अकू फोरम २०२४ः सहुलियत दरमा नाम दर्ता गर्ने समय जेठ १८ सम्म
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
अकू फोरम २०२४ः सहुलियत दरमा नाम दर्ता गर्ने समय जेठ १८ सम्म

एशियाली ऋण महासंघ (अकू) को आयोजनामा इन्डोनेसियाको बालीमा आगामी भदौं १७ गतेदेखि २२ गते (सेप्टेम्बर २ देखि ७) सम्म सञ्चालन हुने अकू फोरम २०२४ मा सहुलियत रकममा सहभागिताको लागि नाम दर्ता गर्ने मिति नजिकिएको छ । अकूका अनुसार फोरममा सहभागी हुन चाहनेहरुले २०८१ जेठ १८ गते (मे ३१) सम्म नाम दर्ता गराइसक्दा १ सय अमेरिकी डलर छुट सुविधा प्राप्त गर्नेछन् । 

इच्छुक सहभागीहरुले आफू सहभागी हुन चाहेको कार्यक्रम छनौट गरी नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर बमोजिम हुन आउने रकम र व्यवस्थापन शुल्क जम्मा गर्नुपर्ने छ । अकू फोरम २०२४ अन्तर्गत सेप्टेम्बर २ देखि ४ सम्म प्रि फोरम सञ्चालन हुनेछ भने सेप्टेम्बर ५ देखि ७ सम्म फोरम आयोजना हुनेछ । 

अकूका सदस्य राष्ट्रका क्रेडिट युनियनहरुबाट बाक्लो सहभागिता रहने फोरम सहभागीहरुबीच सिकाइ आदानप्रदानसँगै सम्बन्ध विस्तारको साझा मञ्चका रुपमा स्थापित छ । प्रत्येक अकू फोरमलाई क्रेडिट युनियन अभियानका साझा मुद्दाहरुमा बहस गर्ने, चुनौतीहरुको चर्चा गर्ने र सम्भावनाहरु केलाउने अनि भावी रणनीतिहरु तय गर्ने प्लेटफर्मका रुपमा लिइन्छ ।

नेपाली साकोस अभियानबाट पनि प्रत्येक अकू फोरममा बाक्लो सहभागिता रहँदै आएको छ । अकूले यो पटक पनि सोही प्रकारको बाक्लो र उत्साहजनक सहभागिता रहने विश्वास व्यक्त गरेको छ । अकू फोरम २०२४ एउटा सामान्य जमघट मात्र नभई रुपान्तरणकारी अनुभव हुने दाबी पनि गरेको छ । यस पटकको अकू फोरमको थिम Rooted Resilience: Bridging Gaps for a Sustainable Future रहेको छ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप