बजेटप्रति सहकारी अभियान सकारात्मक
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बजेटप्रति सहकारी अभियान सकारात्मक

काठमाडौं । सरकारले हिजो सार्वजनिक गरेको आगामी आर्थिक बर्षको बजेटप्रति सहकारी अभियानले सकारात्मक प्रतिक्रिया व्यक्त गरेको छ । सहकारी अभियानको शीर्ष निकाय राष्ट्रिय सहकारी महासंघले बजेटमा अटाएका सहकारीका विषयले आशा ल्याएको जनाएको छ । यस्तै, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकालले पनि सहकारी क्षेत्रको सुशासन र शुद्धीकरणको विषय बजेटमा समेटिएको भन्दै यसलाई सकारात्मक रुपमा लिनुपर्ने बताउनुभएको छ ।  

महासंघ अध्यक्ष ओमदेवी मल्लले आज विज्ञप्ति जारी गर्दै बजेटले देशभरका सहकारीले भोग्दै आएका दीर्घकालीन समस्यालाई सम्बोधन गर्ने दाबी गर्नुभएको हो । मंगलबार सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को लागि बजेट सार्वजनिक गरेको थियो । उक्त बजेटले देशभरका सहकारीले भोग्दै आएका दीर्घकालीन समस्यालाई सम्बोधन गर्ने भन्दै महासंघले कार्यान्वयनको तदारुकतामा जोड दिएको छ ।

साना बचतकर्ताको रकम फिर्ता गर्न सहयोग गर्ने, सहकारी एकीकरणलाई प्रोत्साहन गर्ने, बचत तथा ऋणको कारोबार गर्ने सहकारीहरूको निरीक्षण गर्न छुट्टै नियामक निकायको स्थापना गर्ने, सहकारीलाई कानुनी सिद्धान्तहरू र नीतिहरू अनुसार सञ्चालन हुने सुनिश्चित गर्ने लगायतका विषयलाई बजेटले सम्बोधन गरेको छ ।

‘उल्लिखित विषयहरुको सफल कार्यान्वयन सुनिश्चित गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग मिलेर काम गर्न महासंघ तत्पर छ । बजेटले सहकारी क्षेत्रलाई उल्लेखनीय रूपमा सुदृढ पार्ने, गरिबी निवारणमा योगदान पुर्‍याउने र दिगो आर्थिक वृद्धिलाई टेवा पुर्‍याउने हाम्रो विश्वास छ’, विज्ञप्तिमा उल्लेख छ । महासंघले कर्जा सूचना केन्द्र, ऋण असुली न्यायाधिकरण, बचत तथा ऋण सुरक्षण कोष तथा सहकारी प्रवर्द्धन कोषको परिचालन जस्ता विषयहरू चाडै कार्यान्वयनमा आउनु पर्ने माग समेत गरेको छ ।

यस्तै, नेफ्स्कून अध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारी अखबारलाई प्रतिक्रिया दिदैं भन्नभुयो, ‘समस्याग्रस्त सहकारीका बचतकर्ताहरुको रकम फिर्ता गर्ने विषयले पक्कै सकारात्मक सन्देश जान्छ ।’ उहाँले साँच्चिकै मारमा परेका सहकारीका सदस्यहरुमा बजेटले आशा र विश्वास सञ्चार गर्ने बताउनुभयो । उहाँले ५ लाख सम्मको बचत फिर्ताको सरकारको प्रत्याभूतिले वर्तमान समस्याको केही हदसम्म सम्बोधन गर्ने बताउँदै यसमा थप स्ष्टता जरुरी रहेको धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो,  ‘हामीले के बुझ्नुपर्छ भने बचत रकम दुरुपयोगमा वा त्यससम्बन्धी निर्णय प्रक्रियामा संलग्न सञ्चालकहरु तथा तिनका एकाघर परिवारका सदस्यको धितो सुरक्षणबाट ५ लाख सम्मको बचत फिर्ता भन्ने हो अन्यथा सबै सञ्चालकहरुको भन्दा भोलि सहकारीमा सञ्चालकहरुको खडेरी पर्ने सम्भावनाप्रति पनि हामी सजक हुनुपर्छ ।’ यो विषय क्लियर हुँदा अरु समस्या नभएको उहाँको भनाइ छ ।

अध्यक्ष ढकालले विद्यमान सहकारी कानून संशोधनको विषय पनि सहकारी सुशासन र शुद्धीकरणसँग जोडिएको बताउनुभयो । सरकारले सहकारीमा विद्यमान ‘गभर्नेन्स इस्यू’ हरुलाई समेटेर सुशासन, शुद्धीकरण र सबलीकरणका लागि कानून संशोधनको विषय समेटेको भन्दै नेफ्स्कून अध्यक्ष ढकालले यसको स्वागत गर्नुभयो ।

अध्यक्ष ढकालले बजेटले बचत तथा ऋण सहकारीका केही संगीन विषय बोलेको भन्दै ‘बचत ऋण सहकारी नियमनको लागि छुट्टै निकाय स्थापना गर्ने विषयदेखि एकीकरणका लागि सहजीकरणको विषय सकारात्मक भएको प्रतिक्रिया दिनुभयो ।

उहाँले बजेटमा समेटिएका विषय छिटोभन्दा छिटो कार्यान्वयनमा आउँदा सकारात्मक सन्देश प्रवाह हुने भन्दै त्यसका लागि सरकारलाई घच्घच्याउने काममा निरन्तर लाग्ने पनि बताउनुभयो ।

भर्खरै
सहकारी व्यवस्थापक कोर्षका विद्यार्थीलाई डिजिटल सुरक्षा सम्बन्धी अभिमुखीकरण
सहकारी व्यवस्थापक कोर्षका विद्यार्थीलाई डिजिटल सुरक्षा सम्बन्धी अभिमुखीकरण

४ घण्टा अगाडि

तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न
तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

२१ घण्टा अगाडि

श्री जनकल्याण साकोसमा दुईदिने बचत खेल तालिम सम्पन्न
श्री जनकल्याण साकोसमा दुईदिने बचत खेल तालिम सम्पन्न

२३ घण्टा अगाडि

‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२ दिन अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

२ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

४ दिन अगाडि

लोकप्रिय
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

४ दिन अगाडि

तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न
तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

२१ घण्टा अगाडि

सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

६ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा
नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा

५ दिन अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

२४ दिन अगाडि

पाठकबाट थप