नेफ्स्कून र चितवन जिल्ला बचत संघबीच सञ्जाल साझेदारी सम्झौता
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून र चितवन जिल्ला बचत संघबीच सञ्जाल साझेदारी सम्झौता

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) र चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ लि. (चिस्कून) बीच सञ्जाल साझेदारी सम्झौता सम्पन्न भएको छ । आज एक कार्यक्रमबीच द्धिपक्षीय सम्झौता भएको हो ।

सम्झौतामा नेफ्स्कूनका तर्फबाट सञ्चालक सदस्य गोपाल प्रसाद गौतम तथा चिस्कूनकातर्फबाट अध्यक्ष विद्या कोइरालाले हस्ताक्षर गर्नुभएको छ । कार्यक्रममा चिस्कूनकातर्फबाट इश्वरी शर्मा ढकाल, सुदीप रेग्मी, नारायण प्रसाद कंडेल, अनिता न्यौपाने र पुरुषोत्तम ढकाल तथा नेफ्स्कूनकातर्फबाट चितवन सदस्य सेवा कार्यालय इन्चार्ज यमकला सुवेदी तथा जीवन अधिकारी उपस्थित हुनुहुन्थ्यो । 

दुबै पक्षले सञ्जाल सहकार्यलाई थप सबल, सुदृढ र दिगो बनाउने उद्देश्यसहित सम्पन्न साझेदारी सम्झौता कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरेका छन् । साथै प्रभावकारी र उपलब्धिमूलक ढंगले साझेदारी बमोजिम कार्यसम्पादन गर्ने प्रतिबद्धता पनि दुबै पक्षबाट व्यक्त भएको छ । नेफ्स्कूनले २०७६ सालदेखि जिल्ला संघ साझेदारी कार्यक्रम सञ्चालनमा ल्याएको हो । मुलुक संघीय संरचनामा प्रवेश गरेसँगै बचत ऋण सहकारीका प्रादेशिक संघहरु पनि स्थापना हुँदै गएको परिवर्तित सन्दर्भमा नेफ्स्कूनले सञ्जाल साझेदारीको अवधारणा अघि बढाएको हो ।

भर्खरै
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

१ दिन अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

१ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध
ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न
नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न
नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न

४ दिन अगाडि

लोकप्रिय
पाठकबाट थप