नेपाल जीवनस्तर सर्वेक्षण अनुसार ६४ प्रतिशत घरपरिवार ऋणी
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेपाल जीवनस्तर सर्वेक्षण अनुसार ६४ प्रतिशत घरपरिवार ऋणी

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपाल जीवनस्तर सर्वेक्षण २०२२/२३ को प्रतिवेदन सार्वजनिक गरेको छ । हिजो सार्वजनिक गरिएको विस्तृत सर्वेक्षण अनुसार देशभरका करिब ६४ प्रतिशत घरपरिवारले कुनै न कुनै किसिमले ऋण लिएको पाइएको छ । त्यसरी ऋण लिएका घरपरिवारमध्ये अधिकांश घरपरिवारले ऋण तिर्न बाँकी देखिन्छ । प्रतिवेदन अनुसार ऋण लिएका कुल घरपरिवारमध्ये ९७.३ प्रतिशत घरपरिवारले ऋण तिर्न बाँकी छ । अघिल्लो सर्वेक्षणमा ६५ प्रतिशत घरपरिवारले ऋण लिएकोमा ६२.६ प्रतिशतले मात्र ऋण तिर्न बाँकी रहेको अवस्था थियो । 

ऋण लिएका घरपरिवारमध्ये सबैभन्दा धेरै अर्थात् ४२.५ प्रतिशतले नातेदारबाट ऋण लिने गरेको तथ्य सार्वजनिक गरेको हो । प्रतिवेदन अनुसार घरपरिवारबाट ऋण लिने प्रवृत्ति विगत १२ वर्षको तुलनामा भने घटेको छ । यसअघि सन् २०१०/११ को जीवनस्तर सर्वेक्षणमा ५१.१ प्रतिशतले नातेदारबाट ऋण लिने उल्लेख गरेको थियो । 

ऋण लिएका घरपरिवारमध्ये धेरैले व्यक्तिगत कामका लागि ऋण लिने गरेको भेटिएको छ । प्रतिवेदन अनुसार ऋण लिएका घरपरिवारमध्ये ५५.८ प्रतिशतले अन्य किसिमका व्यक्तिगत प्रयोजनका लागि ऋण लिएको उल्लेख गरेका छन् । व्यक्तिगत प्रयोजनका लागि ऋण लिने घरपरिवारको हिस्सा विगतको तुलनामा बढेको छ । अघिल्लो सर्वेक्षणको समयमा ४३.१ प्रतिशत घरपरिवारले मात्र व्यक्तिगत प्रयोजनका लागि ऋण लिने गरेको पाइएको थियो । 

त्यसपछि, घरायसी उपभोगका लागि ऋणको प्रयोग गर्ने पाइएको छ । कुल घरपरिवारमध्ये २३.५ प्रतिशतले यस्तो उद्देश्यका लागि ऋण लिने गरेका हुन् । यसबाहेक व्यवसाय र कृषिजन्य कामका लागि २०.७ प्रतिशत घरपरिवारले ऋण लिएको पाइएको छ, जुन विगतको तुलनामा करिब छ प्रतिशतले घटेको छ । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

९ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

९ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

१० दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

११ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

११ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१७ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१८ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३५ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२७ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३३ दिन अगाडि

पाठकबाट थप