जिल्लास्तरीय संघहरु बलियो बनाउन महासंघ सकारात्मक 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जिल्लास्तरीय संघहरु बलियो बनाउन महासंघ सकारात्मक 

पुल्चोक । जिल्लास्तरीय संघहरुलाई अझ प्रभावकारी र बलियो बनाएर लैजानुपर्नेमा राष्ट्रिय सहकारी महासंघ सकारात्मक रहेको महासंघकी अध्यक्ष ओमदेवी मल्लले बताउनुभएको छ । बागमती प्रदेशका जिल्ला बचत तथा ऋण सहकारी संघहरुबाट ज्ञापनपत्र बुझ्दै उहाँले जिल्लास्तरीय संघहरुको अस्तित्वका विषयमा महासंघ सकारात्मक रहेको धारणा व्यक्त गर्नुभएको हो ।

संघहरु बलियो र दिगो भए मात्र महासंघ बलियो हुने विषयमा आफू स्पष्ट रहेको महासंघका अध्यक्ष मल्लले बताउनुभयो । उहाँले यस विषयमा जिल्लास्तरीय संघहरुसँग नै छलफल गरेर अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ । पछिल्लो समय महासंघ बहस पैरवीमा सक्रिय भइरहेको महासंघका उपाध्यक्ष डिबी बस्नेतले बताउँदै महासंघ आफ्ना सदस्य संघहरुको मुद्दालाई लिएर अगाडि बढिरहेको जानकारी गराउनुभएको थियो । 

संघीय सहकारी ऐन २०७४ र सहकारी नियमावली २०७५ मा सहकारीको तहगत संरचनाको स्पष्ट व्यवस्था भएको र ती संरचनाको कार्यहरु पनि स्पष्ट किटान भएकाले जिल्लास्तरीय संघहरुले डिभिजन सहकारी खारेज भएको अवस्थामा सो निकायले गर्ने कार्यको सहजिकरण गर्दै आएको संघहरुको संयुक्त विज्ञप्तीमा उल्लेख रहेको छ ।

जिल्लास्तरीय संघहरुले प्रारम्भिक सहकारी संस्थाहरुको संस्थागत विकास तथा क्षमता अभिबृद्धि गरेको, सहकारीको पैसा सहकारीमा परिचालन गरेको र प्रारम्भिक संस्थालाई प्राविधिक ज्ञान हस्तान्तरण गर्नेदेखि नेतृत्व विकासमा भूमिका खेलेको विज्ञप्तीमा उल्लेख छ । साथै संघहरुले कोपोमिसनमा प्रारम्भिक संस्था आवद्ध रहेको संघ छनोट गर्नेमा जिल्ला तहका संरचना हटाई प्रदेश, केन्द्रीय र राष्ट्रिय सहकारी बैंकको संरचना मात्र रहेको विषयमा समेत गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । कोपोमिस प्रणालीमा जिल्ला तहको संरचना हटाउनु जस्तो गम्भिर त्रुटीलाई अविलम्ब सच्चाउन पहल गर्न समेत माग गरिएको काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ(कास्कुन)का अध्यक्ष दिपक पनेरुले बताउनुभयो । 

जिल्ला संघले बुझाएको ज्ञापनपत्रमा ऋण तथा ब्याज असुलीमा सकस बढेकाले भाखा नाघेको ऋण बढेको अवस्थामा यस आर्थिक मसान्तको खातावन्दीमा अन्यौलको अवस्था सिर्जना भएको हुँदा सहकारी विभागमार्फत स्पष्ट मार्ग निर्देशन जारी गराउनुपर्ने समेत उल्लेख छ । त्यसैगरि सहकारी प्रवद्र्धन कोषको रकम सहकारी अभियानको प्रवद्र्धन लगानी गर्ने वातावरण सिर्जना गर्न, सहकारी ऐनमा रहेको सहकारी कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायाधिकरणलगायतका महत्वपूर्ण विषयहरु कार्यान्वयनमा दबाब दिन समेत महासंघलाई आग्रह गरिएको छ । सो कार्यक्रममा महासंघका संचालक टेकप्रसाद चौलागाई, काशीचन्द्र बराल, परितोष पौड्याल, सुमन नेपाल, महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाको समेत उपस्थिति थियो । साथै भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्णगोविन्द्र लाखाजु, काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष उदयराम कायष्ठ, मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिका अध्यक्ष कल्पना श्रेष्ठलगायतको उपस्थिति थियो । 

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

१ दिन अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

२ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

३ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

३ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

३ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

४ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

५ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

९ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

८ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१६ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

३ दिन अगाडि

पाठकबाट थप