विकू साकोसको चुलोदेखि चौतारोसम्म कार्यक्रम सुरु;  निःशुल्क आँखा जाँच शिविरबाट ४ सय बढी लाभान्वित
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
विकू साकोसको चुलोदेखि चौतारोसम्म कार्यक्रम सुरु;  निःशुल्क आँखा जाँच शिविरबाट ४ सय बढी लाभान्वित

विकू बचत तथा ऋण सहकारी संस्था लि.को वार्षिक नीति तथा कार्यक्रम अनुसार तय गरिएको चुलोदेखि चौतारोसम्म कार्यक्रम शुभारम्भ भएको छ । २०८१ जेठ १३ गते गैंडाकोट–१२, हर्कपुर अवस्थित श्री कृष्ण मन्दिर परिसरमा रहेको चौतारोवाट उक्त कार्यक्रमको शुभारम्भ गरिएको हो ।

चुलोदेखि चौतारोसम्म कार्यक्रमको उद्देश्य ‘भान्सा नै पहिलो अस्पताल’ हो भन्ने मान्यतालाई आत्मसात् गर्दै भान्सा व्यवस्थापन सम्बन्धि साक्षरता कार्यक्रम सञ्चालन गर्ने, समाजका अग्रज एवम् अनुभवका धरोहर ज्येष्ठ सदस्यहरुलाई सम्मान गर्ने, सामाजिक, धार्मिक तथा पर्यावरणीय हिसाबले चौतारोहरुको निर्माण तथा व्यवस्थापन गर्ने र चौतारोमा नै अग्रज ज्येष्ठ नागरिकको स्वास्थ्य चेक जाँचको व्यवस्था गर्ने रहेको छ ।    

कार्यक्रम श्री कृष्ण मन्दिर परिसरमा रहेको चौतारोमा नियमित उपस्थित हुने अग्रज जेष्ठ नागरिकहरुको उपस्थिति रहेको थियो भने संस्थाका अध्यक्ष प्रेम प्रसाद सापकोटा, गैडाकोट वडा नं १२ का वडा अध्यक्ष श्री चक्रपाडी कंडेल, सञ्चालक समिति पदाधिकारी, सेवाकेन्द्र व्यवस्थापन उप समिति का पदाधिकारी, स्थानीय भद्रभलाद्मी, कर्मचारीहरुको आदिको उपस्थिति थियो । उक्त कार्यक्रममा अग्रज जेष्ठ नागरिकलाई सम्मान तथा फलफुल प्रदान गरिएको थियो । कार्यक्रम सहजीकरण संस्थाका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद पौडेलले गर्नु भएको थियो ।

संस्थाले सोही स्थानमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरेको छ । संस्थाका अध्यक्ष प्रेम प्रसाद सापकोटाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा गैँडाकोट नगरपालिका वडा नं १२ का वडा अध्यक्ष चक्रपाडी कंडेल प्रमुख अतिथि रहनु भएको थियो । सदस्यहरुको स्वास्थ्य लाइ मध्यनजर गर्दै विकू बचत तथा ऋण सहकारी संस्था लि.को आयोजना तथा चितवन आँखा अस्पतालको सह आयोजना मा निशुल्क आँखा जाँच शिविर सञ्चालन गरिएको थियो ।

निःशुल्क आँखा शिविरमा ४३२ जनाले आँखा परिक्षण गरेका छन् भने शिविरमा ४५ जनालाई मोतीविन्दु लगायत अन्य थप उपचारका लागि चितवन आँखा अस्पतालममा रिफर गरिएको छ । त्यस्तै ५५ जना विद्यार्थीलाई चस्मा को आवश्यकता देखिएको छ । कार्यक्रममा निःशुल्क औषधि वितरण गरिनुका साथै चस्मा लगाउनुपर्ने विद्यार्थीलाई निःशुल्क चस्माको व्यवस्था गरिएको थियो भने शल्यक्रियामा ५० प्रतिशत छुट व्यवस्था गरिएको छ ।

कार्यक्रममा स्वागत मन्तव्य संस्थाका सह सचिव लक्ष्मण शर्माले राख्नु भएको थियो संस्थाका निर्वतमान अध्यक्ष ओम प्रसाद सापकोटा, पूर्व अध्यक्ष नारायण सापकोटा, विभिन्न उप–समितिका पदाधिकारी, सेवाकेन्द्र व्यवस्थापन उप समितिका पदाधिकारी, विद्यालयका प्र.अ, शिक्षक शिक्षिका, विद्यार्थी, कर्मचारी तथा शेयर सदस्यज्यूहरुको उल्लेखनिय उपस्तिथि रहेको थियो । चितवन आँखा अस्पतालका बिशेषज्ञ डाक्टरहरुको टोलीमा किशोर गौतम, प्रभात यादव, परशुराम रेग्मी, असिम हमाल, भेषराज चौधरी सहितको चिकित्सक टोलीले आँखा परिक्षण गर्नु भएको थियो । कार्यक्रम सहजीकरण संस्थाका क्षेत्रीय प्रमुख पूर्णप्रसाद सापकोटाले गर्नु भएको थियो । 

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

७ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ घण्टा अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

७ घण्टा अगाडि

पाठकबाट थप