काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) तथा जिल्ला बचत तथा ऋण सहकारी संघ लि.मोरङबीच सञ्जाल साझेदारी कार्यक्रममा सम्झौता भएको छ । नेफ्स्कून केन्द्रीय कार्यालयमा आज आयोजित एक कार्यक्रममा दुबै पक्षबीच सञ्जाल सहकार्यलाई थप सबल, सुदृढ र दिगो बनाउने उद्देश्यसहित द्धिपक्षीय साझेदारी सम्झौता सम्पन्न भएको हो ।
नेफ्स्कूनका लेखा सुपरिवेक्षण समिति संयोजक इन्द्रराज ज्योति पौडेलको उपस्थितिमा संघका प्रमुख कार्यकारी अधिकृत डा.शिवजी सापकोटा तथा जिल्ला बचत संघ मोरङका अध्यक्ष प्रेमप्रकाश कोइरालाले सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । सम्झौता पछि मोरङ बचत संघका अध्यक्ष कोइरालाले विगतका सम्झौताका कमी कमजोरी हटाई अझ प्रभावकारी र उपलब्धिमूलक ढंगले साझेदारी बमोजिम कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेफ्स्कूनले २०७६ सालदेखि जिल्ला संघ साझेदारी कार्यक्रम सञ्चालनमा ल्याएको हो । मुलुक संघीय संरचनामा प्रवेश गरेसँगै बचत ऋण सहकारीका प्रादेशिक संघहरु पनि स्थापना हुँदै गएको परिवर्तित सन्दर्भमा सञ्जाल साझेदारीको अवधारणा अघि बढाइएको हो ।
त्यसका लागि नेफ्स्कूनले सञ्जाल व्यवस्थापनमा हालसम्मका सिकाइ र अनुभवबाट शिक्षा लिई बद्लिदो समय र परिस्थिति अनुरुप परिस्कृत र परिमार्जित गर्दै जाने उद्देश्यले विद्यमान नीतिगत व्यवस्थालाई संशोधन गरी अघि बढ्न गत चैत ९ र १० गते भक्तपुरमा सञ्जाल व्यवस्थापन राष्ट्रिय कार्यशाला गोष्ठी आयोजना गरेको थियो ।
नेफ्स्कून सञ्चालक समितिसँगै ३८ जिल्ला बचत संघ र ३ प्रदेश संघका अध्यक्ष एवम् प्रतिनिधिहरु सहभागी उक्त भेलामा सञ्जाल साझेदारीको विषयमा अवधारणागत स्पष्टता ल्याउने र कार्यक्रम सञ्चालनमा सहजता ल्याउने गरी घनीभूत समूहगत छलफल भएको थियो । सोही गोष्ठीका सुझावहरु समेटेर सञ्जाल व्यवस्थापन निर्देशिका तयार पारिएको जानकारी संघका सहायक कार्यकारी अधिकृत सञ्जयराज तिमिल्सेनाले गराउनुभएको थियो । त्यसकारण यो पहिलो सञ्जाल साझेदारी भएको उहाँले बताउनुभयो ।
९ दिन अगाडि
१० दिन अगाडि
१० दिन अगाडि
११ दिन अगाडि
१२ दिन अगाडि
१२ दिन अगाडि
१८ दिन अगाडि
२० दिन अगाडि
३७ दिन अगाडि
२६ दिन अगाडि
२९ दिन अगाडि
२९ दिन अगाडि
२७ दिन अगाडि
२९ दिन अगाडि
१० दिन अगाडि
५९ दिन अगाडि