कञ्चनपुरमा 'सहकारीमा प्रविधि, अवसर र चुनौती' विषयक कार्यक्रम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कञ्चनपुरमा 'सहकारीमा प्रविधि, अवसर र चुनौती' विषयक कार्यक्रम सम्पन्न

काठमाडौं । कञ्चनपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को आयोजनामा सहकारीमा प्रविधि, अवसर र चुनौती विषयक अभिमुखीकरण कार्यक्रम जेठ ७ गते भीमदत्तमा सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न सहकारी संघ संस्थाका ७० जनाको सहभागिता रहेको थियो ।

कञ्चनपुर जिल्ला बचत संघका अध्यक्ष भवानी चन्दको अध्यक्षतामा आयोजित कार्यक्रममा नेफ्स्कूनका महासचिव घनश्याम अधिकारी प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा नेफ्स्कून सञ्चालक दिप्ती शाही, सुदूर पश्चिम विशिष्टीकृत थोक सहकारी संघका अध्यक्ष गणेश चन्द, कञ्चनपुर जिल्ला बहुउद्देश्यीय संघका अध्यक्ष प्रेम सिंह भाट, भिमदत्त नगरपालिका सहकारी संघका इश्वरी प्रसाद खरेल, जिल्ला बचत संघका सञ्चालक मदन भट्ट, रारा डिजिटल ल्याब प्रा. लि. का प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे, नियोसिस टेक्नोलोजीका चिफ प्रडक्ट अफिसर कवि न्यौपाने, नियोसिस टेक्नोलोजीका मनोज तिवारी, लगायतको सहभागिता थियो ।

कार्यक्रममा रारा डिजिटल ल्याबका प्रमुख कार्यकारी अधिकृत घिमिरे, नियोसिस टेक्नोलोजी चिफ प्रडक्ट अफिसर कवि न्यौपाने र नियोसिस टेक्नोलाजी प्रा लि मनोज तिवारीले प्रस्तुतीकरण गर्नुभएको थियो । सहभागीहरुले मिरा सफ्टवेयर सहकारीहको सम्मुर्ण आवश्यकता पुरा गर्न सक्ने र प्रविधिसँग जोड्ने लेखा प्रणालीलाई ब्यवस्थित गर्न सक्ने एक माध्यम रहेका धारणा राख्नुभएको थियो । 

कार्यक्रममा नेफ्स्कूनका महासचिव घनश्याम अधिकारीले सहकारी क्षेत्रलाई मयादित र व्यवस्थित बनाउन प्रविधिले व्यवस्थापकीय सहयोग गर्न सक्नेमा जोड दिदैं यसको महत्वबारे प्रकाश पार्नुभयो । उहाँले सहकारी संस्थाहरु दर्ता हुने तर राम्रोसँग अनुगमन नहुँदा समस्या आएको भन्दै सुसञ्चालनका लागि पनि प्रविधिको अपरिहार्यतामा जोड दिनुभयो । साझेदारीमार्फत प्रविधिलाई सहकारी मैत्री कार्य गर्नेमा नेफ्स्कून लागि परेको महासचिव अधिकारीले जानकारी गराउनुभयो ।

यसैबीच, महासचिव अधिकारीले नेफ्स्कूनमार्फत भैरहेका पछिल्ला बहसपैरवीबारे पनि सुदूरपश्चिमको सहकारी अभियानलाई अवगत गराउनुभएको थियो । उहाँले कर्जा सुचना केन्द्रमा सहकारीहरुलाई जोडने विषयसँगै अन्य समसामयिक विषयमा सहभागीहरुलाई जानकारी गराउनुभएको थियो । उहाँले आधारशिला कार्यक्रमार्फत पालिकाहरुसँग सहकारी संस्थाहरुलाई जोड्ने कार्य नेफ्स्कूनले गरेको बताउनुभयो । यस्तै, सम्पुर्ण संस्थाहरुलाई स्थिरीकरण कोषमा सहभागी हुन पनि उहाँले आग्रह पनि गर्नुभयो । सहकारी संस्थाहरु निति, विधि र प्रविधिमा चल्नुपर्ने भन्दै महासचिव अधिकारीले सुशासनमा चल्नुपर्ने विषयमा बिशेष जोड दिनुभयो । सदस्य संस्थाहरुलाई असहज हुँदा सहयोग गर्न नेफ्स्कून सधैं तयार रहेकोमा उहाँले आश्वस्त तुल्याउनुभयो ।

कार्यक्रममा नेफ्स्कून सञ्चालक सदस्य दिप्ती शाहीले मिरा सफटवेयर सम्पुर्ण संस्थाहरुको आवश्यकतालाई समेटेर तयार गरिएको भन्दै उक्त सफ्टवेयर सबै संस्थाहरुले प्रयोग गरी उच्च लाभ लिन आग्रह गनुभयो । उहाँले भन्नभयो, ‘सहकारीमा एकरुपता ल्याउन अभियानले सञ्चालन ल्याएको सफ्टवेयर प्रयोग गर्न म सबैलाई आग्रह गर्छु ।’ राज्यको सम्पुर्ण कानुनको पालनामा जोड दिदैं उहाँले भन्नुभयो, ‘ऐन कानुन, निमयावली बमोजिम संस्था संञ्चालन गर्नुपर्छ ।’

भिमदत्त नगरपालिका सहकारी संघका इश्वरी प्रसाद खरेलले मिरा सफ्टयेयर सहकारीको वित्तीय अभिलेख राखी प्रविधिसँग जोड्ने माध्यम भएको बताउनुभएको थियो । कार्यक्रममा कञ्चनपुर बचत संघका सञ्चालक सदस्य भवानी चन्दले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन कञ्चनपुर जिल्ला बचत संघका सचिव मोहन चन्दले गर्नुभएको थियो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१३ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२३ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

पाठकबाट थप