सहकारीमा सुशासनका लागि प्रविधिमा एकरुपता आवश्यक
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीमा सुशासनका लागि प्रविधिमा एकरुपता आवश्यक

दाङ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कूनको आयोजना तथा नियोसिस टेक्नोलोजि प्रा.लिको प्राविधिक सहयोगमा सहकारीमा प्रविधि, अवसर र चुनौती विषयक अन्तरक्रिया कार्यक्रम जेठ १२ गते सम्पन्न भएको छ । नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीले अध्यक्षता गर्नुभएको कार्यक्रमका प्रमुख अतिथि घोराही उप–महानगरपालिकाकी उप–प्रमख हुमा कुमारी डि.सी.रहनुभएको थियो ।

प्रमूख अतिथि उपप्रमुख डि.सीले सहकारीमा सुशासनका लागि प्रविधिमाा एकरुपता आवश्यक भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘वित्तीय सहकारीको सबै आवश्यकताको समाधानको रुपमा मिरा ई.आ.पीलाई बिकास गनुहोस् । सबै साकोसहरुले मिरा सफ्टवेयर प्रयोग गर्नेछन् । समयसँगै सफ्टवेयरलाई पनी अपडेट गरी अघि बढाउने हो भने सबै सहकारीमा एकरुपता ल्याउन साझा प्रविधि कायम गर्न सकिन्छ ।’ उहाँले पालिका भित्रका सहकारीको अनुगमन तथा निरीक्षण कार्यलाई तीब्रबनाइएको बताउँदै व्यक्तिगत स्वार्थमा चलेका संस्थाहरुलाई कारवाहीको दायरामा ल्याउने बताउनुभयो ।

नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष अधिकारीले साकोसहरुको वित्तीय कारोबारलाई प्राविधिक व्यवस्थापनमा सहयोगका नेफ्स्कूनले लामो समयदेखि काम गर्दै आएको बताउँदै उक्त ब्यवस्थापन गर्ने प्रविधिको रुपमा मिरा ई.आर.पी अगाडी सारेका भन्दै सबैलाई प्रयोग गर्न आग्रह गर्नुभयो । नेफ्स्कूनका महासचिव घनश्यम अधिकारीले सहकारी क्षेत्रलाई प्राबिधिक माध्यमवाट ब्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने बारे संघले योजना बनाएर अघि बढ्ेको बताउँदै लामो अनुभवका आधारमा सफ्टवेयरमा सुधार ल्याइएको दाबी गर्नुभयो । महासचिव अधिकारीले भन्नुभयो, ‘यसमा वित्तीय सहकारी क्षेत्रको सम्पूर्ण समाधानको रुपमा मिरा ई.आर.पी. लाई अगाडि बढाएका छौ । अझै निरन्तर सुधार गर्नेछौ ।’

यस्तै, लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघ लि.का सचिव रुप बहादुर खत्रीले लामोसमय देखि सहकारीहरुमा सफ्टवेयर प्रयोगको विषयमा उल्झनमा रहेको भन्दै साकोसहरुका आवश्यकता पुरा गर्न मिरा ई.आर.पी सफल हुने भन्दै शुभकामना व्यक्त गर्नुभयो । जिल्ला सहकारी संघ लि.दाङका अध्यक्ष हेमराज गौतमले सहकारी क्षेत्रमा प्रविधि, अवसर र चुनौती के कस्ता रहेका छन सो बिषयमा कुरा राख्नुभयो । सहकारीलाई व्यवस्थित बनाउन प्रविधिको अझ बढी महत्व हुने हुनाले सहकारी मैत्री, गुणस्तरीय प्रविधिको रुपमा नेफ्स्कूनले अगाडी सारेको मिरा ई.आर.पी. को पुर्ण सफलताको शुभकामना व्यक्त गर्नुभयो । 

रारा डिजिटल ल्याब प्रा.लिका सिईओ मनोज घिमिरेले मिरा ई.आर.पी का फिचरहरु बारे बताउनुका साथै वित्तीय क्षेत्रकै एक समाधानका रुपमा मिरालाई मिहेनत गरी अगाडि सारिएको दाबी गर्नुभयो ।साकोसहरुका आवश्यकताहरुलाई सम्बोधन गर्ने गरी सफ्टवेयरको बिकास गरेका भन्दै सम्पुर्ण सहकारीहरुलाई प्रयोग गर्न उहाँले अनुरोध गर्नुभयो । घोराही उप–महानगरपालिकाका सहकारी शाखा प्रमूख प्रेम के.सीले बजारमा थुप्रै किसिमका सफ्टवेयर रहेको भन्दै तिनले भिन्न भिन्न रिपोर्टहरु दिने गरेकोले सफ्टवेरमा एकरुपता हुनु जरुरी रहेको धारणा राख्नुभयो । उहाँले साकोस अभियानको शीर्ष संघ नेफ्स्कूनले अघि सारेको प्रविधिमा एकरुपताको विषय मिरा.ई.आर.पी. ले समाधान गर्ने विश्वास पनि व्यक्त गर्नुभयो । 

कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ, प्युठानका अध्यक्ष भोज बहादुर बस्नेत, जिल्ला बचत तथा ऋण सहकारी संघ लि, दाङका अध्यक्ष विमल अधिकारी, नेफ्स्कून दाङ सदस्य सेवा कार्यालय उप–समिति सदस्यद्वय शिवध्वज मल्ल, लगायत सहभागी हुनुभएको थियो ।

डेढ सय बढी सहभागी रहेको कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष बिमल अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो भने नेफ्स्कून सदस्य सेवा कार्यालय, दाङका इन्चार्ज बिष्णुदत्त जोशीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप