इफ्को अध्यक्षमा पुनः दिलीप सांघानी निर्वाचित 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
इफ्को अध्यक्षमा पुनः दिलीप सांघानी निर्वाचित 

एजेन्सी । विश्वका ३ सय ठूला सहकारीको सूचीमा लगातार पर्न सफल इन्डियन फारमर्स फर्टिलाइजर कोअपरेटिभ लिमिटेड  (इफ्को) को अध्यक्षमा दिलिप सांघानी पुनः निर्वाचित हुनुभएको छ । हिजो मे १० मा सम्पन्न निर्वाचनमा उहाँ सर्वसम्मत अध्यक्ष चयन हुनुभएको हो । इफ्कोसँग आवद्ध ३६ हजार भन्दा बढी कोअपरेटिभ सोसाईटीका सदस्यहरु सहभागी निर्वाचनले बलबीर सिंहलाई उपाध्यक्ष चयन गरेको थियो । उहाँ पनि दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो । इफ्कोको २१ जना सञ्चालकहरुको लागि भने अस्ति मे ९ मा निर्वाचन भएको थियो । निर्वाचनलाई निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन इफ्कोले नयाँ निर्वाचन वेब पोर्टल नै निर्माण गरेको थियो ।

सांघानी भारतीय सहकारी अभियानको सर्वोच्च निकाय ‘भारतीय राष्ट्रिय सहकारी संघ–एनसीयूआईका अध्यक्ष समेत हुनुहुन्छ । इफ्को अध्यक्ष बलबिंदर सिंह नकईको सन् २०२१ को अक्टोबरमा भएको निधन पछि रिक्त पदमा उहाँ पहिलो पटक अध्यक्ष चुनिनुभएको थियो । भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीका नेतासमेत रहनुभएका सांघाई प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वास पात्र हुनुहुन्छ । उहाँ गुजरातका पूर्व मन्त्री समेत हुनुहुन्छ । 

किसानहरुलाई आवश्यक मलको उत्पादन तथा बिक्रीमा अन्तर्राष्ट्रिय ख्याति आर्जन गर्न सफल विश्वकै ठूलो सहकारीको रुपमा प्रतिष्ठित छ । भारतका ५७ वटा सहकारी समितिहरु मिलेर सन् १९६७, नोभेम्बर ३ मा स्थापना भएको इफ्कोमा हाल ३६ हजार सहकारीहरु आबद्ध छन् भने कुल कारोबार २७,८३७ करोड रहेको छ । भारतको राजधानी नयाँ दिल्लीमा मुख्य कार्यालय रहेको इफकोले भारतभर साढे ५ करोड किसानहरुमा सेवा प्रवाह गरिरहेको छ ।

किसानहरुलाई सहज, सुलभ र गुणस्तरीय युरिया मल उत्पादन तथा बिक्री वितरण गर्दै आएको इफ्कोले विभिन्न मुलुकका उद्योगसँग सहकार्य गरेर आफ्ना उत्पादनहरुलाई अन्तर्राष्ट्रिय बजारसम्म विस्तार गर्दै आएको छ । भारतबाहेक यसको सेवा अन्य ५ वटा मुलुकमा विस्तार भइसकेको छ ।

इफ्कोको परिकल्पना ‘भारतीय किसानहलाई सक्षम तथा समृद्ध बनाउनका लागि, आज र भविष्यमा’ रहेको छ भने ‘भारतीय किसानहरुलाई पर्यावरणीय दृष्टिकोणले अनुकूल तथा सही समयमा भरोसायोग्य तथा उच्चकोटीको कृषि उत्पादन तथा सेवाहरु प्रदान गरी उनीहरुलाई समृद्ध बनाउने तथा सँगै उनीहरुको कल्याणका लागि अन्य केही कार्यहरु गर्ने’ ध्येय रहेको छ ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१६ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप