उद्यमशीलता प्रवर्धन गर्दै चन्द्रागिरि साकोसः लघु उद्यमी मेला आयोजना 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
उद्यमशीलता प्रवर्धन गर्दै चन्द्रागिरि साकोसः लघु उद्यमी मेला आयोजना 

काठमाडौं । चन्द्रागिरि साकोसको उमन्स क्रिएशन सेवा केन्द्र अन्तर्गत उमन्स क्रिएशन उद्यमी महिला समूहद्वारा वैशाख २९ गते लघुउद्यमी मेला आयोजना गरिएको छ। बुढानिलकण्ठ न.पा. वडा नं ६ गणेश चोकमा रहेको सेवाकेन्द्रको प्राङ्गणमा प्रत्येक महिनाको अन्तिम शनिबार उद्यमी मेला आयोजना हुँदै आइरहेको छ ।  

संस्थाका सदस्यहरुले आ–आफ्ना वस्तु, सेवा र उत्पादनहरुको प्रदर्शनी गरिने मेलाले स्थानीयहरुको सहभागितामा बजारीकरणमा सहयोग पुग्ने गरेको छ । यस्तो मेला स्थानीय उत्पादहरुको विनिमय हुने ठाउँ मात्र होइन बजारलाई चलायमान बनाउने, सम्बन्धहरु प्रगाढ बनाउने, नयाँ सम्भावनाहरु खोज्ने र सहकारिताको अभ्यास गर्ने माध्यम पनि भएको चन्द्रागिरि साकोसले जनाएको छ ।  

चन्द्रागिरि साकोसले समय समयमा विभिन्न कार्यक्रमको अवसरमा सदस्यहरुको वस्तु, सेवा र उत्पादनहरुको प्रदर्शनीमा सहजीकरण गर्दै आइरहेको छ र सदस्यहरुको सीपको डाटाबेस समेत तयार गरेको छ ।

यसैबीच, साकोसले चन्द्रागिरि नगरपालिकामा अवस्थित मुख्य कार्यालय, दहचोक सेवाकेन्द्र, ललितपुर जिल्लाको शुभतारा सेवाकेन्द्र तथा पाटन सेवाकेन्द्र अन्तर्गतका सदस्यहरुमा पनि यस प्रकारको उद्यमी मेला आयोजना गर्ने ईच्छा भए सहजीकरण गर्ने समेत जनाएको  छ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप