भक्तपुर बचत संघको बार्षिक योजना तथा बजेट निर्माण तालिम 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
भक्तपुर बचत संघको बार्षिक योजना तथा बजेट निर्माण तालिम 

काठमाडौं । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को वित्तीय सेवा प्रवद्र्धन उपसमितिको आयोजनामा असार २२ गते बार्षिक योजना तथा बजेट निर्माण तालिम सम्पन्न भएको छ । संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले सहकारी संस्थामा बार्षिक योजना तथा बजेट बनाउनु कानुनी व्यवस्था पालना गर्नुको साथै संस्थामा सुशासन कायम गर्न समेत टेवा पुग्ने बताउनुभयो । उहाँले सहकारीमा बार्षिक योजना तथा बजेटको महत्वबारे चर्चा गर्दै सहकारी विभागले जारी गरेको निर्देशन बारे जानकारी गराउनुभयो ।

दुई दिवसीय तालिममा संघका कोषाध्यक्ष एंव उपसमिति संयोजक कान्छाभक्त घजुले सहकारीमा राम्रो योजना र बजेटले मात्र संस्था सफल हुने बताउँदै बजेट अनुसार खर्च नपुग भएमा रकमान्तरको व्यवस्था पनि रहेको बताउनुभयो । उपसमिति सदस्य राजकुमार लघुले तालिमबाट सिकेको कुरा संस्थामा प्रयोग गर्नुपर्ने विचार राख्नुभयो ।

संघका व्यवस्थापक बालकृष्ण धोजुले संस्थाको परिकल्पना, ध्येय र उद्देश्य प्राप्त गर्न सकिने गरी बार्षिक योजना तथा बजेट निर्माण गर्नुपर्ने जोड दिनुभयो । तालिमका सहजकर्ता राधेश्याम दुवालले हालको परिस्थितिमा सहकारीलाई नाफा घाटाको होड बाजीमा नलागी सहकारीलाई विषम परिस्थितिबाट जोगाउन विशेष ध्यान दिनुपर्ने बताउनुभयो । 

तालिममा योजना तथा बजेट बनाउन ध्यान दिनुपर्ने कुरा, योजना तथा बजेटको महत्व, योजनाको प्रकार, बार्षिक योजना प्रक्रिया, संस्थाको आन्तरिक तथा बाह्य विश्लेषण, संस्थाको परिकल्पाना, ध्येय, उद्देश्य, लक्ष्यको प्रयोग लगायतका विषयमा सिक्न पाएँकोमा सहभागीहरुले खुशी व्यक्त गर्नुभयो । संघमा आबद्ध सदस्य संस्थाहरुमध्येबाट कोषाध्यक्ष, व्यवस्थापक वा लेखासहायक गरी १९ जनाको सहभागिता थियो । तालिमको समापन समारोहको संचालन उपसमितिका सदस्य राजाराम गोसाईले गर्नुभयो ।
 
लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप