सहकारी अभियानद्वारा समसामयिक विषयमा उपप्रधानमन्त्री एवम् गृहमन्त्रीको ध्यानाकर्षण
अवाञ्छित गतिविधिमा संलग्न जो कोहीलाई कानुनी कार्वाही हुन्छ: गृहमन्त्री
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी अभियानद्वारा  समसामयिक विषयमा उपप्रधानमन्त्री एवम् गृहमन्त्रीको ध्यानाकर्षण

काठमाडौं । सहकारी अभियानले यस क्षेत्रका समसामयिक विषयमा उपप्रधान मन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको गम्भीर ध्यानाकर्षण गराएको छ । राष्ट्रिय सहकारी महासंघ नेपालको अगुवाईमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून), राष्ट्रिय सहकारी बैंक सम्मिलित टोलीले आज गृहमन्त्री लामिछानेलाई उहाँकै कार्यकक्षमा भेटी सहकारी अभियानले भोगिरहेका विविध समस्याबारे अवगत गराउँदै सरकारबाट सहयोगको याचना गरेको हो ।

ऋण असुलीमा देखिएको समस्या र यसका कारण बचत फिर्तामा परेको असरसँगै सहकारी ऐन कार्यान्वयका विविधि विषयमा सरकारका उपप्रधानमन्त्री एवम् गृहमन्त्री लामिछानेको ध्यानाकर्षण गराएको महासंघले जनाएको छ ।

भेटमा उपप्रधान मन्त्री एवम् गृह मन्त्री लामिछानेलेअवाञ्छित गतिविधिमा संलग्न जो कोहीलाई पनि कानुनी कार्वाही हुनेमा विश्वस्त तुल्याउनुभयो । उप्रप्रधान मन्त्री एवम् गृहमन्त्री लामिछानेले सहकारी अभियानको माग सम्वन्धमा आवश्यक अध्ययन गरी गृहमन्त्रालयबाट परिपत्र जारी गर्ने व्यवस्था मिलाउने आश्वासन समेत दिनुभयो ।

सहकारीका विषयमा सरकार गम्भीर भएको उहाँले बताउनुभयो । उक्त कुरा उपप्रधान एवम् गृह मन्त्री लामिछानेले सहकारी संघरसंस्थाको ऋण असुली तथा धितो लिलाम प्रकृयामा अराजक समुहले अवरोध पुर्याएको भन्दै महासंघकी अध्यक्ष ओमदेवी मल्लले आवश्यक सुरक्षा व्यवस्थाको लागि गृहमन्त्रालयको ध्यानाकर्षण गराउनुभएको विषयको भन्नुभएको थियो । 

साथै सहकारी संस्थाको ऋण तिर्नुपर्दैन भनी केही अराजक समुहबाट भ्रम फैलाईएको, ऋण असुलीमा जाने कर्मचारीमाथि गालीगलौज, धम्की प्राप्त भएको, धितो लिलामी प्रकृयामा अवरोध सिर्जना लगायतका कार्यले सहकारी संघरसंस्थाको आर्थिक वर्षको खातावन्दीमा नकारात्मक असर परेको भन्दै महासंघकी अध्यक्ष ओमदेवी मल्लले आवश्यक सुरक्षा व्यवस्थाका लागि गृहमन्त्रालयबाट परिपत्र गरी दिन माग राख्नुभएको थियो ।

भेटमा सहभागी नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले मन्त्री लामिछानेलाई सहकारी ऐन कार्यान्वयनका विषयहरु राखिएको जानकारी गराउनुभयो । अध्यक्ष ढकालले भन्नुभयो, ‘कर्जा सूचना केन्द्र गठनमा तदारुकता, बचत सुरक्षण कोषको सम्बन्धमा बजेटमा विनियोजन गरिएको रकमको अपर्याप्तता, सहकारी मैत्री कर, ऋण असुलीमा सहजीकरण आदि विषय नेफ्स्कूनको तर्फबाट राखेँ ।’

उहाँले भन्नुभयो, ‘सहकारी क्षेत्रले राज्यलाई ठूलो रकम करका रुपमा बुझाएपनि त्यसको प्रतिफलको विषय चित्त बुझ्दो छैन । हामीले उठाएका विषयमा गृहमन्त्री गम्भीर हुनुहुन्छ । आफ्नो तर्फबाट खेल्ने भूमिका सधै सकारात्मक हुने भन्दै उहाँले माग सम्बोधनका लागि सक्दो प्रयास गर्ने विश्वास हामीलाई दिलाउनुभएको छ ।’ 

महासंघका निवर्तमान अध्यक्ष मीनराज कंडेलले सहकारी संघ संस्थालाई राजस्व तिर्नुपर्दैन जस्ता गम्भीर विषयमा अराजक समूहबाट भ्रम सिर्जना गरेको हुदा राज्यले तत्काल कार्वाहीको दायरामा ल्याउनुपर्ने कुरामा जोड दिनुभयो ।

आजको भेटमा महासंघकी अध्यक्ष मल्ल र नेफ्स्कून अध्यक्ष ढकालसँगै महासंघका निवर्तमान अध्यक्ष मिनराज कडेल, उपाध्यक्ष डीबी बस्नेत, सञ्चालक, काशिचन्द्र बराल, महासंघकी महाप्रबन्धक चित्राकुमारी थामसुहाङ्ग सुब्बा र राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिृकत बद्रीकुमार गुरागाई सहभागी हुनुहुन्थ्यो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप