जिल्लास्तरीय संघहरु बलियो बनाउन महासंघ सकारात्मक 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जिल्लास्तरीय संघहरु बलियो बनाउन महासंघ सकारात्मक 

पुल्चोक । जिल्लास्तरीय संघहरुलाई अझ प्रभावकारी र बलियो बनाएर लैजानुपर्नेमा राष्ट्रिय सहकारी महासंघ सकारात्मक रहेको महासंघकी अध्यक्ष ओमदेवी मल्लले बताउनुभएको छ । बागमती प्रदेशका जिल्ला बचत तथा ऋण सहकारी संघहरुबाट ज्ञापनपत्र बुझ्दै उहाँले जिल्लास्तरीय संघहरुको अस्तित्वका विषयमा महासंघ सकारात्मक रहेको धारणा व्यक्त गर्नुभएको हो ।

संघहरु बलियो र दिगो भए मात्र महासंघ बलियो हुने विषयमा आफू स्पष्ट रहेको महासंघका अध्यक्ष मल्लले बताउनुभयो । उहाँले यस विषयमा जिल्लास्तरीय संघहरुसँग नै छलफल गरेर अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ । पछिल्लो समय महासंघ बहस पैरवीमा सक्रिय भइरहेको महासंघका उपाध्यक्ष डिबी बस्नेतले बताउँदै महासंघ आफ्ना सदस्य संघहरुको मुद्दालाई लिएर अगाडि बढिरहेको जानकारी गराउनुभएको थियो । 

संघीय सहकारी ऐन २०७४ र सहकारी नियमावली २०७५ मा सहकारीको तहगत संरचनाको स्पष्ट व्यवस्था भएको र ती संरचनाको कार्यहरु पनि स्पष्ट किटान भएकाले जिल्लास्तरीय संघहरुले डिभिजन सहकारी खारेज भएको अवस्थामा सो निकायले गर्ने कार्यको सहजिकरण गर्दै आएको संघहरुको संयुक्त विज्ञप्तीमा उल्लेख रहेको छ ।

जिल्लास्तरीय संघहरुले प्रारम्भिक सहकारी संस्थाहरुको संस्थागत विकास तथा क्षमता अभिबृद्धि गरेको, सहकारीको पैसा सहकारीमा परिचालन गरेको र प्रारम्भिक संस्थालाई प्राविधिक ज्ञान हस्तान्तरण गर्नेदेखि नेतृत्व विकासमा भूमिका खेलेको विज्ञप्तीमा उल्लेख छ । साथै संघहरुले कोपोमिसनमा प्रारम्भिक संस्था आवद्ध रहेको संघ छनोट गर्नेमा जिल्ला तहका संरचना हटाई प्रदेश, केन्द्रीय र राष्ट्रिय सहकारी बैंकको संरचना मात्र रहेको विषयमा समेत गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । कोपोमिस प्रणालीमा जिल्ला तहको संरचना हटाउनु जस्तो गम्भिर त्रुटीलाई अविलम्ब सच्चाउन पहल गर्न समेत माग गरिएको काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ(कास्कुन)का अध्यक्ष दिपक पनेरुले बताउनुभयो । 

जिल्ला संघले बुझाएको ज्ञापनपत्रमा ऋण तथा ब्याज असुलीमा सकस बढेकाले भाखा नाघेको ऋण बढेको अवस्थामा यस आर्थिक मसान्तको खातावन्दीमा अन्यौलको अवस्था सिर्जना भएको हुँदा सहकारी विभागमार्फत स्पष्ट मार्ग निर्देशन जारी गराउनुपर्ने समेत उल्लेख छ । त्यसैगरि सहकारी प्रवद्र्धन कोषको रकम सहकारी अभियानको प्रवद्र्धन लगानी गर्ने वातावरण सिर्जना गर्न, सहकारी ऐनमा रहेको सहकारी कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायाधिकरणलगायतका महत्वपूर्ण विषयहरु कार्यान्वयनमा दबाब दिन समेत महासंघलाई आग्रह गरिएको छ । सो कार्यक्रममा महासंघका संचालक टेकप्रसाद चौलागाई, काशीचन्द्र बराल, परितोष पौड्याल, सुमन नेपाल, महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाको समेत उपस्थिति थियो । साथै भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्णगोविन्द्र लाखाजु, काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष उदयराम कायष्ठ, मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिका अध्यक्ष कल्पना श्रेष्ठलगायतको उपस्थिति थियो । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

८ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

९ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

९ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

१० दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

११ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

११ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१७ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१९ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३६ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२५ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२८ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२६ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३४ दिन अगाडि

पाठकबाट थप