चन्द्रागिरि साकोसको आगामी आर्थिक वर्षको लक्ष्यः ३ अर्ब ९० करोड कुल कारोबार, साढे २२ हजार सदस्य 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
चन्द्रागिरि साकोसको आगामी आर्थिक वर्षको लक्ष्यः ३ अर्ब ९० करोड कुल कारोबार, साढे २२ हजार सदस्य 

काठमाडौं । थानकोटस्थित चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि. ले आगामी आर्थिक वर्ष २०८१र०८२ मा संस्थाको कुल कारोबार ३ अर्ब ९० करोड पुर्याउने तथा २२,५०० सदस्यलाई सेवा पुर्याउने लक्ष्य निर्धारण गरेको छ । साकोसको शनिबार सम्पन्न वार्षिक कार्ययोजना तथा बजेट तर्जुमा कार्यशालाले उक्त लक्ष्य तय गरेको हो ।  कार्यशालामा साकोसको आगामी आ.व. २०८१र०८२ को प्रस्तावित कार्ययोजना तथा अनुमानित बजेटको खाकामा बृहत् छलफल भई निष्कर्षमा पुगिएको थियो । 

कार्यक्रम तथा बजेटको मस्यौदाको क्रममा संस्थाका सदस्य, सञ्चालक, सल्लाहकार, अन्य उपसमितिहरु र सरोकारवालाहरु बीच आगामी वर्षको लागि तर्जुमा गरिने कार्यक्रम तथा बजेटका विषयमा सर्वेक्षणमार्फत जानकारीहरु संकलन समेत गरिएको थियो । कार्यक्रम तथा बजेट कार्यशालाका सहभागीहरु बीच पर्याप्त छलफल गरी प्रस्तावित कार्यक्रम तथा बजेटको मस्यौदालाई अन्तिम रुप दिनको लागि प्यानल छलफल मोडेलमा कार्यक्रम सञ्चालन गरिएको थियो ।

वातावरण विश्लेषण र कार्यसम्पादन सूचकांक कार्यक्रम तथा बजेट गरी दुई विषयमा प्यानल छलफल गरिएको थियो ।“वातावरण विश्लेषण” विषयक छलफलमा संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक भानु प्रकाश ढकालले अध्यक्षता गर्नुभएको थियो भने प्यानलिस्टकोे भूमिकामा संस्थाका अध्यक्ष योगेन्द्रकुमार कुँवर रहनुभएको थियो । त्यस्तै टिप्पणीकर्ताको रुपमा संस्थाका सल्लाहकार डा. रामजी न्योपानै हुनुहुन्थ्यो ।

त्यस्तै “कार्यसम्पादन सूचकांक, कार्यक्रम तथा बजेट” विषयक छलफलको अध्यक्षता संस्थाका उपाध्यक्ष हरिहर सिग्देलले गर्नुभएको थियो भने प्यानलिस्टको भूमिकामा संस्थाका सहसचिव शरद कुँवर र टिप्पणीकर्ताको रुपमा प्रा.डा.आनन्द कुमार शर्मा र प्रा.डा. रामशरण पाठक रहनुभएको थियो ।

कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष शिवशंकर मानन्धर, सल्लाहकार विष्णु गोपाल खत्री, लेखा सुपरिवेक्षण समितिका सदस्य ईन्द्रबहादुर महर्जन, सञ्चालक सदस्य सुबास श्रेष्ठ, उपसमिति सदस्यहरु त्रिपुरा लक्ष्मी जोशी, रेखा तुलाचन, रिजु मानन्धर लगायतले लिखित तथा मौखिक रुपमा धारणा, सल्लाह तथा सुझाव राख्नुभएको थियो । कार्यक्रममा संस्थाको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार परिषद, विभिन्न उपसमिति र कर्मचारीहरु सहित ६३ जनाको उपस्थिति थियो ।

कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठ आ.व. २०८०र०८१ को संस्थाको प्रगतिहरुको समीक्षा र आगामी आर्थिक वर्षका कार्यक्रम तथा बजेटको मस्यौदा प्रस्तुत गर्नुभएको थियो भने नायब प्रमुख कार्यकारी अधिकृत कविन्द्र धौबन्जार र व्यवस्थापक सुमित्रा त्रिपाठी कार्यक्रमले समग्र कार्यक्रम व्यवस्थापन गर्नुभएको थियो ।

यस्तै, उद्घाटन सत्रमा सहकारी विभागका उप रजिष्ट्रार टेकराज अर्यालले वर्तमान अवस्थामा सहकारी क्षेत्रमा देखिएका समस्याहरु र त्यसका समाधानका उपायहरुका साथै सहकारी विभागले जारी गरेका विभिन्न निर्देशनहरुको बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्र माथि चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले टिप्पणी गर्नुभएको थियो । कार्यपत्र र टिप्पणी साकोसको आगामी कार्ययोजना तथा बजेटको लागि मार्गनिर्देशन समेत भएको थियो ।

कार्यक्रममा चन्द्रागिरि नगरपालिका प्रमुख गिरीले सहकारीले उत्पादक कृषकहरुलाई उपभोक्तासँग सिधैं जोड्ने कार्य सहकारी संस्थाहरुले गनु पर्नेमा जोड दिनुभएको थियो । त्यस्तै उप रजिष्ट्रार अर्यालले ०.१२ प्रतिशत सहकारी संस्थाहरुमा समस्या आउँदा सम्पूर्ण सहकारीहरु बदनाम हुन परेको हुँदा ऐन नियमावली र विभागले जारी गरेका निर्देशनहरु पालना गरेर सहकारी संस्थाहरु सञ्चालित हुनु पर्नेमा जोड दिनुभयो ।

भर्खरै
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

३ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

३ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न

४ दिन अगाडि

जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन
तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन

५ दिन अगाडि

धादिङमा कृषि व्यवसाय तर्फ सदस्यलाई उन्मुख गराउन कृषक व्यवसाय खेल तालिम सञ्चालन
धादिङमा कृषि व्यवसाय तर्फ सदस्यलाई उन्मुख गराउन कृषक व्यवसाय खेल तालिम सञ्चालन

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

१३ दिन अगाडि

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२० दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

३० दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

पाठकबाट थप