प्रथम सहकारी रोजगार मेलाको तयारी पूरा, मन्त्री अधिकारीबाट उद्घाटन हुने
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
प्रथम सहकारी रोजगार मेलाको तयारी पूरा, मन्त्री अधिकारीबाट उद्घाटन हुने

पुल्चोक । देशभरका सहकारीहरुको शीर्ष निकाय राष्ट्रिय सहकारी महासंघ नेपालको आयोजनामा यही असार ७ गतेदेखि ९ गतेसम्म सञ्चालन हुने प्रथम सहकारी रोजगार मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । महासंघले आज पत्रकार सम्मेलन गरी मेलाको सबै तयारी पूरा भएको जानकारी गराएको हो । महासंघकी अध्यक्ष ओमदेवी मल्लले ‘मर्यादित सहकारी व्यवसायका लागि युवा संलग्नता’ भन्ने मुख्य थिमका साथ सञ्चालन हुने मेलाको आवश्यक सबै तयारी पूरा भएको जानकारी गराउँदै मेलालाई  भव्य सफल बनाउन आवश्यक प्रचारप्रसारको अपेक्षा पनि सञ्चारकर्मीहरुसँग  गर्नुभयो । 

पत्रकार सम्मेलनमा नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालसहित महासंघका बरिष्ठ उपाध्यक्ष रमेश प्रसाद पोखरेल, उपाध्यक्षद्वय डीबी बस्नेत र इन्दिरा पन्त, सञ्चालक टेकप्रसाद चौलागाई, महाप्रबन्धक चित्राकुमारी थामसुहाङ सुब्बा तथा राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाई लगायतको उपस्थिति रहेको थियो । नेफ्स्कून तथा सहकारी बैंक मेलाको सह–आयोजक पनि हुन् ।

पत्रकार सम्मेलनमा महासंघ अध्यक्ष मल्लले मेलाको उद्घाटन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीबाट र समापन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालबाट हुने बताउनुभयो । 

पत्रकार सम्मेलनमा नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा पहिलो पटक यस किसिमको सहकारी मेला आयोजनाको पहल आफैमा महत्वपूर्ण र पथृक कार्यक्रम भएको भन्दै यसलाई सफल पार्न सबैको साथ सहयोग आवश्यक हुने बताउनुभयो । उहाँले समयको माग सम्बोधन गर्ने गरी सहकारी रोजागरी मेला आयोजना गरिएको भन्दै यस किसिमको मेलाले सहकारीमार्फत राम्रो रोजगारी र स्वरोजगारीका अवसरहरु सृजना गर्न सकिन्छ भन्ने सन्देश प्रवाह हुने र यसले राष्ट्रिय अन्तर्राष्ट्रिय ध्यान खिच्ने विश्वास व्यक्त गर्नुभयो । सहकारीका विषयमा गलत भाष्य निर्माणको चेष्टालाई यस प्रकारको वृहत् मेलाले चिर्ने दाबी पनि नेफ्स्कून अध्यक्ष ढकालको थियो ।

निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको मेला अवधिभर सहकारीका ठूला रोजगारदाताहरुबाट कार्यपत्र प्रस्तुति, अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) का विज्ञबाट रोजगारी परामर्श, आदि कार्यक्रम रहेको जानकारी पत्रकार सम्मेलनमा गराइएको थियो । मेलाको अवलोकन सांसदहरु, राष्ट्रसेवकहरु, उच्चपदस्थ प्रहरीअधिकृतहरुले गर्नुहुने छ भने विश्वविद्यालयदेखि, विभिन्न कलेजका विद्यार्थीहरु, रोजगारीको खोजीमा रहेका युवाहरु, प्राविधिक जनशक्तिहरु, सहकारीकर्मीहरुका लागि पनि आकर्षण हुने दाबी गरिएको छ ।

मेलामा सहकारीमार्फत उद्यमी बनेकाहरुका उत्पादनलाई समेत स्थान दिइने जानकारी गराइएको थियो ।  सहकारीमा मर्यादित रोजागरीका अवसरहरु प्रवर्धन गर्ने प्रतिबद्धतामा मेला एउटा कोशेढुङ्गा सावित हुने महासंघको दाबी छ । मेलाले समयमा जागिर सुरक्षित गर्ने र आफ्नो व्यक्तिगत विवरण अनलाइनमार्फत भरी रोजगारीको अवसरको लाभ प्रदान गर्ने भएकाले युवा आकर्षण बढी हुने अनुमान महाहसंघको छ ।

मुलुकमा हाल विद्यमान ३१ हजार बढी सहकारी संघ संस्थामार्फत १ लाख बढीलाई प्रत्यक्ष रोजगारी र र करिब १० लाखलाई स्वरोजगार सृजना गर्न सफल सहकरी क्षेत्रको भिजन २०३० ले परिकल्पना गरेको रोजगारी सृजनको लक्ष्य पूरा गर्न मेलाले महत्वपूर्ण योगदान गर्ने विश्वास महासंघले लिएको छ ।

मेला आयोजनाको उद्देश्य प्रतिभा पलायन रोक्न, स्वदेशमै रोजागरी सृजना गर्न प्रोत्साहन गर्ने वातावरण विकास गर्न तथा उत्पादन एवम् सेवाका सहकारीहरु र अन्य निजी क्षेत्रका लागि आवश्यक जनशक्ति खोज्न सहजता प्रदान गर्ने लगायतका रहेको महासंघले जनाएको छ ।

असार ७ गतेदेखि ९ गतेसम्म हुने प्रथम सहकारी रोजगार मेला महासंघ परिसर पुल्चोकमा सञ्चालन हुनेछ । ५ हजार बढी अवलोकनकर्ताहरु सहभागी हुने मेलामा ५० बढी सहकारी संघ संस्थाहरुको सहभागीता रहने दाबी महासंघले गरेको छ । महासंघले मेलामा सहभागी भै भव्यताका साथ सफल पार्न सबैलाई आग्रह समेत गरेको छ । 


 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

८ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

९ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

९ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

१० दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

११ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

११ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१७ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१८ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३६ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२७ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२६ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३४ दिन अगाडि

पाठकबाट थप