नौ बुँदे प्रतिवद्धता जारी गर्दै पहिलो साकोस कोषाध्यक्ष गोष्ठी सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नौ बुँदे प्रतिवद्धता जारी गर्दै पहिलो साकोस कोषाध्यक्ष गोष्ठी सम्पन्न

काठमाडौं । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को आयोजनामा जेठ १८ र १९ गते धुलिखेलमा सञ्चालित साकोस कोषाध्यक्ष गोष्ठी ९ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ । ललितपुर बचत संघका अध्यक्ष रामहरी बजगाईले साझा प्रतिवद्धताले बचत तथा ऋण सहकारी संस्थाहरुलाई दिगो, सुरक्षित र विश्वसनीय बनाउन सघाउने बताउनुभयो । संस्थागत सुशासन र कानुनको पालन गर्दै कोषाध्यक्षको परिभाषित भूमिकालाई अझै प्रभावकारी र जवाफदेही बनाउने उद्देश्यले साकोस कोषाध्यक्ष गोष्ठी फलदायी भएको उहाँको भनाइ थियो ।

समापन कार्यक्रमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) का कोषाध्यक्ष दिपक थापाले वित्त सहकारी ऐन आवश्यक भएको बताउनुभयो । सबै सहकारी संस्थाले बचत तथा ऋणको कारोबार गरेकाले सहकारीमा समस्या आएको उहाँको भनाइ थियो ।

अब बचत ऋण सहकारी र अन्य सहकारीबीच कित्ताकाट गर्ने समय आएको उहाँले बताउनुभयो । संस्थामा कोषाध्यक्षको भूमिका महत्वपूर्ण भएको भन्दै थापाले ऐनले नै कोषको जिम्मा दिएको बताउनुभयो ।त्यसैगरी बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष उद्धव सापकोटा तालिम तथा गोष्ठीले सञ्चालकहरुमा आफ्नो भूमिकाको बारेमा जानकारी दिन सहयोग पुग्ने बताउनुभयो ।

साकोस कोषाध्यक्ष गोष्ठीले जारी गरेको साझा प्रतिवद्धता

१. सहकारी संस्थामा आउन सक्ने जोखिम न्युनिकरणका लागि संस्थागत सुशासन मार्फत आन्तरिक नियन्त्रण प्रणाली प्रभावकारी बनाउने ।
२. सहकारी संस्थामा कोषाध्यक्षको भूमिका प्रभावकारी बनाउन नियमित रुपमा ज्ञान, सीप र क्षमता विकास कार्यक्रम सञ्चालन गर्ने र संघले आयोजना गरेका कार्यक्रममा सक्रिय सहभागिता जनाउने ।
३, संस्थामा सदस्यहरुको सक्रिय सहभागिता, नियमित कारोवार र विश्वास अभिबृद्धि गर्नको लागि कारोवारको सुरक्षण र सेवाको गुणस्तर प्रभावकारी बनाउने ।
४. लेखापरीक्षण कार्यलाई पारदर्शी र जोखिम रहित ढङ्गबाट सम्पन्न गर्नको लागि संस्थाको आन्तरिक र बाह्य लेखापरीक्षण प्रभावकारी बनाउने ।
५. बचत तथा ऋण सहकारी संस्थाको वित्तीय अनुपातहरुको विश्लेषण गर्नको लागि उपयुक्त विधिको रुपमा स्वीकार गरी अभ्यास गरिएको विश्वासयोग्य अनुगमन प्रणालीको रुपमा स्थापित पल्र्स अनुगमन प्रणालीलाई पूर्ण रुपमा लागु गर्ने ।
६. सहकारी ऐन, नियम र सम्बद्ध कानुनले तोकेको भूमिका निर्वाह गर्न कोषाध्यक्षको सक्षमता विकास गर्ने र कानुनको परिपालनामा जोड दिने ।
७. सुरक्षित प्रविधिको प्रयोग गर्दै सदस्य मैत्री सेवाको लागि सहकारी एकीकरण, मितव्ययिता र लागत रहित कोष वृद्धि गर्ने ।
८. संस्थाले सञ्चालन गरेका कृयाकलाप र वित्तीय विवरण ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघमा नियमित रुपमा विद्युतीय वा अन्य उपयुक्त माध्यमबाट पेश गर्ने ।
९. ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड मार्फत संघ,प्रदेश र स्थानीय तहसंग सहकार्य गरी सहकारीमा देखिएका समस्या न्युनिकरण, नीतिगत स्पष्टता र संस्थाको प्रर्वधन र विकास हुने कार्यक्रमहरु सञ्चालन गर्ने ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप