सहकारीमा सुशासन कायम गर्न लेखा सुपरिवेक्षण समितिको अहम् भूमिका: नेफ्स्कून सीईओ
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीमा सुशासन कायम गर्न लेखा सुपरिवेक्षण समितिको अहम् भूमिका: नेफ्स्कून सीईओ

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का प्रमुख कार्यकारी अधिकृत (सिईओ) डा. शिवजी सापकोटाले सहकारी क्षेत्रको छवि जोगाउन र संस्थागत सुशासन कायम गर्न लेखा सुपरिवेक्षण समितिको भूमिका महत्वपुर्ण रहने बताउनुभएको छ । आजबाट काठमाडौंमा सुरु लेखा सुपरिवेक्षण समितिको दोस्रो राष्ट्रिय गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै उहाँले सहकारी संस्थाको दिगो विकासको दिशामा लेखा सुपरिवेक्षण समितिको ध्यान केन्द्रीकृत हुनुपर्ने बताउनुभयो । सबल लेखा सुपरिवेक्षण समिति हुँदा संस्था दिगो हुने उहाँको भनाइ थियो ।

लेखा सुपरिवेक्षण समितिले सदस्यमा आधारित छ की छैन रु सदस्य संस्थाको स्रोत र जग हो भन्ने बुझाइ सञ्चालकहरुमा रहे नरहेको भन्ने बिषयमा ख्याल गर्नु पर्ने बताए । सहकारीमा लेखा समितिको भूमिका प्रभावकारी नभएको उल्लेख गर्दै सापकोटाले संस्थाको सुशासन र व्यवस्थापनमा खबरदारी गर्न आवश्यक रहेको बताउनुभयो ।

संस्थामा रोजागारी सिर्जना उद्यमशिलताको विकास र व्यावसायिक प्रवद्र्धनतर्फ सञ्चालक समिति उन्मुख छ की छैन भन्ने बिषयलाई सुक्ष्म तरिकाले निगरानी राख्नुपर्ने  लेखा समितिको मुल जिम्मेवारी रहेको बताउनुभयो । कर्मचारी भर्ती, अनावश्यक भ्रमण, ऋण लगानी लगायतका कुरामा निगरानी राखेर काम गर्न आवश्यक रहेको सिईओ सापकोटाले उल्लेख गर्नुभयो ।

समुदाय केन्द्रीत कारोबार, आवधिक भन्दा नियमित बचतमा जोड दिने र एकीकरणमा प्रथमिकता दिइनु पर्ने उहाँको भनाई थियो । ऐन कानून निमार्णमा सहजकर्ताको भूमिका, संस्थाको सम्पूर्ण खर्चको विवरण र बचत ऋणको अनुपात मिले÷नमिलेको पनि हेर्ने आवश्यक रहेको प्रमुख कार्यकारी अधिकृत सापकोटाले बताउनुभयो । लेखा सुपरिवेक्षण समितिको मुख्य भूमिका भनेकै नीति विधि निर्माण र कार्यान्वयनको सहजकर्ताको भूमिकामा काम गर्ने  रहेको बताउँदै उहाँले पटक पटक नीति बनेन भनेर मात्र टिप्पणी लेखेर मात्र संस्था सुधार हुन नसक्ने भएकाले हरेक सुझावलाई कार्यान्वयनमा लैजान पनि लाग्नुपर्ने बताउनुभयो ।

कार्यपत्र माथी टिपणी गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले लेखा सुपरिवेक्षण समितिको मुल कार्य सञ्चालकहरुको स्वच्छाचारी क्रियाकलाप नियन्त्रण गर्ने रहेको बताउनुभयो । संस्थागत सुशासन, प्रर्वद्धन र सुद्धिकरण अहिलेको मुल आवश्यकता रहेको उल्लेख गर्दै बचत र शेयरको अनुपात नमिल्नु लाभांश र ब्याजको लोभमा सदस्य केन्द्रीत हुनु, संस्थाका नीति कार्यविधिहरु नहुनु, संस्थामा राजनितिकरण लगायतका गतिविधिहरुलाई नियन्त्रण गर्नु लेखा सुपरिवेक्षण समितिको दायित्व रहेको स्पष्ट पार्नुभयो ।  

ऐन कानूनको पालना, सामुदाय तथा सदस्य केन्द्रीत कारोबार नहुनु र सञ्चालक समितिको एकाधिकार माथी निगरानी आवश्यक रहेको उहाँको भनाइ थियो । ‘लेखा सुपरिवेक्षण समितिले चनाखो भएर काम नगर्दा सञ्चालकहरुका काम कारबाहीहरु प्रभावकारी भएका छैनन्’, सचिव दुवाडीले भन्नुभयो । घाटामा गए पनि लाभांश बाढ्ने प्रवृति बढेको छ, यो गलत कार्यलाई रोक्न लेखा सुपरिवेक्षण समिति प्रभावकारी बन्नु पर्ने आवश्यकता रहेको उहाँले औल्याउनुभयो । कार्यक्रममा सहभागीहरुले सहकारीको नियमन र अनुगमन स्थानिय तहमा हस्तान्तरण हुँदा प्रभावकारी कार्यान्वयन हुन नसकेको बताउनुभयो । उनीहरुले लेखा सुपरिवेक्षण समितिले उठाएका कुराहरुमा सञ्चालक समिति गम्भिर नहुँदा संस्थागत सुशासनमा समस्या आएको उल्लेख गर्नुभयो ।

लेखा सुपरिवेक्षण समिति संस्थाको मेरुदण्ड भए पनि यसको प्रभावकारी बनाउन बजेटको व्यवस्थापन नहुँदा पदिय दायित्व अनुसार काम हुन नसकेको धारणा उहाँले राख्नुभयो । उक्त सत्रको अध्यक्षता नेफ्स्कूनका पुर्व अध्यक्ष एवम् राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष डीबी बस्नेतले गर्दै यो सत्र उपलब्धिमूलक भएको बताउनुभयो । तालुकदार मन्त्रालयका सचिबाट सहकारीका समसामयिक विषयमा समेत धेरै कुरा स्पष्ट पार्नुभएका कारण पनि सहभागीले विषयगत जानकारीसँगै सहकारीका समसामयिक विषयमा पनि अद्यावधिक हुने मौका प्राप्त गरेको बस्नेतले बताउनुभयो । कार्यक्रमको सहजीकरण नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत गणेश तिमल्सिनाले गर्नुभएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप