लेटाङका सहकारीहरूको सुशासन र प्रभावकारिताका लागि १० बुँदे घोषणा पत्र 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
लेटाङका सहकारीहरूको सुशासन र प्रभावकारिताका लागि १० बुँदे घोषणा पत्र 

लेटाङ, २७ असार । लेटाङ नगरपालिकाको सहकारी समन्वय समितिले स्थानीय सहकारी संस्थाहरूको सुशासन र प्रभावकारिता बढाउन १० बुँदे घोषणा पत्र जारी गरेको छ। घोषणा पत्रले सहकारी क्षेत्रमा देखिएका समस्याहरूलाई सम्बोधन गर्ने लक्ष्य राखेको छ। 

लेटाङका २९ सहकारी संस्थाको सामूहिक प्रतिबद्धतासहितको उक्त घोषणापत्र समितिका तर्फबाट नगरपालिकामा बुझाइएको हो । उक्त सामूहिक प्रतिबद्धताले स्थानीय सहकारीहरुको विकास र सुशासनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास समेत लिइएको छ । 

घोषणापत्रमा सहकारी क्षेत्र सुधारका लागि वित्तीय जोखिम न्यूनीकरण, गैरकानूनी सञ्चालन रोक्ने, र ऋण व्यवस्थापनमा कडाइ गर्ने जस्ता विषयहरू समावेश छन्। विशेष गरी, ऋण नतिर्ने सदस्यहरूलाई पालिकाबाट प्रदान गरिने सेवा–सुविधामा रोक लगाउने जस्ता कडा कदमहरू समेत प्रस्तावित गरिएको छ।

गत असार २१ गते जारी गरिएको घोषणापत्रमा बाहिरी जिल्लाका सहकारीहरूको स्थानीय शाखाहरूलाई कडाइका साथ नियमन गर्ने र आवश्यकता अनुसार बन्द गर्न निर्देशन दिइएको छ। समितिले सहकारी संस्थाहरूको क्षमता अभिवृद्धि र प्रभावकारी सेवा प्रदानमा जोड दिएको छ।

सहकारी समन्वय समितिका अध्यक्ष गोपाल बारकोटी र सचिव नरेन्द्र प्रसाद घिमिरेले हस्ताक्षर गरेको घोषणा पत्रले लेटाङको सहकारी क्षेत्रलाई थप व्यवस्थित र जवाफदेही बनाउने अपेक्षा गरिएको छ।

उक्त कदमले लेटाङमा सहकारी क्षेत्रको सुधार र वित्तीय अनुशासन कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप