लेटाङका सहकारीहरूको सुशासन र प्रभावकारिताका लागि १० बुँदे घोषणा पत्र 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
लेटाङका सहकारीहरूको सुशासन र प्रभावकारिताका लागि १० बुँदे घोषणा पत्र 

लेटाङ, २७ असार । लेटाङ नगरपालिकाको सहकारी समन्वय समितिले स्थानीय सहकारी संस्थाहरूको सुशासन र प्रभावकारिता बढाउन १० बुँदे घोषणा पत्र जारी गरेको छ। घोषणा पत्रले सहकारी क्षेत्रमा देखिएका समस्याहरूलाई सम्बोधन गर्ने लक्ष्य राखेको छ। 

लेटाङका २९ सहकारी संस्थाको सामूहिक प्रतिबद्धतासहितको उक्त घोषणापत्र समितिका तर्फबाट नगरपालिकामा बुझाइएको हो । उक्त सामूहिक प्रतिबद्धताले स्थानीय सहकारीहरुको विकास र सुशासनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास समेत लिइएको छ । 

घोषणापत्रमा सहकारी क्षेत्र सुधारका लागि वित्तीय जोखिम न्यूनीकरण, गैरकानूनी सञ्चालन रोक्ने, र ऋण व्यवस्थापनमा कडाइ गर्ने जस्ता विषयहरू समावेश छन्। विशेष गरी, ऋण नतिर्ने सदस्यहरूलाई पालिकाबाट प्रदान गरिने सेवा–सुविधामा रोक लगाउने जस्ता कडा कदमहरू समेत प्रस्तावित गरिएको छ।

गत असार २१ गते जारी गरिएको घोषणापत्रमा बाहिरी जिल्लाका सहकारीहरूको स्थानीय शाखाहरूलाई कडाइका साथ नियमन गर्ने र आवश्यकता अनुसार बन्द गर्न निर्देशन दिइएको छ। समितिले सहकारी संस्थाहरूको क्षमता अभिवृद्धि र प्रभावकारी सेवा प्रदानमा जोड दिएको छ।

सहकारी समन्वय समितिका अध्यक्ष गोपाल बारकोटी र सचिव नरेन्द्र प्रसाद घिमिरेले हस्ताक्षर गरेको घोषणा पत्रले लेटाङको सहकारी क्षेत्रलाई थप व्यवस्थित र जवाफदेही बनाउने अपेक्षा गरिएको छ।

उक्त कदमले लेटाङमा सहकारी क्षेत्रको सुधार र वित्तीय अनुशासन कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।


 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

९ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१० दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१० दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

११ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१२ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१२ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१८ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१९ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३६ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२८ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२६ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१० दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

४१ दिन अगाडि

पाठकबाट थप