भक्तपुर बचत संघको बार्षिक योजना तथा बजेट निर्माण तालिम 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
भक्तपुर बचत संघको बार्षिक योजना तथा बजेट निर्माण तालिम 

काठमाडौं । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को वित्तीय सेवा प्रवद्र्धन उपसमितिको आयोजनामा असार २२ गते बार्षिक योजना तथा बजेट निर्माण तालिम सम्पन्न भएको छ । संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले सहकारी संस्थामा बार्षिक योजना तथा बजेट बनाउनु कानुनी व्यवस्था पालना गर्नुको साथै संस्थामा सुशासन कायम गर्न समेत टेवा पुग्ने बताउनुभयो । उहाँले सहकारीमा बार्षिक योजना तथा बजेटको महत्वबारे चर्चा गर्दै सहकारी विभागले जारी गरेको निर्देशन बारे जानकारी गराउनुभयो ।

दुई दिवसीय तालिममा संघका कोषाध्यक्ष एंव उपसमिति संयोजक कान्छाभक्त घजुले सहकारीमा राम्रो योजना र बजेटले मात्र संस्था सफल हुने बताउँदै बजेट अनुसार खर्च नपुग भएमा रकमान्तरको व्यवस्था पनि रहेको बताउनुभयो । उपसमिति सदस्य राजकुमार लघुले तालिमबाट सिकेको कुरा संस्थामा प्रयोग गर्नुपर्ने विचार राख्नुभयो ।

संघका व्यवस्थापक बालकृष्ण धोजुले संस्थाको परिकल्पना, ध्येय र उद्देश्य प्राप्त गर्न सकिने गरी बार्षिक योजना तथा बजेट निर्माण गर्नुपर्ने जोड दिनुभयो । तालिमका सहजकर्ता राधेश्याम दुवालले हालको परिस्थितिमा सहकारीलाई नाफा घाटाको होड बाजीमा नलागी सहकारीलाई विषम परिस्थितिबाट जोगाउन विशेष ध्यान दिनुपर्ने बताउनुभयो । 

तालिममा योजना तथा बजेट बनाउन ध्यान दिनुपर्ने कुरा, योजना तथा बजेटको महत्व, योजनाको प्रकार, बार्षिक योजना प्रक्रिया, संस्थाको आन्तरिक तथा बाह्य विश्लेषण, संस्थाको परिकल्पाना, ध्येय, उद्देश्य, लक्ष्यको प्रयोग लगायतका विषयमा सिक्न पाएँकोमा सहभागीहरुले खुशी व्यक्त गर्नुभयो । संघमा आबद्ध सदस्य संस्थाहरुमध्येबाट कोषाध्यक्ष, व्यवस्थापक वा लेखासहायक गरी १९ जनाको सहभागिता थियो । तालिमको समापन समारोहको संचालन उपसमितिका सदस्य राजाराम गोसाईले गर्नुभयो ।
 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

८ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

९ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

९ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

१० दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

११ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

११ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१७ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१८ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३५ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२७ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३३ दिन अगाडि

पाठकबाट थप