साकोस अभियानको आवश्यकता सञ्जाल साझेदारीको प्रभावकारिता 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
साकोस अभियानको आवश्यकता सञ्जाल साझेदारीको प्रभावकारिता 

काठमाडौं । बचत तथा ऋण सहकारी अभियानको दिगोपनाका लागि सञ्जाल साझेदारीलाई सशक्त र प्रभावकारी बनाउनुपर्ने धारणा अभियानकर्मीहरुले व्यक्त गर्नुभएको छ । बदलिदो परिस्थिति अनुसार सञ्जाल साझेदारीको विषयलाई उच्च प्राथमिकता सहित सबै गोलबद्ध भएर अघि बढ्दा साकोस अभियान थप सशक्त  भएको सकारात्मक सन्देश प्रवाह हुने भन्दै यसको सुदृढीकरणमा बिशेष जोड दिइएको हो ।

नेफ्स्कूनले आज काठमाडौं भक्तपुर, ललितपुर र काभ्रे जिल्ला बचत ऋण सहकारी संघसँग गरेको अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले सञ्जाल साझेदारीले सहकार्य, एकता, समन्वय र हार्दिकताको सन्देश प्रवाह गर्ने भन्दै समयको माग पनि यही रहेको धारणा राख्नुभएको थियो ।

साकोस अभियानलाई बलियो बनाउनुपर्ने विषयमा कुनै दुईमत नरहेको भन्दै सहभागीहरुले नेफ्स्कून बलियो हुँदा अभियान बलियो हुनेमा जोड दिनुभएको थियो । यस्तै, केन्द्रीय संघले पनि आफ्ना सदस्य संघहरुको स्थायित्व र दिगोपनाका विषयमा सोच्नुपर्ने बताउनुभएको थियो । यसै विषयको समूचित सम्बोधन नै सञ्जाल व्यवस्थापन भएको धारणा व्यक्त भएको थियो ।

सञ्जाल साझेदारीको उद्देश्य र आशय अभियानको सशक्तिकरण भएकोमा सहभागी सबैको एकमत रहेको थियो । सबैको ‘स्पिड’ र ‘स्पिरिट’ समान बनाउने काममा आजको छलफल उपयोगी भएको विश्वास सहभागीहरुको थियो । हिजोका कमजोरीहरु सुधार्दै सही अर्थमा सञ्जाल व्यवस्थापनमार्फत साकोस अभियानलाई दिगो बनाउनुपर्ने विचार सहभागीहरुको थियो ।

सञ्जाल व्यवस्थापन नेफ्स्कूनको रणनीतिक महत्वको विषय भएको भन्दै यसका लागि बारम्बार छलफल र अन्तरक्रिया आयोजना गरिएको जानकारी गराइएको थियो । आगामी दिनमा पनि थप छलफलहरुमार्फत सर्वस्वीकार्य निचोडमा पुग्ने विश्वास नेफ्स्कूनले दिलाएको छ ।  

आजको अन्तरक्रियामा नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाल, कोषाध्यक्ष दिपक थापा, काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष दिपक पनेरु,  भक्तपुर जिल्ला बचत तथा ऋण संघ लि. का अध्यक्ष कृष्ण गोविन्द लाखाजु, काभ्रे जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष उदयराम कायस्थ तथा ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का सचिव श्यामकृष्ण महर्जन सहभागी हुनुभएको थियो । यस्तै नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा, सहायक कार्यकारी अधिकृत सञ्जयराज तिमिल्सिना तथा बरिष्ठ सहायक मनोहर आचार्य सहभागी हुनुभएको थियो । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

३ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

५ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२२ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३५ दिन अगाडि

पाठकबाट थप