नेफ्स्कून अध्यक्षद्वारा नियामक निकाय र अभियानकर्मीहरुसँग छलफल
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून अध्यक्षद्वारा नियामक निकाय र अभियानकर्मीहरुसँग छलफल

हेटौडा । नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकालले आाज बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयका सचिव हरिसरण पुडासैनी र महाशाखा प्रमुख राजन पोखरेलसँग वर्तमान सहकारीको समस्या ,समाधान र सहकार्यबारे छलफल गर्नुभएको छ ।

साथै उहाँले साकोस अभियानका साझा मुद्दाहरुमा नेफ्स्कूनले संघीय नियामक निकायहरुसँग अघि बढाएका बहसपैरवीहरुबारे पनि जानकारी गराउनुभएको थियो । यस्तै, बागमती प्रदेश सहकारी मन्त्रालयबाट भैरहेका सहकारी विकास र प्रवर्धनका गतिविधिबारे पनि उहाँले जानकारी लिनुभएको थियो ।

यसैगरी, आजै अध्यक्ष ढकालले नेफ्स्कूनको मकवानपुर सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति सदस्यहरु, जिल्ला बचत तथा ऋण सहकारी संघ लि मकवानपुर र महिला मिलन साकोस का सञ्चालक समिति तथा व्यवस्थापन सँग पनि भेट गरी साकोस अभियानका चुनौती ,हालसालै विभागद्धारा जारी गरिएको परिपत्र, आउँदै गरेको बार्षिक खाताबन्दीको तयारी, नेफ्स्कूनको वस्तु तथा सेवा, सञ्जाल साझेदारी र स्थिरीकरण कोष लगायतका विषयमा अन्तरक्रिया गर्नुभएको संघको मकवानपुर सदस्य सेवा कार्यालय प्रमुख विदुर खड्काले जानकारी गराउनुभयो ।

यसैगरी, बचत तथा कर्जा सुरक्षण कोष, कर्जा सूचना केन्द्र, साकोस एकीकरण आदि विषयहरु पनि छलफलको विषयवस्तु रहेको खड्काले साकोस आवाजलाई बताउनुभयो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप