सहकारी सबै खराब छैनन्
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी सबै खराब छैनन्

गैँडाकोट । सहकारीहरु समस्याग्रस्त बन्दै गएका छन् भन्ने भाष्य देशैभरि फैलिएका बेला विजय विकास स्रोत केन्द्र, विकू सहकारी र विजय एफएमले नवलपुरमा सहकारी संवाद गरेको छ । संवादमा नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाल लगायत सहकारी विज्ञहरुले सहकारीहरु समस्याग्रस्त नभएको तर सतर्कता अपनाउन आवश्यक भएको बताउनुभएको छ । विजय विकास स्रोत केन्द्रको ४६ औँ स्थापना दिवशको अवसरमा गैँडाकोटमा सहकारी संवाद गरिएको हो । “सहकारीमा सुशासनः असल अभ्यास, चुनौतीहरु र अबको बाटो” विषयमा सहकारी विज्ञहरुबीच छलफल गरिएको छ । 

छलफलमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटे (नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकालले सुशासनलाई ध्यान दिन नसकेकै कारण केही सहकारीहरुमा समस्या आएको बताउनुभयो । उहाँले सबै सहकारीमा समस्या नआएको भन्दै सदस्य केन्द्रित समुदायमा आधारित र सदस्यसँग निकट रहेका सहकारीहरुमा कुनै समस्या नरहेको जीकिर गर्नुभयो ।

काठमाण्डौ विश्वविद्यालयका रजिष्ट्रार प्राध्यापक डाक्टर अच्युत वाग्लेले सहकारी ऐन, सहकारीको सञ्चालन र अभ्यासको तालमेल नमिल्दा सहकारीमा समस्या देखिएको बताउनुभयो ।

सामाजिक एवं राजनीतिक विश्लेषक हरि शर्माले विश्वासले सिर्जना गरेको समुदायभित्रको सहकारीमा समस्या नभएको र सहकारीलाई पैसाको दृष्टिकोणबाट मात्र नभएर सामाजिक महत्त्वका क्षेत्रबाट पनि हेर्न जरुरी रहेको बताउनुभयो ।

संस्थागत विकास एवं सुशासन विज्ञ नम्रता शर्माले सहकारीहरुभित्र वित्तिय सचेतनाकै कमिका कारण समस्या सिर्जना भइरहेको बताउनुभयो । सहकारीमा जान्ने सुन्ने बर्गकै नियतका कारण समस्या थपिएको शर्माले बताउनुभयो । 

राष्ट्रिय सहकारी बैङ्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बद्रिकुमार गुरागाईंले साना सहकारीमा सामाजिक भावना छ, ठूला सहकारीमा वित्तिय अनुशासनको संस्कार नहुँदा समस्या बढेको बताउनुभयो । 

 समूह छलफलमा सहकारी विज्ञ केशवप्रसाद सापकोटाले सहजीकरण गर्नुभएको थियो ।  कार्यक्रममा विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष प्रेम सापकोटा र महिला मिलन बचत तथा ऋण सहकारी संस्थाका प्रमुख व्यवस्थापक फुलमाया मोक्तानले सहकारीका असल अभ्यासका सन्दर्भमा प्रस्तुती राख्नुभएको थियो ।

कार्यक्रममा विजय विकास स्रोत केन्द्रका उपाध्यक्ष खड्गजङ्ग गुरुङले अतिथिहरुलाई स्वागत एवं धन्यवाद ज्ञापन गर्नुभएको थियो । औपचारिक कार्यक्रमको सञ्चालन संस्थाका सचिव डा. भूमिराज चापागाईंले गर्नुभएको थियो । 

विजय विकास स्रोत केन्द्रका अध्यक्ष कृष्णप्रसाद सापकोटाले सामाजिक सद्भाव, सहकार्य, सहअस्तित्वको भावनालाई अघि बढाउन विजय विकास स्रोत केन्द्रले विभिन्न संस्थाहरुसँगको सहकार्यमा कार्यक्रम गर्ने नीति लिएको बताउनुभयो । सचेतनाकै कमीका कारण समस्या सिर्जना भइरहेको बताउनुभयो । सहकारीमा जान्ने सुन्ने वर्ग कै नियतका कारण समस्या थपिएको शर्माले बताउनुभयो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप