गर्न खोजिएका छन् । योजनाबद्ध विकासको कार्यदिशा, सोच, समष्टिगत उद्देश्य तथा रणनीति, समष्टिगत आर्थिक आधारको सबलीकरण, उत्पादन, उत्पादकत्व तथा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि, उत्पादनशील रोजगारी मर्यादित श्रम जस्ता क्षेत्रमा रूपान्तरण खोजिएको छ । कार्यान्वयनयोग्य र उपलब्धिको मापन हुने र जनतामा आशा र भरोसा सिर्जना गर्न सक्ने किसिमबाट योजना तर्जुमाको प्रयास भएको छ । बैठकमा १६ औँ योजनाबारे प्रस्तुति दिँदै उहाँले भन्नुभयो, “सूक्ष्म क्रियाकलापसहितको विस्तृत योजना नभई राष्ट्रिय विकासको समग्र दिशा र गति देखाउने साङ्केतिक योजनाको स्वरूपमा १६ औँ योजना तर्जुमा भएको छ ।”

योजनाको मस्यौदामा योजनाको लक्ष्यका रूपमा भ्रष्टाचार न्यूनीकरणका सूचक ४३ र विश्वव्यापी प्रतिस्पर्धी सूचकाङ्क ६५ मा पुर्याउने लक्ष्य राखिएको छ । त्यस्तै साक्षरता दर ७६.२ बाट ८५ प्रतिशत, बेरोजगारी दर ११.४ बाट ५ प्रतिशतमा सीमित गर्ने, विद्युत् उत्पादन ११ हजार ७३९ मेगावाट पुर्याउने र त्यसबाट प्रतिव्यक्ति विद्युत् खपत पनि हालको ३८० युनिटबाट सात सय पुर्याउने लक्ष्य राखिएको छ । गत आवमा १.९ प्रतिशतमा रहेको आर्थिक वृद्धि दरलाई गतिशील बनाएर योजना अवधिभरको औसत आर्थिक वृद्धि वार्षिक ७.१ प्रतिशत पुर्याउने प्रस्ताव मस्यौदामा राखिएको छ ।   

क्षेत्रगत आधारमा १४ परिच्छेदमा विभक्त सो योजनाको मस्यौदामा अतिकम विकसित मुलुकबाट स्तरोन्नति तथा दिगो विकासको लक्ष्यलाई छुट्टै परिच्छेदमा समेटिएको छ । जस अनुसार जलवायु कोष प्रवर्धन, जलवायु अनुकूलन र विपत् जोखिम व्यवस्थापन, दिगो विकास लक्ष्यको स्थानीयकरण, निजी क्षेत्र तथा समुदायमा दिगो विकासको प्रवर्धन गर्ने उल्लेख छ । आयोगले योजना कार्यान्वयनका लागि छुट्टै कार्ययोजना पनि बनाएको छ, जस अनुसार सम्बन्धित मन्त्रालय वा केन्द्रीय निकायले आआफ्ना व्यावसायिक योजना निर्माण तथा कार्यान्वयन गर्ने, आयोगले तय गरेको सोच र दिशालाई आधार बनाई प्रदेश तथा स्थानीय तहले आफ्ना योजना तर्जुमा गर्ने व्यवस्था गरिएको छ । योजना कार्यान्वयनका लागि सहजीकरणको भूमिकामा निर्वाह गर्ने योजना आयोग आफ्नै पुनर्संरचना गर्ने र कानुनी तथा संरचनागत रूपमा थप सबल र सक्षम बनाउने औँल्याइएको छ ।  

बिहीबारको राष्ट्रिय विकास परिषद्को बैठकमा प्राप्त सुझावसहित योजनाको अन्तिम मस्यौदा तयारी गरी मन्त्रीपरिषद्मा पेस गर्ने आयोगले जनाएको छ । मन्त्रीपरिषद्ले स्वीकृति प्रदान गरेपछि १६ औँ पञ्चवर्षीय योजनाको दस्ताबेज प्रकाशन हुने छ । 

विकास परिषद्को बैठकलाई सम्बोधन गर्दै आयोगका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले पञ्चवर्षीय योजनामा एकीकृत पूर्वाधार निर्माण र सूचना प्रविधिको विस्तार तथा उपयोगमा विशेष जोड दिएको बताउनुभयो । उहाँले कृषिको व्यवसायीकरण, उत्पादनमूलक उद्योग, रोजगारमूलक शिक्षा तथा स्वास्थ्य क्षेत्रको गुणस्तर वृद्धिमा १६ औँ योजना केन्द्रित हुने बताउनुभएको छ । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप