के तपाई ओकू बोर्ड बैठकमा सहभागी हुन चाहनुहुन्छ ? 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
के तपाई ओकू बोर्ड बैठकमा सहभागी हुन चाहनुहुन्छ ? 

के तपाई विश्वभरका बचत तथा ऋण सहकारीहरुको छाता संगठन विश्व ऋण परिषद् (ओकू) को सञ्चालक समितिको बैठकमा प्रत्यक्ष सहभागी हुन चाहनुहुन्छ ? उक्त बैठक कसरी सञ्चालन हुन्छ ?  बैठकको तयारी के कसरी गरिन्छ ? हाम्रा अभ्यासहरुभन्दा के कस्ता पृथकता पाइन्छन् भन्ने जान्न चाहनुहुन्छ ? ओकू सञ्चालक तथा कर्मचारीहरुबाट बोर्ड बैठकलाई कसरी व्यवस्थित गर्न सकिन्छ भनेर सिक्न चाहनुहुन्छ ? यदि त्यसो हो भने तपाईका लागि पक्कै यो अवसर हुनसक्छ । किनकि, सन् २०२४ को ओकू फेलोशिपका लागि आवेदन माग गरिएको छ । फेलोशिप प्राप्त गर्नेहरुले एक वर्षभर ओकू सञ्चालक समितिको बैठकमा प्रत्यक्ष सहभागी हुन पाउनेछन् ।

ओूकले फेलोशिपका लागि क्रेडिट युनियन अभियानमा कार्यरत कर्मचारी, सञ्चालक समिति सदस्य, उपसमिति वा क्रेडिट युनियनसँग प्रत्यक्ष जोडिएको कुनै भूमिकामा काम गरेको व्यक्ति योग्य हुने जनाएको छ । ओकूले त्यसका लागि विश्वभरमा रहेका आफ्ना प्रत्यक्ष सदस्य तथा उनीहरुको सञ्जालमा जोडिएका सदस्य क्रेडिट युनियनमा कार्यरत व्यक्तिहरु योग्य हुने जनाएको छ । त्यस्ता व्यक्तिहरुले समुदाय, संगठन तथा क्रेडिट युनियन प्रणालीमा आफ्नो नेतृत्व कौशल प्रदर्शन गरेको हुनुपर्ने जनाएको छ । इच्छुक व्यक्तिहरुले आफ्नो बायोडाटा, एउटा भिडियो र आफूले गरेका कामहरु झल्कने एउटा लेख समेत अनलाइन समावेश गर्नुपर्ने छ ।

उक्त लेखमा स्थानीय समुदायको विकासका साथै महिला तथा युवाहरुलाई क्रेडिट युनियन अभियानको सञ्चालक समितिमा सहभागी गराउन खेलेको भूमिका उल्लेख गर्नुका साथै क्रेडिट युनियनहरुको सञ्चालक समितिमा व्याप्त जनसांख्यिक दूरी कम गर्न अवलम्बन गर्नुपर्ने रणनीतिहरु पनि उल्लेख गर्नुपर्ने ओकूले जनाएको छ । ओकूले उक्त फेलोशिपको घोषणा विश्व क्रेडिट युनियन सम्मेलन २०२४ को क्रममा जुलाई २२ मा अमेरिकाको बोस्टन सहरमा हुने आफ्नो वार्षिक साधारण सभामा गर्नेछ ।

नयाँ फेलोशिप प्राप्त गर्नेहरुले सन् २०२४ को अक्टोबरमा बस्ने बैठकबाट आफ्नो सहभागिता जनाउनेछन् । त्यसक्रममा फेलोशिप प्राप्त गर्नेहरुको हवाई तथा स्थानीय यातायात खर्च, होटलबसाई खर्च सँगै सन् २०२५ को विश्व क्रेडिट युनियन सम्मेलनमा सहभागिता शुल्क सबै ओकूले बेहोर्नेछ । साथै उनीहरुले ओकू सञ्चालक समितिलाई उपलब्ध गराइने सबै अध्ययन सामाग्री प्राप्त गर्नेछन् भने ओकू तथा ओकू अन्तर्गतको वर्ल्ड वाइड फाउन्डेशन फर क्रेडिट युनियनका उच्च व्यवस्थापनबाट प्रशिक्षित हुने अवसर समेत प्राप्त गर्नेछन् । यद्यपि, उनीहरुसँग मताधिकार भने हुनेछैन ।

फेलोशिपका लागि आगामी जुन १५ सम्ममा अनलाइन आवेदन दिनसक्ने ओकूले जनाएको छ । ओकूले विश्वभरका क्रेडिट युनियनहरुको सञ्चालक समितिमा महिला तथा उदयीमान व्यक्तिहरुको सहभागिता बढाउने रणनीतिक उद्देश्य अनुरुप सन् २०२३ बाट यस किसिमको फेलोशिप सुरु गरेको हो । यो फेलोशिपको लागि पुरुषको हकमा ४० वर्ष मुनिका तथा महिलाको सन्दर्भमा जुनसुकै उमेर समूहकाले आवेदन दिनसक्ने जनाएको छ । 

गत वर्ष उक्त फेलोशिप नर्थ म्यासेडोनियास्थित फुल्म सेभिङ्ज हाउसकी प्रमुख कार्यकारी अधिकृत एलियोनोरा गोन्जानिन तथा फिलिपिन्सस्थित एसीडीआईका वैदेशिक मामिला हेर्ने म्यानेजर प्याट्रि जोन रिकोले प्राप्त गर्नुभएको थियो । उहाँहरुको एक वर्षे फेलोशिप अवधि आगामी जुलाईमा हुने ओकू सञ्चालक समितिको तेस्रो तथा अन्तिम बैठकमा सहभागी भएसँगै समाप्त हुँदैछ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप