साकोस जोखिम विश्लेषण कार्यशाला
के उद्देश्यले कसका लागि सहकारी भन्ने आत्मविश्लेषण आवश्यकः मन्त्री अधिकारी
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
के उद्देश्यले कसका लागि सहकारी भन्ने आत्मविश्लेषण आवश्यकः मन्त्री अधिकारी

 दमक । नेफ्स्कूनले सहकारी विभागसँगको साझेदारी अन्तर्गत आज झापाको दमकमा साकोस जोखिम विश्लेषण कार्यशाला सञ्चालन गरेको छ । कोशी प्रदेशस्तरीय उक्त कार्यशालाको आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले उद्घाटन गर्नुभएको छ ।

नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा आयोजित कार्यशालामा प्रमुख अतिथि मन्त्री अधिकारीले सहकारीहरु आफ्नो उद्देश्यमा स्पष्ट हुनुपर्ने बताउनुभयो । उहाँले सहकारीहरु के उद्देश्यले कसका लागि स्थापना भएका हुन् भन्ने विषयमा स्पष्ट हुनुपर्ने बताउनुभयो । उद्देश्यमा विचलन आउँदा समस्या हुने तर्फ मन्त्री अधिकारीले सचेत तुल्याउनुभयो ।

मन्त्री अधिकारीले भन्नुभयो, ‘हामी कहाँनेर चुक्यौं आत्मविश्लेषण जरुरी छ । समाधानका लागि गहिरो विश्लेषण जरुरी छ ।’ 
उहाँले सहकारी क्षेत्रमा तथ्याङ्क अभाव भएको पनि बताउनुभयो । मन्त्री अधिकारीले भन्नुभयो, ‘ हामीसँग तथ्याकं छैन । यसबाट हाम्रो सबल पक्ष र सुधार पक्षहरु तथ्यपरक विश्लेषण गरिएको छैन । सहकारीहरु राम्रा छन भन्नको लागि राम्रोहरुले तथ्याकं पेश गर्न सक्नुपर्दछ ।’

मन्त्री अधिकारीले अगाडि भन्नुभयो, ‘प्राधिकरण बनाउने, कर्जा सूचना केन्द्र ल्याउने र बचत तथा कर्जा सुरक्षण कोष बनाउने कुरामा मन्त्रालयले काम गरिरहेको छ । सहकारी ऐनलाई संसोधन गर्ने योजनामा छौ । कस्तो ऐन ल्याउने तपाइहरुको सुझावको खाँचो छ ।’ 

उहाँले स्थिरीकरण कोष कस्तो बनाउने र कसरी अघि बढाउने विषयमा पनि सल्लाह सुझावमै अघि बढ्ने जानकारी गराउनुभयो । प्रमुख अतिथि मन्त्री अधिकारीले भन्नुभयो, ‘हामी सबैको चाहना सहकारीमार्फत सदस्यको जीवनमा गुणस्तर ल्याउने हो ।अहिले सहकारीको सङख्या धेरै भयो । सहकारीहरुलाइ एकिकरण गर्दै लैजानुपर्ने छ ।’ 

यस्तै, नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकालले संघको सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको प्रतिनिधित्व गर्ने २२ वटा संस्थाकै सस्थाको सघन अनुगमन गरेका  भइरहेको भन्दै अब उपसमिति सदस्यहरुको पनि संस्थाहरुको सघन अनुगमन गरिने बताउनुभयो । उहाँले  भन्नुभयो, ‘हामी सहकारी अभियन्ताले सहकारी ऐन नियमको पूर्ण पालना गरेर संस्था सञ्चालन गर्नुपर्दछ । साकोस अभियान शुद्धीकरण हुन जरुरी छ ।’ 

कार्यक्रममा नेफ्स्कून महासचिव घनश्यामा अधिकारीले सहकारी क्षेत्रमा देखा परेको जोखिमको सहि विश्लेषण गरी आगामी वर्षको योजना निर्माणमा उपयोगी हुने अपेक्षाको साथ कार्यशाला गोष्ठी सञ्चालन गरिएको बताउनुभयो । यस्तै, संघका प्रमुख कार्यकारी अधिकृत डा.शिवजी सापकोटाले कार्यशालाको उद्देश्यमाथि प्रकाश पार्नुभयो  । उहाँले वित्तीय कारोबार गर्ने सहकारीहरुमा नियमित स्वास्थ्य परीक्षण  अनिवार्य रहेको भन्दै त्यसैका लागि जोखिम विश्लेषण आवश्यक भएको उल्लेख गर्नुभयो । 

उद्घाटन सत्र सञ्चालन नेफ्स्कूनका सञ्चालक शालिकराम ढकालले गर्नुभएको थियो । नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा आयोजित कार्यशालको उद्घाटन सत्रमा मन्त्रालयको भूमि व्यवस्था महाशाखाका महानिर्देशक कृष्ण प्रसाद सापकोटा, मन्त्रालयका सहकारी महाशाखा प्रमुख मदन कोइराला, मन्त्रीका स्वकीय सचिव भेषराज पाण्डे, राष्ट्रिय सहकारी महासंघका सञ्चालक एवम जिल्ला बचत संघ सुनसरीकी अध्यक्ष योगमाया सुवेदी, नेफ्स्कून सञ्चालक लक्ष्मी सापकोटा, मोरङ जिल्ला बचत संघका अध्यक्ष प्रेम प्रकाश कोइराला, झापा बचत संघका अध्यक्ष तुलाराम न्यौपाने लगायतको सहभागिता थियो । यस्तै, कार्यशालामा नेफस्कून पूर्व सञ्चालकहरु एवम् उपसमिति सदस्यहरुको समेत सहभागिता रहेको नेफ्स्कूनका बरिष्ठ अधिकृत प्रेमनाथ वाग्लेले जानकारी गराउनुभयो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप