सम्भावित सदस्य अभिमुखिकरण कार्यक्रम सम्पन्न; छिटै संघमा आवद्ध हुने प्रतिवद्धता
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सम्भावित सदस्य अभिमुखिकरण कार्यक्रम सम्पन्न; छिटै संघमा आवद्ध हुने प्रतिवद्धता

बाँके । नेफ्स्कून बाँके सदस्य सेवा कार्यालयको आयोजनामा “सम्भावित सदस्य अभिमुखिकरण” कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बाँके र बर्दिया जिल्लाका १४ संस्थाबाट सहभागी २९ जनामध्ये १२ महिला प्रतिनिधित्व थियो । 
सहभागीहरुले विषयगत केन्द्रीय अभिभावक संघ नेफ्स्कूनको इतिहास, उपलब्धि र सदस्य सेवाका कार्यक्रमहरुबारे अभिरुचिपूर्वक जानकारी लिनुभएको थियो । साथै सहभागी संस्थाहरुबाट छिटै संघमा आवद्ध हुने प्रतिवद्धता समेत व्यक्त भएको थियो । यस्तै, समय सान्दर्भिक कार्यक्रमको आयोजना गरेर महत्वपूर्ण सिकाइ भएको भन्दै संघले तालिम शिक्षाका कार्यहरुलाई निरन्तर दिनु पर्ने धारण पनि सहभागीहरुको थियो । एक महिला र पुरुष सहभागीले कार्यक्रम एकदमै प्रभावकारी र फलदायी रहेको प्रतिक्रिया व्यक्त गर्नुभएको थियो । 

कार्यक्रममा नेफ्स्कूनका बाँके सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति सदस्य एवम जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बाँकेका अध्यक्ष प्रेम शाह, संघका बाँके सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति सदस्य एवम प्रदेश बचत तथा ऋण सहकारी संघ की उपाध्यक्ष मिना सिग्देल र संघको बाँके सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमितिका सदस्य कृष्णा पाठकले विषम् परिस्थितिमा सहकारी संस्थाले सदस्य र ऋणीहरुलाई नियमित भेटघाट सम्बन्ध बिस्तार गर्नुका साथै ऋण असुलीलाई विशेष प्राथमिकतामा राख्नुपर्ने सुझाव राख्नुभयो । उहाँहरुले यस प्रकारको कार्यक्रमले सहकारीप्रति सदस्यहरुको विश्वास पुनःजागृत गराइ अवस्था सुधारमा सकारात्मक परिवर्तन ल्याउने विश्वास ब्यक्त गर्नुभयो ।

संघका बाँके सदस्य सेवा कार्यालय ईन्चार्ज छत्र प्रसाद धमलाले नेफ्स्कूनको परिचयसँगै सहकारीका वर्तमान जोखिमहरु र समाधानका उपायहरुबारे प्रस्तुतीकरण गर्नुभएको थियो । नेफ्स्कून बाँके सदस्य सेवा कार्यालयका सूचना प्रविधि सहायक बम बहादुर पुन मगरले उद्घाटन सत्र सञ्चालन गर्नुभएको थियो भने कार्यक्रम व्यवस्थापनसँगै समापन सत्र कार्यालय सहायक पुष्पराज तिमिल्सैनाले सञ्चलान गर्नु भएको थियो ।
 
भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

१९ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

२ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

३ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप