सुशासनमा जोड दिदैं 'साकोस जोखिम विश्लेषण कार्यशाला' धनगढीमा सम्पन्न    
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सुशासनमा जोड दिदैं 'साकोस जोखिम विश्लेषण कार्यशाला' धनगढीमा सम्पन्न    

कैलाली । नेफ्स्कूनले सहकारी विभागसँगको साझेदारीमा 'साकोस जोखिम विश्लेषण कार्यशाला' जेठ १९ गते कैलालीको धनगढीमा सम्पन्न गरेको छ । कार्यशालामा २७ साकोसका प्रतिनिधिहरु समेत गरी ६० जनाको सहभागिता थियो ।

कार्यशालाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले साकोस जोखिम विश्लेषण कार्यशालाको प्रंशसा गर्नुभयो । उहाँले जोखिम विश्लेषण सक्षमता र तिनको न्यूनीकरणका लागि अझै यस्ता कार्यक्रम राख्नुपर्नेमा जोड दिदैं मन्त्रालयको साथ सहयोग रहने विश्वास दिलाउनुभयो । सहकारी संस्थाहरुले सुशासनमा जहिले पनि ध्यान दिनुपर्ने भन्दै मुख्यमन्त्री सोडारीले संस्थाले सधै चनाखो भएर जोखिम न्यूनीकरणमा आफूलाई केन्द्रित गर्नुपर्ने बताउनुभयो ।

नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकालले वित्तीय कारोबार गर्ने सहकारीहरुमा जोखिम नियमित सुपरिवेक्षण गर्नुपर्ने भएकोले केन्द्रीय संघसँगको अनुगमन कार्यमा सहभागिताका लागि सबैलाई आग्रह गनुभयो । सहकारी आईपर्ने र देखापरेका समस्याहरुबाट जोगिन विशेष सजगता अपनाउन आग्रह गर्दै उहाँले बहसपैरवी ऐन कार्यान्वयनको सुनिश्चितता र बलियो आन्तरिक सुशासनमार्फत साकोस अभियान समृद्ध बनाउने दिशामा नेफ्स्कून लागि परेको जानकारी गराउनुभयो । अध्यक्ष ढकालले सहकारी सुधारको पक्षमा नियमित बहस पैरवी गरिरहेको भन्दै साकोस अभियान भित्रबाटै अधिकांश समस्याहरुको  समाधानको उपाय खोजिनुपर्ने विषयमा जोड दिनुभयो ।

नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीले कार्यक्रमको उद्देश्य प्रष्ट पार्दै सहकारीले जहिले पनि समुदायमा आधारित भएर कार्य गनुपर्ने बताउनुभयो । सुरक्षित ऋण लगानी र असुली प्रक्रियालाई सहज बनाउने तथा संस्था सुशासनमा सञ्चालन गर्नुपर्ने विषय उहाँले उल्लेख गर्नुभयो । वित्तीय सहकारीहरुलाई दिगो र सुशासित बनाउन छुटै वित्तीय सहकारी ऐन नियम र मार्गनिर्देशन आवश्यक रहेको पनि उहाँको भनाइ थियो । सहकारी संस्थाहरुले वित्तीय सूचकमा जहिले पनि ध्यान दिनुपर्ने भन्दै बरिष्ठ उपाध्यक्ष अधिकारीले सचेत तुल्याउनुभयो । नेफ्स्कून सदस्य संघ संस्थाहरुको सधै साथमा रहने विश्वास उहाँले दिलाउनुभयो ।संस्थाले वित्तीय सूचक पल्र्स पद्धति अनुसार काम गर्नुपर्ने भन्दै व्यवस्थापनलाई गम्भीर भएर काम गर्न पनि उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा सहकारी विभागका उप=रजिष्ट्रार टोलराज उपाध्यायले सबै सहकारीहरुले सदस्यको बचत सुरक्षाको प्रत्याभूति गर्नुपर्ने बताउनुभयो । सहकारीहरु स्वनियम प्रणाली ब्यवस्थापनमा जोड दिदैं उपरजिष्ट्रार टोलराज उपाध्यायले सहकारीहरु शुद्धीकरणमा जोड दिनुभयो । उहाँले उहाँले संस्थाको नियमित अनुगमनको आवश्यकतमा पनि जोड दिनुभयो । सहकारी एकीकरणको आवश्यकतालाई पनि जोड्दै उहाँले कर्जा असुली न्याधीकरण, कर्जा सूचना केन्द्र स्थापनाका विषयमा भैरहेका पहलबारे अवगत गराउनुभयो ।

समुदायमा सदस्यको विश्वास जित्न संस्थाको वित्तीय स्वस्थता कायम हुनुपर्ने भन्दै उपरजिष्ट्रार टोलराज उपाध्यायले नेफ्स्कूनले अन्तर्राष्टिय अभ्यासलाई सहकारीमा ल्याउन सफल भएकोमा प्रशंसा गर्नुभयो । सहकारीहरुलाई ज्ञानको दायरा बृद्धि गर्न पनि उहाँको आग्रह थियो ।

सुदुरपश्चिम प्रदेश सहकारी रजिष्टार मोहन चन्द्र जोशीले वित्तीय कारोबार गर्ने सहकारी संस्थाहरुमा जहिले पनि जोखिम हुने भएकोले PEARLS सुचकहरु अनुसार संस्थाले कार्य गनुपर्नेमा जोड । उहाँले संस्थाहरु शुसासनमा चल्नुपर्ने बताउनुभयो ।

कार्यशालमा संघका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले नेफ्स्कूनले जोखिम विश्लेषण गर्ने कार्यशालाको मुख्य उद्देश्य भएको प्रष्ट गनुभयो । समग्रमा नेपालमा वित्तीय सहकारीमा हुने वित्तीय जोखिमहरुसँगै तिनको न्यूनीकरणका लागि गरिनुपर्ने कामहरुबारे प्रमुख कार्यकारी अधिकृत सापटकोटाले प्रस्तुतीकरणमा अटाउनुभएको थियो ।  

राष्ट्रिय सहकारी महासंघका सञ्चालक सदस्य माधव प्रसाद जोशी, कैलाली बचत बचत संघकी अध्यक्ष शिवा थापा लगायत सहभागी कार्यशालाको सञ्चालन नेफ्स्कून सञ्चालक सदस्य दिप्ती शाहीले गर्नुभएको थियो । कार्यशालामा सहजीकरण सहयोग संघका नेपालगञ्ज सदस्य सेवा कार्याल इन्चार्ज छत्र प्रसाद धमलाले गनुभएको यियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप