प्रयास साकोसको सामाजिक उत्तरदायित्व कार्यक्रम 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
प्रयास साकोसको सामाजिक उत्तरदायित्व कार्यक्रम 

काठमाडौं । रुपन्देहीको बुटवलस्थित प्रयास बचत तथा ऋण सहकारी संस्था लि. को १७ औ स्थापना दिवसको पूर्वसन्ध्यामा बुटवल ८, मानव सेवा आश्रममा एक छाक खाना खुवाउने कार्यक्रम महिला विकास उपसमितिको संयोजनमा सम्पन्न भएको छ ।

२०८२ साल सम्ममा नेपाललाई सडक मानवमुक्त बनाउने घोषणा पूरा गर्ने अभियानमा मानव सेवा आश्रमले सडक मानवको उद्धार र संरक्षणमा पुराएको योगदानको सम्मान गर्दै सासकोसले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एक छाक खाना खुवाउन दस हजार रुपैयाँ आर्थिक सहयोग गरेको थियो । आश्रममा रहेका जेष्ठ नागरिक साथै अभिभावकबिहिन, फरक क्षमता भएकाहरु आदि गरी ५० जनालाई खाना खुवाउन संस्थाका संचालक, सल्लाहकार, उपसमितिहरु, कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

महिला विकास उपसमिति संयोजक सीता कंडेल तरामुको अध्यक्षता, संस्थाका अध्यक्ष भीमबहादुर थापाको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रमको संचालन सीता थापाले गर्नुभएको थियो भने स्वागत मन्तव्य सुनिता गिरिले राख्नुभएको थियो । 

विगत १६ बर्ष देखि प्रयास साकोसले आफ्नो कार्यक्षेत्र भित्र सामाजिक तथा आर्थिक बिकासमा उल्लेखनीय योगदान पुर्याउँदै आएको र संस्थाले स्थापना दिवसको अवसरमा स्वास्थ्य शिविर, रक्तदान, सरसफाइ जस्ता कार्यक्रम सन्चालन गरेर सदस्यको मन जित्न सफल भएको जानकारी संचालक सदस्य झबिन्द्र प्रसाद आचार्यले गराउनुभयो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप