'बदमासी गर्नेहरुलाई कारबाही गरी बचत सुरक्षा गरिनुपर्दछ'
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
'बदमासी गर्नेहरुलाई कारबाही गरी बचत सुरक्षा गरिनुपर्दछ'

भक्तपुर ।  भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को तालिम व्यवस्थापन उपसमितिको आयोजनामा जेठ १७ र १८ गते दुई दिवसीय कर तथा कोष व्यवस्थापन तालिम सम्पन्न भएको छ ।तालिमको समापनमा संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले सहकारी संस्थामा आयकर ऐन पूर्व कर तिर्नु नपर्ने प्रावधान स्मरण गर्दै सामुदायिक सदस्य केन्द्रीत सहकारी संस्थालाई पूर्ण कर छुटको बन्दोबस्त हुनुपर्ने बताउनुभयो । तर केही सहकारी संस्थाहरुले सहकारीको नाममा व्यक्तिगत फाइदा लिने विकृतिले  गर्दा राज्यले सहकारी ऐन २०७४ मा भएको व्यवस्था भन्दा पनि बढी आयकर उठाएको उहाँको भनाइ थियो । 

सहकारी क्षेत्रमा देखापरेका समस्या समाधान कार्यदलले दिएका सुझावहरु कार्यान्वयनमा सरकार गम्भीर भएर लाग्नुपर्ने उहाँले बताउनुभयो । उहाँले सहकारीको नाममा बचत दुरुपयोग एवं बदमासी गर्नेहरुलाई कार्वाही गरी बचत सुरक्षा गर्न सरकारले बिलम्ब गर्न नहुने विचार राख्नुभयो । 

संघका संचालक एंव उपसमितिका संयोजक इन्द्र प्रसाद व्यान्जुले सहकारी संस्थामा कार्यरत कर्मचारी तथा संचालकहरुमा कर तथा कोषको प्रभावकारी व्यवस्थापन गर्न सकून भने उद्देश्यले तालिमको आयोजना गरेको बताउनुभयो । तालिमले संस्थाको कर योजना तथा व्यवस्थापनले सम्भाव्य दण्ड जरिवानाबाट बच्न टेवा पु¥याउने विचार व्यक्त गर्नुभयो ।

संघका व्यवस्थापक बालकृष्ण धोजुले धन्यवाद मन्तव्य दिदैं सिकेका कुराहरु कार्यरत संस्थामा व्यावहारिक प्रयोग गर्नुको साथै अरुलाई पनि सिकाइ हस्तान्तरण गर्नुपर्ने विचार राख्नुभयो । सि.ए. विजय सुकुपायोले कर व्यवस्थापनबारे सहजीकरण गर्दै प्रभावकारी करको व्यवस्थापनले अनावश्यक दण्ड जरिवानाबाट बच्ने कुरा बताउनुभयो ।

तालिमको समापन कार्यक्रम सञ्चालन कर्मचारी रोकेश जोशीले गर्नुभएको थियो । तालिममा सहभागीहरुले धेरै कुराहरु सिक्न पाएकोमा खुसी व्यक्त गर्दै तालिमबाट अग्रिम कर कट्टी, कर दरहरु, राजश्व शिर्षक, अनलाइन कर दाखिला, इटिडिएस, कोष वाँडफाँड, कोषको उपयोगिता लगाएतका विषयहरु सिकेको बताउनुभयो । भक्तपुरमा आयोजित तालिममा संस्थाका संचालक एवं कर्मचारी गरी ३६ जनाको सहभागिता थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप