सहकारीका ऋणी सदस्यहरुका नाममा
एकपटक सम्झनुहोस् त, ऋण लिदाँ बखतको बोली र शर्त !
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
एकपटक सम्झनुहोस् त, ऋण लिदाँ बखतको बोली र शर्त !

काठमाडौं । मुलुकभरका सहकारी संस्थाहरु यतिबेला आर्थिक वर्षान्तलाई सुखद र सकारात्मक बनाउने हरसम्भव प्रयासमा छन् । सदस्यहरुबाट संकलित रकम सदस्यहरुमै गरिएको परिचालनलाई समयमै फिर्ता गरी सदस्यहरुकै संस्थाको वित्तीय अवस्थालाई सबल बनाउने काममा दिनरात नभनी सहकारीहरु लागिपरेका छन् ।

पछिल्लो समय मुलुकको संकुचित आर्थिक अवस्था, सहकारी संस्थाप्रति सुनियोजित रुपमा फैलाइएको अफवाह, ऋण तिर्नुपर्दैन भन्ने भ्रामक प्रचारबाजी र सदस्यहरुको उद्योग व्यवसायमा परेको प्रतिकुल असर आदिका कारण समयमै शर्तानुसार ऋण उठ्न कठिनाइ भइरहेको छ ।

खासगरी आफूले लिएको ऋण तिर्न सक्ने अवस्था भएका सदस्यहरुले जानीबुझी अटेर गरेका कारण सहकारी संस्थाहरु थप मारमा परेका छन् । बुझ पचाएर ऋण नतिर्ने सदस्यहरुका कारण आफ्नै संस्थाका अन्य सदस्यहरुको बचत जोखिममा पार्ने काम सदस्यहरुबाट भएकाले पनि सहकारीहरु समस्यामा परेको अवस्था छ ।

वर्षभरिको वित्तीय कारोबारको अवस्थासँगै संस्थाको सक्षमता र सफलताको परिमाणात्मक मापनको सन्निकट यस्ता गतिविधिले सहकारी समस्यामा परेको सर्वविदितै छ । 

यस्तो परिस्थितिमा, सबैजसो सहकारी संस्थाहरुले ऋणी तथा जमानी सदस्यहरुलाई ऋण लिदाँको शर्तबारे सचेत तुल्याउने, कानूनी प्रबन्धहरु स्मरण गराउने र समयमै ऋणी तिर्दा हुने फाइदा र नतिर्दा निम्तने जोखिमबारे विभिन्न जनचेतनामूलक एवम् प्रचारात्मक सामाग्रीहरु आफ्ना सामाजिक सञ्जालबाट प्रकाशन तथा प्रसारण गरिरहेका छन् ।

यस्तैमा, बनेपा ७ काभ्रेस्थित एक्सप्रेस साकोसले संस्थाका ऋणी तथा जमानी सदस्यहरुका नाममा एउटा भावुक पत्र सार्वजनिक गरेको छ ।

पत्रमा साकोसले भनेको छ, ‘एकपटक सम्झनुहोस् त, ऋण लिदाँको बखत तपाईले के भनेर, के शर्तमा लिनुभएको थियो ? अनि आफ्नै बोली र शर्तको परिपालना गर्नुभयो त तपाईले ? तपाईले लिनुभएको कर्जा ती संयौं खाई नखाई बचत गर्ने सदस्यहरुको एकमुष्ट रकम हो ।'

यस्तै, आशयको सूचना अन्य सहकारी संस्थाहरुले पनि जारी गरी त्यस्ता सदस्यहरुलाई सम्पर्कमा आउन, संस्थासँग समन्वय गर्न र वातावरणलाई सहज पार्न आग्रह गरेका छन् । 

यस्तै, मुलुकभरकै स्थानीय तहरुले पनि सहकारीका ऋणी सदस्यहरुलाई समयमै ऋण तिर्न अन्थया कानून बमोजिम कारबाहीका लागि तयार हुन सूचना जारी गरेका छन् ।  

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप